कोशी प्रदेश
नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको बैठकले गर्याे यस्ता निर्णय
विराटचोकः नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको हालै बसेको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो तथा नगर कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ ।
भदौ २ गते नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा बसेको आज विराटचोकमा सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा पाएको जनमतका साथ अघि बढ्ने संकल्प गरेको बताइएको छ ।
बैठकले नेकपा एमालेलाई सुन्दरहरैंचामा पहिलो शक्ति बन्नबाट रोक्न कुनै दललाई नदिइने संकल्प लिइएको बैठकमा सहभागी नेताले बताए । बैठकमा गत स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिएको थियो ।
निर्वाचनमा फराकिलो मतान्तर सहित जीतको आधार तयार गर्न निवर्तमान नगर उपप्रमुख धनादेवी तामाङ नेतृत्वको जनप्रतिनिधिले खेलेको भूमिकाप्रति बैठकले सम्मान गरेको थियो ।
पार्टी सञ्चालनका लागि जनप्रतिनिधिहरुबाट लेबी शुल्क लिने, पार्टी कार्यालय निर्माणको लागि जग्गाको व्यवस्थापन गर्ने र १२ वटै वडाका पार्टी शाखा कमिटीहरुलाई सहजीकरण गर्नको लागि जिल्ला कमिटी र पूर्व जिल्ला कमिटी सदस्यहरुलाई जिम्मेवारी तोक्ने निर्णय पनि बैठकले गरेको थियो ।
पार्टी प्रदेश कमिटी उपसचिव धनादेवी तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा प्रदेश सचिवालय सदस्य लक्ष्मी फुयल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राजकुमार ओझा, सुन्दरहरैंचा नगरपालिका प्रमुख तथा प्रदेश कमिटी सदस्य केदारप्रसाद गुरागाई, प्रदेश कमिटी सदस्यहरु अर्जुनराज अधिकारी, सुरेन्द्र थापा, ज्ञानेन्द्र ओझा, वीरेन्द्र श्रेष्ठ सहभागी थिए ।
त्यस्तै, उपभोक्ता हित संरक्षण तथा सुशासन केन्दीय विभाग सदस्य बद्री अर्याल, प्रदेश सल्हाकारहरु बासुदेव थापा, डिल्लीप्रसाद घिमिरे, पार्टी मोरङ जिल्ला कमिटी सचिवालय सदस्यहरु राजेश थापा, बिसनलाल चौधरी, सन्तोष बान्तवा, बबिता खापुङ, जिल्ला कमिटी सदस्यहरु रोशनप्रसाद ढकाल, गणेशप्रसाद ढकाल, राम लुइँटेल, डिल्ली चम्लागाई, भीमा खतिवडा, बाबुराम आचार्यलगायत बैठकमा सहभागी थिए ।
Facebook Comment
Banner
आज योग दिवस
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । राष्ट्रसङ्घ महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।
सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरु भइसकेको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ । अहिले नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा. हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login