कला / साहित्य
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ‘मेरा नौ दशक’ को आवरण सार्वजनिक
इटहरीः पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री’को आवरण सार्वजनिक भएको छ ।
बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन् । पुस्तकको आवरण सचिनयुगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका हुन् । वि.सं. २०६५ सालबाट करिब चार वर्ष ३ सय १० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको पुस्तकको लेखन गरेका गणेश पौडेलले बताए ।
पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, ‘राणाकालको अन्तिम दशकदेखि दोस्रो संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोशिस गरिएको छ ।’ नेपाली राजनीतिको अति महत्वपूर्ण कालखण्ड मानिने पञ्चायतकालका छुटेका र महत्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको सम्पादक हरिबहादुर थापाले बताए ।
‘२०१७ साल पुस १ गतेको राजा महेन्द्रको पञ्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका कुरादेखि राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका कुराहरू यस पुस्तकमा छन्’, थापाले भने, ‘यति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो ।’
सूर्यबहादुर थापाकी बुहारी एवम् प्रसिद्ध चित्रकार संगीता थापाले सूर्यबहादुर थापा र मदन पुस्तकालयका संस्थापक कमलमणि दीक्षितको गुरुयोजनाअन्तर्गत किताब लेखनको काम शुरु भए पनि देशमा भएको राजनीतिक परिवर्तन तथा उहाँहरू दुवै जनाको देहवसानका कारण पुस्तक प्रकाशनमा ढिला भएको बताइन् ।
पुस्तक लेखनको करिब १४ वर्षपछि बुबाको आत्मकथा प्रकाशन हुन लागेकोमा सुनीलबहादुर थापाले खुशी व्यक्त गरे । ‘विगतमा धेरै सम्पादक, पत्रकार, लेखक, राजनीतिकर्मी तथा परिवारका सदस्यहरूले पुस्तक चाँडो प्रकाशन गर्न सल्लाह दिए पनि यसको सम्पादनमा लागेको समयका कारण पुस्तक प्रकाशन गर्न ढिला भएको हो । मलाई लाग्छ, सूर्यबहादुर थापाको साङ्गोपाङ्गो जीवनीलाई यस पुस्तकले इमानदारीपूर्वक भन्नेछ ।’
कलिलो उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा प्रवेश गरेका सूर्यबहादुर थापामाथि लगाइएका विविध आरोपलाई पनि उनले पुस्तकमा खण्डन गर्दै तथ्यहरू प्रस्तुत गरेका छन् । पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध आयामहरूलाई पुस्तकमा ८ खण्डमा प्रस्तुत गरिएको छ । यही भदौको अन्तिम साता प्रकाशन हुने ५ सय पृष्ठको पुस्तक ‘पेपरब्याक’ र ‘हार्डकभर–स्लिभकेस’ संस्करणमा बजारमा आउने बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले बताए ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login