कला / साहित्य
भवनाथ घिमिरे स्मृति ग्रन्थको लोकार्पण
काठमाडौंः आधुनिक साहित्य परिषदको आयोजनामा ‘बहु आयामिक व्यक्तित्व भवनाथ घिमिरे (स्मृति ग्रन्थ)’ को लोकार्पण तथा रचना वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ ।
आधुनिक साहित्य परिषदका अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्व र भाषाविज्ञ मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले शब्दकोश लेखकहरूका लागि प्रकाशित पुस्तक आधार ग्रन्थ रहेको र मोतीरामले भानुभक्तलाई चिनाए झैँ बहुआयामिक व्यक्तित्व भवनाथ घिमिरेलाई प्रा.डा.भोलानाथ पोखरेलको समीक्षाले प्रष्ट बनाएको बताए । लेख्य नेपाली भाषा अशुद्ध हुन नहुने उपाध्यायको भनाइ थियो ।
गौरी पब्लिकेशनका प्रबन्धक दामोदर ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रा.डा. भोलानाथ पोखरेलले लोकार्पित पुस्तकमाथि समीक्षा गरेका थिए ।
कार्यक्रममा भवनाथ घिमिरेका नाति सरून प्रभात लुइँटेलले बाँसुरीमा मङ्गल धुन बजाएर रौनकता थपेका थिए । लेखक घिमिरेलाई सो अवसरमा प्रमुख अतिथिले दोसल्ला ओढाएर अभिनन्दन गर्नुका साथै ताम्रपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा घिमिरे कुलवंश प्रतिष्ठान बेलबारी मोरङका अध्यक्ष हेमचन्द्र घिमिरे, प्रा.डा. देवी ढकाल, इ. गुणराज ले शुभकामना मन्तव्य राखेका थिए । कल्पना भट्टराई अधिकारी, नेपाल गजल प्रतिष्ठानका सचिव अञ्जान यात्रीले रचना वाचन गरेका थिए ।
गजलकार आँचलकुमार शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रा.डा. समालोचक भोलानाथ पोखरेल, नेपाली बृहत्तर शब्दकोशका लेखक चूडामणि गौतम, प्रा.डा. देवी ढकाल, प्रा.डा.गार्गी शर्मा, विमोचित कृतिका लेखक छवि वैरागी घिमिरे, साहित्यकार लोकमणि पौडेललगायतको कार्यक्रममा उपस्थिति थियो ।
Facebook Comment
Banner
चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन
चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनीको निधन
पोखराका चर्चित गजलकार एवम् गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमवार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
Banner
कुम्भ मेलाबाट इटहरी आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
सुनसरीको चतरामा जारी कुम्भ मेलामा दर्शन गरेर फर्किदैँ गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका १ नेपालडाँडा घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् ।
सोमबार राति प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
श्रोत : टाकुरा निउज
Banner
मिसाइलको चर्को अभाव भएकाले रुससँगको लडाईं कमजोर बन्दै गएको युक्रेनी राष्ट्रपति जेलेनेस्कीको गुनासो
युक्रेनले रुससँगको युद्धमा मिसाइलको चर्को अभाव भएको बताएको छ । गएको महिना कयौँ रुसी हमला विफल बनाएको र रुसमाथि जवाफी आक्रमण गरेको युक्रेनले यो महिनाको शुरुदेखि मिसाइल र हवाई रक्षा प्रणालीको अभाव भएको जनाएको हो ।
मिसाइलको अभाव हुँदा रुसले राजधानी किभ वरपरका सबैजसो पावर प्लान्ट ध्वस्त बनाइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको महिना रुसले १८ सय मेगावाट क्षमताको थर्मल प्लान्ट ध्वस्त बनाइदिएपछि युक्रेनमा उर्जा सङ्कट पनि बढेको छ । सरकारले नागरिकलाई विद्युत बचत गर्न आग्रह गरेको छ ।
जेलेनेस्कीले यो महिनाको शुरुदेखि नै मिसाइल र गोलाबारुदको अभाव रहेको भन्दै अमेरिका र पश्चिमा देशसँग सहयोग माग्नुभएको थियो । तर माग अनुसारका मिसाइल नपाएपछि अहिले युक्रेन कमजोर अवस्थामा पुगेको छ ।
अब यदि रुसले आफ्नो तीव्र गति र लामो दूरीको बमबारी अभियान जारी राख्यो भने अवस्था झनै जटिल बन्ने युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बताउनुभएको छ । अहिले युक्रेनका पश्चिमी मित्र राष्ट्रहरू युक्रेनमा थप हवाई रक्षा पठाउन अनिच्छुक देखिएका छन् ।
रुसले युक्रेनमाथि विजय प्राप्त गरेमा समग्र युरोप नै खतरामा पर्ने भन्दै युक्रेनले अत्याधुनिक मिसाइल र रक्षा प्रणालीको माग गरिरहेको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login