Connect with us
Advertisement

सुनको भाउ ६०० रुपैयाँ घट्यो, चाँदीको १५ रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार रुपैयाँ र असली चाँदीको भाउ प्रति तोला १ हजार १ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलमा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – १५ बैशाख २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Published

on

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।

सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।

कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।

विराटचोक ,मोरङ

Continue Reading

Banner

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

Published

on

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक