Connect with us
Advertisement

सुन्दरहरैंचाले सार्वंजनिक गर्याे सय दिनमा गरेका कामको विवरण समेटिएको श्वेतपत्र

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएपछि भएका महत्वपूर्ण कामहरु समेटिएको १६ बुँदे श्वेतपत्र सार्वजनिक गरेको छ । नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

यस्तो छ श्वेतपत्रको पूर्ण पाठः
सुन्दरहरैंचा नगरपालिकामा स्थानीय तह निर्वाचन, २०७९ पछि जनप्रतिनिधिहरूले पद बहाली गरे पश्चात् नागरिकका पक्षमा गरेका महत्वपूर्ण कार्यहरू ः

१. पद बहालीकै दिन नगर प्रमुखबाट भएको पहिलो निर्णयः घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले गर्दा सेवाग्राहीले नगरपालिकासम्म लामो समयसम्म धाइरहनु पर्ने झन्झटिलो परिस्थितिको अन्त्य भएको छ ।

२. व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरमै सम्पन्न हुने व्यवस्था लागू भएको छ । कागजात बोकेर नगरपालिकासम्म धाइरहनु पर्ने परिपाटीको अन्त्य भएको छ ।

३. घरबहाल करमा ८० प्रतिशत छुटको व्यवस्था गरी नागरिकलाई कर आतङ्कबाट मुक्त गराउने अभ्यास÷प्रयासको थालनी भएको छ ।

४. मौलिक पहिचान झल्किने व्यवसाय दर्ता गर्दा कर छुटको व्यवस्था गरिएको, महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरूले तिर्ने स्थायी प्रकृतिका करमा छुटको प्रबन्ध गरिएको छ ।

५. महिलाहरूलाई प्रसूतिका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स जस्तो अत्यावश्यकीय सेवा प्रदान गरिएको छ ।

६. नीति तथा कार्यक्रम र योजना निर्माणमा नागरिकको सहभागिता र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल गर्ने परिपाटीको विकास भएको छ ।

७. नागरिकहरूसँग छलफल गरी समूहमा निर्णय गर्ने परिपाटी तथा सेवा प्रवाहमा पारदर्शिताको अभिवृद्धि भएको छ । गोप्य कोठामा निर्णय गर्ने परिपाटी पूर्ण रूपले अन्य भएको छ । गोप्य कोठाको प्रयोग समेत बन्द भइसकेको छ ।

८. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्रदेश नं. १ को शाखा सुन्दरहरैँचा नगरपालिकामा विस्तार गर्ने सम्बन्धमा समन्वय र पहल भइरहेको छ ।

९. नागरिकका कामहरूमा सहजता कायम गर्न सबै वडा कार्यालयहरूमा फोटोकपी सेवा तथा विभिन्न निवेदनका ढाँचाहरू निः शुल्क रूपमा वितरण भइरहेको छ ।

१०. रू. १० लाखसम्मका योजनाहरूको सम्झौता सम्बन्धित वडा कार्यालयहरूबाटै हुने कार्यको शुरुवात गरिएको छ ।

११. नगरमा बढ्दो जनसङ्ख्या र नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै एउटा एम्बुलेन्स पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल र एउटा एम्बुलेन्स वडा नं. ३ स्थित स्वास्थ्य चौकी दुलारीलाई हस्तान्तरण गरिएको छ ।

१२. जनशक्ति व्यवस्थापन सहित प्राथमिक स्वास्थ्य केन्द्र हरैंचालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्नका लागि व्यवस्था गरिएको छ ।

१३. खोला कटान तथा नियन्त्रण गर्ने ध्येयका साथ (आई.ई.ई.) गरिसकिएको छ । सोही अनुसार आसपासका पालिकाहरू बेलबारी, कानेपोखरी र ग्रामथानसँग समेत सहकार्य गरी खोलामा स्काभेटर, जेसिबी र ट्रिपर प्रयोग नगर्ने । अत्यावश्यक गिटी, बालुवा निकाल्नका लागि ट्याक्टर र बेल्चा प्रयोग गरी श्रमजन्य प्रक्रियाबाट मात्र खोलाजन्य पदार्थ निकाल्ने निर्णय कार्यान्वयनको चरणमा रहेको छ ।

१४. भू–उपयोग ऐन, २०७६ बमोजिम स्थानीय भू–उपयोग परिषद् गठन गरी भू–उपयोग योजना तर्जुमा निर्माणको कार्य भइरहेको छ ।

१५. सुन्दरहरैँचा नगरपालिकामा रहेको राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्रमार्फत् १२ वटै वडाबाट सङ्कलित भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा इन्ट्री भइसकेको, डि.जी.पि.एस. प्रविधिद्वारा जग्गाको नापजाँच तथा नियन्त्रण बिन्दुहरू राखी राष्ट्रिय प्रणालीमा जोड्ने कार्य भइरहेको, विगतका आयोगहरूले वितरण गरेका जग्गामा रहेका विविध समस्या समाधानका कार्यहरू भइरहेको जसअन्तर्गत वडा नं. ५ भित्रका ६ वटा जग्गाहरूको धनीपूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको छ ।

१६. नगर क्षेत्रभित्र न्याय सम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने ध्येयका साथ न्यायिक समिति मार्फत् न्याय सम्पादनका कार्यहरू भइरहेको छ । जसमा अशक्त र अपाङ्ग परिवारभित्र भएको विवादलाई निरुपण गर्नका लागि न्यायिक समितिका पदाधिकारीहरू निजहरूकै घरमा गई छलफल गराई मेलमिलापको माध्यमद्वारा विवाद समाधानका कार्यहरूको थालनी भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय

Published

on

काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।

यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।

Continue Reading

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक