Connect with us
Advertisement

प्याब्सन स्पोर्टस मिटमा सुन्दरहरैंचाको बर्चस्वः ब्राइट फ्युचर, पूर्वाञ्चल, मदरल्याण्ड, सिद्धार्थ र बालसदन पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचाैँ

Published

on

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा भएको ११ औं प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैंचाका विद्यालयले बर्चस्व कायम गरेका छन् ।

ब्राइट फ्युचरले पाँचौँ पटक जित्यो उपाधी
प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको ब्राइट फ्युचर स्कुल पहिलो भएको छ । यसअघि ४ पटक उपाधी जितेको ब्राइट फ्युचर हालै सम्पन्न सुन्दरहरैंचा नगरस्तरीय प्याब्सन स्पोर्टस् मिटमा पनि पहिलो नै भएको थियो । ब्राइट फ्युचरले ६ स्वर्ण, २ रजत र १ कास्य गरी ३८ अङ्क ल्याउँदै उपाधि हात पारेको हो ।

साबिक विजेता पूर्वाञ्चल एकेडेमी दोस्रो
साविक विजेता सुन्दरहरैंचाको पूर्वाञ्चल एकेडेमी ११ औं संस्करणमा भए भने उपविजेता बनेको छ । ३ स्वर्ण, १ रजत र १ कास्य ल्याउँदै २० अङ्कका साथ पूर्वाञ्चलले दोस्रो स्थान हात पारेको हो । सुन्दरहरैंचा नगरस्तरीय प्याब्सन स्पोर्टस् मिटमा पनि यो विद्यालय उपविजेता नै भएको थियो ।

त्यस्तै, सुन्दरहरैचाको वडा नम्बर ७ मा रहेको मदरल्याण्ड स्कुलले ३ स्वर्ण र १ रजतका साथ १८ अङ्क ल्याउँदै तेस्रो स्थान हात पारेको छ । सुन्दरहरैचाको वडा नम्बर १० मा रहेकाे सिद्धार्थ बोर्डिङ स्कुल १७ अङ्कका साथ चौथो तथा सुन्दरहरैचाको वडा नम्बर ९ मा रहेको बालसदन एकेडेमीले २ स्वर्ण र २ रजतका साथ १६ अङ्क ल्याउँदै  पाँचौँ भएको छ ।

त्यसैगरी, ग्रामथानको जनक मेमोरियल स्कुलले १ स्वर्ण, ३ रजत र १ कास्य पदक जिती १५ अङ्कका साथ छैटौँ भएको छ । रतुवामाईको मुनाल आदर्शले २ स्वर्ण र १ रजत जित्दै १३ अङ्कका साथ साताैँ स्थान हात पारेकाे छ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतका अनुसार ३ दिनसम्म सञ्चालन भएको स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको थियो । २५ भन्दा बढी एथलेटिक्स तथा कक्षा १०, ११ र १२ का लागि अलगअलग भलिबल प्रतियोगिता पनि समावेश गरिएको प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकालले बताए । प्याब्सन आबद्ध १ सय ५१ विद्यालयका करीब २ हजारभन्दा बढी खेलाडी विद्यार्थीहरू प्रतियोगितामा सहभागी रहेको प्याब्सन मोरङका सचिव प्रेमलाल सिंह सुवालले जनाए ।

छात्र तथा छात्रा दुवैतर्फ उत्कृष्ट खेलाडी सुन्दरहरैंचाकै 

प्रतियोगितामा ४ स्वर्ण ल्याउँदै ब्राइट फ्यूचर स्कूलका सुजन चौधरी छात्रतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ ३ स्वर्ण ल्याउँदै सुन्दरहरैंचाकै मदरल्याण्ड स्कुलकी रमा दाहाल उत्कृष्ट खेलाडी घोषित घोषित भइन् ।

विजयी खेलाडीलाई जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सन केन्द्रीय सचिवालय सदस्य बासुदेव न्यौपाने, प्याब्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टीकाराम ढकाल, अभिभावक सङ्घ प्रदेश १ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

Continue Reading

Facebook Comment

19 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक