Connect with us
Advertisement

यी हुन् नेपालको प्रथम आम निर्वाचनमा विजयी १०९ सांसद

Published

on

जगत नेपालको पुस्तक ‘पहिलो संसद’ तथा डाक्टर बद्रीनारायण गौतमले लेखेको पुस्तक ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकहरुका अनुसार नेपालको प्रथम आम निर्वाचन २०१५ को १०९ स्थानमा विजयी हुने १०९ सांसद निम्न थिएः

क्षेत्र नम्बर १ काठमाडौंबाट गणेशमान सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर २ काठमाडौंबाट नरबहादुर थापा – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ३ ललितपुरबाट तुलसीलाल अमात्य – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ४ भक्तपुरबाट जगन्नाथ आचार्य – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५ काठमाडौंबाट लोचनशमशेर थापा – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६ चौताराबाट गुणनिधि शर्मा – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ७ चौतारा पूर्व–उत्तरबाट चन्द्रलाल श्रेष्ठ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८ चौताराबाट सुरेन्द्रनाथ उपाध्याय – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ९ चौताराबाट तीर्थमान लामा – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १० चौताराबाट हर्षजीत लामा – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ११ दोलखा उत्तरबाट गृहबहादुर बस्नेत – नेपाली कांग्रेस

क्षेत्र नम्बर १२ दोलखाबाट मृगेन्द्रशमशेर राणा – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १३ रामेछापबाट विष्णुप्रसाद उप्रेती – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १४ रामेछापबाट बेनीबहादुर कार्की – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १५ सिन्धुलीबाट जीतबहादुर कार्की – नेपाल प्रजा परिषद्

क्षेत्र नम्बर १६ ऐंसेलुखर्च पूं ३ नं रावाखार्चाबाट मणिलाल शास्त्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर १७ ओखलढुङ्गाबाट पेशलकुमार पोखरेल – नेपाली कांग्रेस

क्षेत्र नम्बर १८ मानेभन्ज्याङबाट बलबहादुर राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर १९ भोजपुर मध्यबाट खड्गबहादुर कार्की – नेपाली कांग्रेस

क्षेत्र नम्बर २० भोजपुर दक्षिणबाट भूदेव राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर २१ भोजपुर उत्तर पूर्वबाट देवानसिंह राई – नेपाली कांग्रेस

क्षेत्र नम्बर २२ धनकुटा दक्षिण पश्चिमबाट लीलानाथ पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिमबाट पद्मनाथ रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर २४ धनकुटा पूर्व पश्चिमबाट कुलमान लिम्बू – नेपाली कांग्रेस

क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यबाट प्रेमराज आङ्देम्बे – नेपाली कांग्रेस

क्षेत्र नम्बर २६ धनकुटा मध्यबाट तेजमान तुम्बाहाम्फे – नेपाली कांग्रेस

क्षेत्र नम्बर २७ धनकुटा दक्षिणबाट डबलसिंह सेन लिम्बू – नेपाली कांग्रेस

क्षेत्र नम्बर २८ इलाम पश्चिम पाँचथर दक्षिणबाट गणेशप्रसाद उपाध्याय – नेपाली कांग्रेस

क्षेत्र नम्बर २९ इलाम मध्य पूर्वबाट कृष्णबहादुर भट्टराई – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३० झापाबाट फत्तेबहादुर बुढाथोकी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३१ मोरङ विराटनगर पूर्वबाट चेतुलाल चौधरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिमबाट बीपी कोइराला – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३३ मोरङ विराटनगर उत्तर पश्चिमबाट ज्ञानचन्द्र सरदार – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३४ उदयपुरबाट अम्बरसिंह बस्नेत – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३५ सप्तरीबाट दुर्गानन्दप्रसाद – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ३६ सप्तरी मध्यबाट डा. नागेश्वरप्रसाद सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३७ सप्तरीबाट हरिलाल चौधरी – स्वतन्त्र

क्षेत्र नम्बर ३८ सप्तरी पश्चिमबाट सूर्जेनाथदास यादव – नेपाली कांग्रेस

क्षेत्र नम्बर ३९ सिरहा मध्यबाट देवनाथ दास – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४० सिरहा पश्चिमबाट माधवप्रसाद रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४१ महोत्तरीबाट सरोजप्रसाद कोइराला – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्तबाट रुद्रप्रसाद गिरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४३ जनकपुरबाट महेन्द्रनारायण निधि – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४४ महोत्तरी प्रगन्ना पूर्वबाट रामनारायण मिश्र – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४५ महोत्तरी प्रगन्न पश्चिमबाट वेणीमाधव सिंह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ४६ असिमौद्राहाबाट रामदुलार राय यादव – स्वतन्त्र

क्षेत्र नम्बर ४७ सर्लाहीबाट निस्तार राय – नेपाल प्रजा परिषद्

क्षेत्र नम्बर ४८ रौतहटबाट शेख इन्द्रिस – नेपाल प्रजा परिषद्

क्षेत्र नम्बर ४९ रौतहटबाट शेख फर्मान – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ५० रौतहटबाट हरदयाल महतो – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ५१ बारा मध्य पश्चिमबाट भागवत राय – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५२ बारा मध्य उत्तरबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्तबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५४ पर्साबाट मुनिलाल थारु – राष्ट्रिय गोरखा परिषद

क्षेत्र नम्बर ५५ मकवानपुरबाट ताराप्रसाद उपाध्याय – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ५६ चिसापानी चितौनबाट विश्वबन्धु थापा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५७ पाल्ही पूर्वबाट पृथ्वीराज कँडेल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ५८ पाल्ही पूर्वान्तबाट त्रिवेणी कुर्मी – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ५९ माझखण्डबाट काशीप्रसाद श्रीवास्तव – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६० खजहनीबाट वासुदेव तिवारी – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ६१ खजहनी शिवराजबाट शिवपतिप्रताप शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६२ दाङ देउखुरीबाट परशुनारायण चौधरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६३ बाँकेबाट ललित चन्द – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६४ बर्दियाबाट राधाकृष्ण कोठिया थारु – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुरबाट लोकेन्द्रबहादुर शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६६ डडेलधुराबाट द्वारिकादेवी ठकुरानी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६७ बैतडी पूर्व दक्षिणबाट दुर्गादत्त जोशी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६८ बैतडी पश्चिम उत्तरबाट कृष्णराज लेखक – नेपाली कांग्रेस

क्षेत्र नम्बर ६९ बझाङबाट कर्णबहादुर सिंह – नेपली कांग्रेस

क्षेत्र नम्बर ७० थरला डोटी उत्तरबाट शिवराज पन्त – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७१ डोटी दक्षिणबाट शिवराज पन्त – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७२ अछाम बाजुराबाट दिलबहादुर बुढा थापा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७३ जुम्लाबाट भीमप्रसाद श्रेष्ठ – स्वतन्त्र

क्षेत्र नम्बर ७४ जुम्लाबाट जयबहादुर महत क्षेत्री – स्वतन्त्र

क्षेत्र नम्बर ७५ दैलेखबाट इन्द्रसिंह रावल – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ७६ दैलेख मध्यबाट भक्तबहादुर शाही – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७७ दैलेख पूर्वबाट नीरबहादुर पछाई – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७८ सल्यान उत्तर पश्चिमबाट राजा स्वयंप्रकाशविक्रम शाह – नेपाली कांग्रेस

क्षेत्र नम्बर ७९ सल्यान मध्य पश्चिमबाट नेवबहादुर मल्ल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८० सल्यान दक्षिण पूर्व फलाङ दाङ उत्तर पश्चिमबाट गणेशकुमार शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८१ सल्यान मध्य पूर्व दक्षिणबाट जुद्धबहादुर खत्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८२ सल्यान उत्तर पूर्वबाट टेकबहादुर घर्ती क्षेत्री – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८३ प्यूठान संखुवासभाबाट खडानन्द पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८४ प्यूठान मध्य पूर्वबाट अनिरुद्ध पाध्या – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८५ प्यूठान पूर्वबाट पं. पुरुषोत्तम शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८६ बाग्लुङ दक्षिण पश्चिमबाट राजा भरतबम मल्ल – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८७ बाग्लुङ उत्तरबाट योगेन्द्रमान शेरचन – नेपाली कांग्रेस

क्षेत्र नम्बर ८८ बाग्लुङबाट हरिदत्त पाध्या – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर ८९ गुल्मी उत्तर पूर्वबाट क.प. गिरिप्रसाद बुढाथोकी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९० गुल्मीबाट निलाम्बर पन्थी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण पश्चिमबाट सुवर्णशमशेर राणा – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९२ गुल्मी मध्य पूर्वबाट काशीनाथ गौतम – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९३ पाल्पा पश्चिमबाट अच्युतराज रेग्मी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९४ पाल्पाबाट कमलराज रेग्मी – नेपाल कम्युनिष्ट पार्टी

क्षेत्र नम्बर ९५ नुवाकोट दक्षिण पूर्वबाट जमानसिंह गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९६ नुवाकोट दक्षिण पश्चिमबाट यमबहादुर ठकुरी – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९७ नुवाकोट मध्यबाट डिकबहादुर गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर ९८ नुवाकोटबाट धीरबहादुर गुरुङ – संयुक्त प्रजातन्त्र पार्टी

क्षेत्र नम्बर ९९ पोखरा पश्चिबाट मीनबहादुर गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०० पोखरा मध्यबाट श्रीकान्त अधिकारीः नेपाली कांग्रेस

क्षेत्र नम्बर १०१ पोखरा पूर्वबाट नरेन्द्रजङ गुरुङ – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०२ पोखरा दक्षिण पश्चिमबाट पद्मबहादुर आले – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०३ पोखरा दक्षिण पूर्वबाट श्रीभद्र शर्मा – नेपाली कांग्रेस

क्षेत्र नम्बर १०४ गोरखाबाट विश्वनाथ सुवेदी – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १०५ गोरखाबाट कोमलबहादुर कुँवर – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १०६ धादिङबाट ललितबहादुर घले – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १०७ धादिङबाट भरतशमशेर जबरा – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १०८ नुवाकोटबाट देववीर पाण्डे – राष्ट्रिय गोरखा परिषद्

क्षेत्र नम्बर १०९ नुवाकोटबाट भीमबहादुर कार्की – राष्ट्रिय गोरखा परिषद । – नेपाल प्रेसबाट

 

सम्बन्धित समाचारः

२०१५ सालमा भएको नेपालको पहिलो आम निर्वाचनको एक झलक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक