Connect with us
Advertisement

स्व. जयनन्द लामा अभिनित फिल्म ‘अभियान’ को आज इटहरीमा प्रिमियर शो

Published

on

इटहरीः स्व. जयनन्द लामा अभिनित फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिने भएको छ । कोशी भिजन फिल्मस्को ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म भोलि भदौ १८ गते इटहरीको इलाइट सिनेमा हलमा प्रिमियर शो हुन लागेको हो ।

दिउँसो २ बजे हुने प्रिमियर शोको अघि रेड कार्पेट पनि गरिने फिल्मका निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङले बताए । भदौ २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने बताइएको छ ।

फिल्मको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । लाखमान योन्जन तामाङको लेखन तथा निर्देशन रहेको ‘अभियान’ निर्माणमा ५५ लाख रुपैयाँ लगानी लागेको जनाइएको छ । ट्रेलर रिलिज तथा सेन्सर पास भए पनि फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

मैना घिसिङ निर्माता रहेको फिल्ममा स्व. जयनन्द लामाका साथमा अमर पाख्रिन तामाङ, पूजा तामाङ, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, रश्मिला वाइबा तामाङ, सन्तोष सराकार, रितेशजंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, शम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतको अभिनय रहेको छ ।

निर्देशक लामाले नै फिल्मका लागि २ वटा गीत लेखेका छन् । ती गीतमा दीपा लामा, जोनी तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनी तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायाङ्कन गरेका हुन् । चलचित्रको सम्पादन हेमन तामाङले गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

Published

on

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला  नफर्किने चेतावनी उनीहरूको छ ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।

पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।

तस्वीरहरू : 

tracher's-Protest25-1744188095.jpeg

tracher's-Protest24-1744188092.jpeg

tracher's-Protest21-1744188088.jpeg

tracher's-Protest22-1744188089.jpeg

 

tracher's-Protest20-1744188086.jpeg

tracher's-Protest19-1744188085.jpeg

tracher's-Protest18-1744188082.jpeg

tracher's-Protest17-1744188082.jpeg

tracher's-Protest16-1744188079.jpeg

tracher's-Protest15-1744188078.jpeg

tracher's-Protest14-1744188076.jpeg

tracher's-Protest13-1744188075.jpeg

tracher's-Protest12-1744188073.jpeg

tracher's-Protest11-1744188071.jpeg

tracher's-Protest10-1744188068.jpeg

tracher's-Protest9-1744188067.jpeg

tracher's-Protest8-1744188065.jpeg

tracher's-Protest7-1744188064.jpeg

tracher's-Protest6-1744188061.jpeg

tracher's-Protest5-1744188060.jpeg

tracher's-Protest4-1744188058.jpeg

tracher's-Protest3-1744188057.jpeg

tracher's-Protest2-1744188054.jpeg

 

Continue Reading

Banner

रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

Published

on

काठमाडौँ ।  सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।  उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।

Continue Reading

Banner

सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

Published

on

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक