कोशी प्रदेश
जेसीजको क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा
विराटचोकः नेपाल जेसीजको क्षेत्र ‘क’ सुन्दरहरैँचा २०२२ सम्मेलनको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आतिथ्यता शाखा इन्द्रपुर जेसीजका अध्यक्ष भवानी ढकालले सम्मेलनका बारेमा जानकारी दिँदै सम्पूर्ण तयारी पूरा भएको बताए । सम्मेलन भोलि र पर्सि हुँदैछ ।

सम्मेलन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा हुने सम्मेलनकोे बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको सम्मेलनका सञ्चार समिति संयोजक कृष्णप्रसाद ओझाले बताए ।
पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले जेसीजको सो सम्मेलन सफल बनाउन सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा सुन्दरहरैंचाको वडा नम्बर ९ का अध्यक्ष प्रकाश श्रेष्ठको पनि उपस्थिति थियो ।
जेसीजले देशभर रहेका सबै शाखालाई भौगोलिक र सहजताका हिसाबले ४ क्षेत्रमा विभाजन गरेको छ । त्यसमध्येको क्षेत्र क मा पर्ने नेपालको पूर्वी क्षेत्र मेचीनगरदेखी मलङ्गवा सम्म पर्दछ । क्षेत्र ‘क’ मा ४३ वटा शाखाहरू रहेका छन् । यी शाखाबाट ६ सय भन्दा धेरै सहभागी हुने आयोजकले जनाएको छ ।
यो क्षेत्रका समस्या, भावी रणनीतिक योजना, नेतृत्व र व्यक्तित्व विकाससँगै नेपाल जेसीजलाई दिने सूचना, विधानको संशोधन, भाइचाराको अभिवृद्धि सहितका विभिन्न कार्यक्रम यो सम्मेलनमा हुने आयोजकले जनाएको छ ।

जेसीजकर्मीको बौद्धिक क्षमता अभिवृद्धि गरी प्रतिष्पर्धाको भावना विकास गरी भाइचाराको सम्बन्ध अभिबृद्धि गर्ने, नगर क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय, शैक्षिक क्षेत्रको प्रचारप्रसार गर्ने भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।
सुन्दरहरैंचाका उद्योगहरु तथा व्यापारिक प्रतिष्ठानहरुको प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । पर्यटकीय क्षेत्रको रुपमा बाघझोडा, बेतना, हसिना सिमसार, नयाँ बृन्दावन गौशालालगायतका ठाउँको अवलोकन गराउने तयारी रहेको आयोजकले जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ‘प्रभावका लागि कार्य’ विषयक कार्यपत्र प्रस्तुत हुने भएको छ । कार्यपत्रमाथि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सभापति राजीव ढुङ्गाना र प्रदेश नम्बर १ का पूर्व मनत्री हिक्मत कार्कीले टिप्पणी गर्ने जनाइएको छ । यस्तै पहिलो दिन शेयर बजारसम्बन्धी तालीम सुवासचन्द्र भट्टराईले तथा दोस्रो दिन सौरभ ज्योति र अनिल केशरी शाहले तालीम दिने आयोजकले जनाएको छ ।
यस्तै, सम्मेलनमा जुनियर जेसीज बैठक, नेपाल जेसीज सिनेटर बैठक अन्तरशाखा वक्तृत्वकला प्रतियोगिता, शान्ति पदयात्रा हुने भएको छ । दृश्यावलोकनका लागि बेतना, सुकुना बहुमुखी क्याम्पस, हसिना, बृन्दावन, बाघभझोडा लगिने बताइएको छ । सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरणसहित समापन हुने सम्मेलनका निर्देशक नारायण कार्कीले बताए ।
उद्घाटन सत्रपछिका बाँकी कार्यक्रमहरु नेपालीरिका होटलमा हुने आयोजकले जनाएको छ ।
Facebook Comment
Banner
कांग्रेस विवादमाथि सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा
नेपाली कांग्रेसको आधिकारिकता विवादबारे परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । अब आदेश आउन बाँकी छ ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै शेरबहादुर देउवापक्षीय कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो ।
तर देउवा समूहले आयोगको उक्त निर्णयलाई चुनाैती दिएर रिट दायर गरेको हो ।
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login