धर्म / संस्कृति
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

विराटचोकः आज कुशे औंसीको दिन हो । हिन्दू धर्मावलम्बीहरूले भाद्र कृष्ण औंसीको दिन मनाउने कुशे औंसीलाई बुबाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्म दिने तथा कर्म दिने बाबुलाई सम्मान गरी मनाउने गर्छन् ।
बुबाप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । बुबा गुमाएकाहरूले काठमाडौंको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । आज पवित्र तीर्थस्थलमा पितृप्रति सम्मानका साथ श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
हिन्दूहरुले पूजा गर्ने तथा वर्षभर गरिने देवकार्य तथा पितृकार्यलगायतका धार्मिक कार्यमा आवश्यक पर्ने कुश आज घरघरमा लाने प्रचलन छ । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।
Facebook Comment
Banner
काठमाडौंको फोहोर व्यवस्थापनमा एनआरएनएको चासो

काठमाडौंः गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौंको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौंको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ ।
अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ । प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ ।
एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सीता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि छलफल गरेको छ ।
अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो । उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पूँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।
छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले विभिन्न किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए ।
एनआरएनए र कोरियन कम्पनीले चासो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।
Banner
एसियाली खेलकुदः रग्बीमा नेपाल अन्तिम स्थानमा

विराटचोकः एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल जीतविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।
मंगलबार नवौँदेखि १३ औं स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझावनर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो । योसहित नेपालले खेलेको सबै ६ खेलमा हार बेहोर्याे ।
६ खेल खेल्दा नेपालले समूह चरणमा युएई विरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह डी मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।
समूह चरणमा तीन वटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि ९ देखि १३ औं स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
Banner
भारु १०० भन्दा ठूला नोट नेपालमा प्रतिबन्धित

विराटचोकः नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराउँदै भारु १ सय रुपैयाँभन्दा ठूला नोट नेपालमा नचल्ने जनाएको छ ।
त्यस्ता नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लगाइएको हो । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारतीय रुपैयाँको १०० वा सोभन्दा कम दरका नोट मात्र ल्याउन वा लैजान सकिन्छ सकिने र सोभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ ।
तर, कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner1 year ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login