समाचार
६ वस्तुको आयात फुकुवा, ४ वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता
काठमाडौंः सरकारले आयातमा प्रतिबन्ध लगाएका १० वस्तुमध्ये ६ वटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई भने निरन्तरता दिइएको छ ।
कुरकुरे\कुरमुरे\लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, खेल्ने तास, खेलौना र ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजनको आयात बन्देज खुला भएको हो ।
सबै प्रकारका तयारी रक्सी (औद्योगिक कच्चापदार्थ बाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जीप, कार र भ्यान (एम्बुलेन्स र शववाहन बाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा लागेको प्रतिबन्ध कायमै छ ।
सरकारका अनुसार असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ । आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको र व्यापार घाटा पनि फराकिलो बन्दै गएको भन्दै सरकारले पहिलो पटक वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशन गरी ती १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि केही संशोधन गर्दै गएको साउन १ गतेदेखि भदौ १४ सम्मका लागि १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको थियो । भदौ १५ देखि केही वस्तुको आयात प्रतिबन्ध फुकुवा भएको हो ।
Facebook Comment
Banner
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, अनावश्यक बाहिर ननिस्कन आग्रह
उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ । मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्दा, मौसम धुम्मिँदा प्रदूषण बढेकोले प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
आज बिहान ७ बजे काठमाण्डौमा एक्यूआई १७७ रहेको छ । हिजो एक्यूआई २०० भन्दा माथि थियो । एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । १०० देखि १५० ‘अस्वस्थ’ मानिन्छ जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
हावा चलेमा, पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुन्छ । तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना छैन । विभागका महानिर्देशक सुवेदीले वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
Banner
दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट
ब्राजिलमा भएको मिनेइरो गेर्यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा मैदानमै खेलाडीबीच कुटाकुट भएको छ ।
मैदानमै खेलाडीहरू ग्याङ फाइटमा उत्रिएपछि दुवै टोलीका २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ। उक्त फाइनल खेल अन्तिम क्षणमा पुगेका बेला ग्याङ फाइटमा परिणत भएपछि रेफ्रीले एकैपटक २३ वटा रेड कार्ड देखाएका छन्।
फाइनल खेलमा क्र्युजेरियो र र एट्लेटिको मिनेरियोबीच प्रतिस्पर्धा भइरहेको थियो।
खेलको अन्तिम सेकेन्डतिर दुवै टोलीका खेलाडीबीच झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। मैदानमै ठूलो कुटाकुट भएपछि रेफ्रीले लगातार २३ खेलाडीलाई रेड कार्ड देखाइदिए ।
खेलाडी, प्राविधिक टोली र दुवै पक्षका सदस्यहरूबीच धकेलाधकेल र झडप भएपछि मैदान केही समय तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा आएपछि खेल औपचारिक रूपमा समाप्त गरियो। त्यसपछि क्युजेरियोलाई विजेता घोषणा गर्दै उपाधि प्रदान गरियो।
फाइनल खेलमा भएको यो घटनाले ब्राजिलियन फुटबलमा ठूलो चर्चा र विवाद पैदा गरेको छ। खेलको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।
Banner
इलाम–१ मा कडा प्रतिस्पर्धा : कांग्रेस र श्रम संस्कृति पार्टीबीच टक्कर, एमाले पछ्याउँदै
इलाम क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ।
पछिल्लो प्राप्त तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई र श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
मतगणनाको पछिल्लो नतिजा अनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११,४३६ मतका साथ कडा टक्कर दिइरहेका छन्। नेपाली कांग्रेसका निश्कल राई ११,५६७ मतसहित झिनो अन्तरले अगाडि देखिएका छन्। नेकपा एमालेका काजी मान कागते १०,४४७ मतका साथ उनीहरूलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी) ले ७,४५१ मत प्राप्त गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका रण बहादुर राई (पाँचकुने तारा) ले ६,१२६ मत पाएका छन्।
अहिले सूर्योदय नगरपालिका ८ को गणना भइरहेको र १०, ११, १२, १३ र १४ नम्बर वडाको गणना हुन बाँकी रहेको बताइएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login