समाचार
शिक्षककाे सेवा र सुरक्षा साथै कक्षा ११ र १२ काे शैक्षिक गुणस्तर सुधारका लागि हिस्टुन आन्दाेलित
विराटचोकः माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शैक्षिक गुणस्तर सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, ३० औँ वर्षदेखि पढाउने शिक्षकहरुलाई दरबन्दीमा नलगेको र उनीहरुको सेवाको सुरक्षा वृत्ति विकास नभएकाले ११ र १२ पढाउने शिक्षकका समस्या समाधानका लागि सरकारलाई अल्टिमेटम दिएको हिस्टुनले जनाएको छ ।
राष्ट्रिय स्तरको ट्रेड युनियन अधिकार प्राप्त हिस्टुनले साविक उच्च मा.वि. तहमा कार्यरत शिक्षकहरुको पेशागत हक हित एवम् उक्त तहको गुणस्तरीय शिक्षाको पक्षमा क्रियाशील हुँदै आएको छ । हिस्टुनले देशभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई ध्यानाकर्षण पत्र मंगलबार बुझाएको छ । सो क्रममा मोरङको सुन्दरहरैँचामा रहेको सुकुना माध्यमिक विद्यालयका हिस्टुनमा आबद्ध शिक्षकहरुले समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संविधानमै शिक्षा निःशुल्क भनिए पनि आज सामुदायिक विद्यालयहरुमा उक्त कक्षाहरुमा अध्यापन गर्ने एक जना पनि स्थायी शिक्षक नभएको, ११ र १२ मा ६ विषय नियमित अध्यापन हुने भए पनि १÷२ अस्थायी शिक्षक अनुदानमा उपलब्ध गराएर राज्य विद्यालय शिक्षा ध्वस्त पारी अदृश्य रुपमा कुनै वर्गको पृष्ठपोषण गरिरहेको हिस्टुनको आरोप छ । विद्यालयको अन्तिम खुड्किलो कक्षा १२ मा यस वर्ष ५० प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको स्मरण गर्दै शिक्षा क्षेत्रको मेरुदण्डको रूपमा रहेका शिक्षकको पेशागत भविष्य अन्योलग्रस्त बनेको, शिक्षकहरुको स्थायित्व र कुनै पनि सुविधा नभएको बताइएको छ । बीसौ वर्षदेखि काम गरेर उमेरको हदका कारण समेत रित्तो हात घर जान बाध्यकारी अवस्था भएकाले यसको समाधानका लागि हिस्टुनले सरकारलाई विद्यालयमार्फत् ध्यानाकर्षण गराएको हो ।
यस्तै विद्यालयहरुमा राज्यको नियन्त्रण र अनुगमन नहुँदा विद्यार्थीहरु मनपरी चर्कोे शुल्क तिर्न बाध्य भएको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान खोज्न आग्रह गरिए पनि बेवास्ता भई शिक्षकहरुप्रति विभेद समेत भइराखेकाले सबै तहदेखि आन्दोलन अगाडि बढाउने निर्णय समेत भएको बताइएको छ ।
हिस्टुनले आन्दोलनका कार्यक्रमअन्तर्गत भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टुन कार्य समितिहरुले सहकार्य गरी संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई ज्ञापन पत्र बुझाउने भएका छन् । सो कार्यका लागि केन्द्रीय सदस्यहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने साथै शिक्षकहरुले आफ्ना पेशागत मागहरु बारे आफ्नो विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराउँदै केन्द्रबाट उनीहरुको नाममा प्रेषित पत्र बुझाउने भएको छ ।
भदौ २८ गते ९ साविक उच्च मा वि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने भएको छ ।
भदौ ३० गते साविक उच्च मा वि तहका शिक्षकहरुले पेन डाउन गर्ने भएका छन् । आन्दोलनका दिनमा शिक्षकहरु विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने भएका छन् ।
केही दिनमा संसद समेत स्थगन हुने र दशैं, तिहार जस्ता पर्वहरु परेको र संघीय चुनाव समेत भएकाले आन्दोलन नगर्ने र त्यसपछि पनि हिस्टुनका मागहरुप्रति राज्य उदासीन भएमा सबै जिल्लाहरुबाट शिक्षकहरुलाई राजधानी आउन आह्वान गरी काठमाण्डौं केन्द्रित भौतिक आन्दोलनको घोषणा गरिने हिस्टुनका महासचिव टीकाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login