राजनीति
सुनसरी क्षेत्र नं १ बाट कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सिफारिश गरेका यी हुन् उम्मेद्वारहरु
धरानः मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांंग्रेसले सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वारको नाम सिफारिश गरेको छ ।
कांग्रेस क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिश गरेको हो । क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेद्वारका लागि पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिश गरिएको छ ।
यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेद्वारका लागि प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङ, विनोदकुमार राई, भीष्म काफ्ले, डा. आनन्दप्रसाद आचार्य, मीना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पूर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिश भएको पनि प्रवक्ता पुरीले जानकारी दिए ।
प्रदेशसभातर्फ यी हुन् सिफारिशमा परेका उम्मेद्वार
कांग्रेसले प्रदेशसभा सुनसरी क्षेत्र नं १ (क) बाट प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिश गरेको छ । समानुपातिक उम्मेद्वारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्बू, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्राचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शंकर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिश भएको क्षेत्रीय समितिले जनाएको छ ।
यसैगरी, प्रदेशसभा सुनसरी क्षेत्र १(ख) बाट प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काप्mले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला) को नाम सिफारिश भएको छ ।
प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि.क., मन्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्दबहादुर बस्नेत, पूजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिशमा परेका छन् ।
कांग्रेसले सुनसरी २ (क) मा टुङ्ग्यायो प्रदेश र संघका उम्मेदवार
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login