कोशी प्रदेश
गंगालाल हृदय केन्द्रको प्रादेशिक शाखा पूर्वाञ्चल विश्वविद्यालयमा राख्न अवलोकन
विराटचोकः शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंले प्रादेशिक शाखा विस्तारका लागि प्रदेश १ मा सम्भावित ठाउँको अध्ययन थालेको छ । पहिलो चरणमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आफ्नो शाखा राख्नका लागि केन्द्रले अवलोकन गरेको छ ।
मङ्गलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक तथा शाखा विस्तार संयोजक विजय राई र स्वास्थ्य मन्त्रीका स्वकीय सचिव मनोज लिम्बू सहितले परिसरको अवलोकन गरेका छन् ।
राजधानी बाहिर पनि हृदय रोगको उपचार सहज रूपले गराउने उद्देश्यले शाखा विस्तार गर्न लागिएको र विश्वविद्यालयमा गंगालालको शाखा विस्तार गर्न उपयुक्त देखिएको संयोजक लिम्बूले बताए । भौतिक संरचना, नजिकै ठूला शहरहरु, जनघनत्व, पूर्वी पहाडी जिल्लालाई पायक पर्ने, शान्त ठाउँ भएकाले यो ठाउँको अध्ययन गरेर सिफारिश गर्ने संयोजक राईले बताए ।
विश्वविद्यालय परिसरको अवलोकन गराउँदै नगरप्रमुख केदारप्रसाद गुरागाईले राष्ट्रिय हृदय केन्द्रको शाखा नगरपालिकामा सञ्चालन गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने बताए । प्रदेशको सबैभन्दा पायक पर्ने ठाउँ भएकाले चाँडै अन्तिम निर्णय गरेर यो ठाउँबाट सेवा शुरु गर्न उनले अनुगमन टोलीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्री भवानी खापुङले खासगरी सुन्दरहरैंचा क्षेत्रबाट सेवा दिने लक्ष्य र उद्देश्य राखेकाले यहाँको अवलोकन गरिएको मन्त्रीका स्वकीय सचिव लिम्बूले बताए ।
यस्तै विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले यो क्षेत्र सबैको पायक पर्ने ठाउँ भएकाले विश्वविद्यालयमा नै यसको शाखा राख्न अनुरोध गरेका छन् । विश्वविद्यालयको तर्फबाट सबै सहयोग गर्ने उनले बताए । विश्वविद्यालयले पनि मेडिकल कलेज सञ्चालनको तयारीमा रहेको बताउँदै यो विषयको प्रवेशले आफू हर्षित भएको बताए । अवलोकन गर्दै कोभिड अस्पतालको रुपमा सञ्चालन भएको भवनबाटै हृदय रोगको उपचार गर्न सकिने कोइरालाले बताए ।
यो सेवा सुरु भएमा मुटुका बिरामीको इसीजी, इको गरिनेछ भने ५ वर्ष भित्रमा मुटुको अप्रेसन गर्न सक्ने गरी सेवा दिने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login