कोशी प्रदेश
गंगालाल हृदय केन्द्रको प्रादेशिक शाखा पूर्वाञ्चल विश्वविद्यालयमा राख्न अवलोकन
विराटचोकः शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंले प्रादेशिक शाखा विस्तारका लागि प्रदेश १ मा सम्भावित ठाउँको अध्ययन थालेको छ । पहिलो चरणमा मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आफ्नो शाखा राख्नका लागि केन्द्रले अवलोकन गरेको छ ।
मङ्गलबार गंगालाल राष्ट्रिय हृदय केन्द्रका सञ्चालक तथा शाखा विस्तार संयोजक विजय राई र स्वास्थ्य मन्त्रीका स्वकीय सचिव मनोज लिम्बू सहितले परिसरको अवलोकन गरेका छन् ।
राजधानी बाहिर पनि हृदय रोगको उपचार सहज रूपले गराउने उद्देश्यले शाखा विस्तार गर्न लागिएको र विश्वविद्यालयमा गंगालालको शाखा विस्तार गर्न उपयुक्त देखिएको संयोजक लिम्बूले बताए । भौतिक संरचना, नजिकै ठूला शहरहरु, जनघनत्व, पूर्वी पहाडी जिल्लालाई पायक पर्ने, शान्त ठाउँ भएकाले यो ठाउँको अध्ययन गरेर सिफारिश गर्ने संयोजक राईले बताए ।
विश्वविद्यालय परिसरको अवलोकन गराउँदै नगरप्रमुख केदारप्रसाद गुरागाईले राष्ट्रिय हृदय केन्द्रको शाखा नगरपालिकामा सञ्चालन गर्न आवश्यक सहजीकरण र सहयोग गर्ने बताए । प्रदेशको सबैभन्दा पायक पर्ने ठाउँ भएकाले चाँडै अन्तिम निर्णय गरेर यो ठाउँबाट सेवा शुरु गर्न उनले अनुगमन टोलीलाई आग्रह गरेका छन् ।
स्वास्थ्य मन्त्री भवानी खापुङले खासगरी सुन्दरहरैंचा क्षेत्रबाट सेवा दिने लक्ष्य र उद्देश्य राखेकाले यहाँको अवलोकन गरिएको मन्त्रीका स्वकीय सचिव लिम्बूले बताए ।
यस्तै विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले यो क्षेत्र सबैको पायक पर्ने ठाउँ भएकाले विश्वविद्यालयमा नै यसको शाखा राख्न अनुरोध गरेका छन् । विश्वविद्यालयको तर्फबाट सबै सहयोग गर्ने उनले बताए । विश्वविद्यालयले पनि मेडिकल कलेज सञ्चालनको तयारीमा रहेको बताउँदै यो विषयको प्रवेशले आफू हर्षित भएको बताए । अवलोकन गर्दै कोभिड अस्पतालको रुपमा सञ्चालन भएको भवनबाटै हृदय रोगको उपचार गर्न सकिने कोइरालाले बताए ।
यो सेवा सुरु भएमा मुटुका बिरामीको इसीजी, इको गरिनेछ भने ५ वर्ष भित्रमा मुटुको अप्रेसन गर्न सक्ने गरी सेवा दिने लक्ष्य रहेको केन्द्रले जनाएको छ ।
Facebook Comment
Banner
संघीय संसद् अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा दुवै सदनको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।
यो निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा गरिएको जनाइएको छ।

Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login