Connect with us
Advertisement

जेसीजको क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा

Published

on

विराटचोकः नेपाल जेसीजको क्षेत्र ‘क’ सुन्दरहरैँचा २०२२ सम्मेलनको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आतिथ्यता शाखा इन्द्रपुर जेसीजका अध्यक्ष भवानी ढकालले सम्मेलनका बारेमा जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भएको बताए । सम्मेलन भोलि र पर्सि हुँदैछ ।

सम्मेलन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा हुने सम्मेलनकोे बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको सम्मेलनका सञ्चार समिति संयोजक कृष्णप्रसाद ओझाले बताए ।

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले जेसीजको सो सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ९ का अध्यक्ष प्रकाश श्रेष्ठको पनि उपस्थिति थियो ।

जेसीजले देशभर रहेका सबै शाखालाई भौगोलिक र सहजताका हिसाबले ४ क्षेत्रमा विभाजन गरेको छ । त्यसमध्येको क्षेत्र क मा पर्ने नेपालको पूर्वी क्षेत्र मेचीनगरदेखी मलङ्गवा सम्म पर्दछ । क्षेत्र ‘क’ मा ४३ वटा शाखाहरू रहेका छन् । यी शाखाबाट ६ सय भन्दा धेरै सहभागी हुने आयोजकले जनाएको छ ।

यो क्षेत्रका समस्या, भावी रणनीतिक योजना, नेतृत्व र व्यक्तित्व विकाससँगै नेपाल जेसीजलाई दिने सूचना, विधानको संशोधन, भाइचाराको अभिवृद्धि सहितका विभिन्न कार्यक्रम यो सम्मेलनमा हुने आयोजकले जनाएको छ ।

जेसीजकर्मीको बौद्धिक क्षमता अभिवृद्धि गरी प्रतिष्पर्धाको भावना विकास गरी भाइचाराको सम्बन्ध अभिबृद्धि गर्ने, नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय, शैक्षिक क्षेत्रको प्रचारप्रसार गर्ने भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।

सुन्दरहरैंचाका उद्योगहरु तथा व्यापारिक प्रतिष्ठानहरुको प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । पर्यटकीय क्षेत्रको रुपमा बाघझोडा, बेतना, हसिना सिमसार, नयाँ बृन्दावन गौशालालगायतका ठाउँको अवलोकन गराउने तयारी रहेको आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ‘प्रभावका लागि कार्य’ विषयक कार्यपत्र प्रस्तुत हुने भएको छ । कार्यपत्रमाथि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति राजीव ढुङ्गाना र प्रदेश नम्बर १ का पूर्व मनत्री हिक्मत कार्कीले टिप्पणी गर्ने जनाइएको छ । यस्तै पहिलो दिन शेयर बजारसम्बन्धी तालीम सुवासचन्द्र भट्टराईले तथा दोस्रो दिन सौरभ ज्योति र अनिल केशरी शाहले तालीम दिने आयोजकले जनाएको छ ।

यस्तै, सम्मेलनमा जुनियर जेसीज बैठक, नेपाल जेसीज सिनेटर बैठक अन्तरशाखा वक्तृत्वकला प्रतियोगिता, शान्ति पदयात्रा हुने भएको छ । दृश्यावलोकनका लागि बेतना, सुकुना बहुमुखी क्याम्पस, हसिना, बृन्दावन, बाघभझोडा लगिने बताइएको छ । सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरणसहित समापन हुने सम्मेलनका निर्देशक नारायण कार्कीले बताए ।

उद्घाटन सत्रपछिका बाँकी कार्यक्रमहरु नेपालीरिका होटलमा हुने आयोजकले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक