Connect with us
Advertisement

शिक्षककाे सेवा र सुरक्षा साथै कक्षा ११ र १२ काे शैक्षिक गुणस्तर सुधारका लागि हिस्टुन आन्दाेलित

Published

on

विराटचोकः माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शैक्षिक गुणस्तर सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, ३० औँ वर्षदेखि पढाउने शिक्षकहरुलाई दरबन्दीमा नलगेको र उनीहरुको सेवाको सुरक्षा वृत्ति विकास नभएकाले ११ र १२ पढाउने शिक्षकका समस्या समाधानका लागि सरकारलाई अल्टिमेटम दिएको हिस्टुनले जनाएको छ ।

राष्ट्रिय स्तरको ट्रेड युनियन अधिकार प्राप्त हिस्टुनले साविक उच्च मा.वि. तहमा कार्यरत शिक्षकहरुको पेशागत हक हित एवम् उक्त तहको गुणस्तरीय शिक्षाको पक्षमा क्रियाशील हुँदै आएको छ । हिस्टुनले देशभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई ध्यानाकर्षण पत्र मंगलबार बुझाएको छ । सो क्रममा मोरङको सुन्दरहरैँचामा रहेको सुकुना माध्यमिक विद्यालयका हिस्टुनमा आबद्ध शिक्षकहरुले समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संविधानमै शिक्षा निःशुल्क भनिए पनि आज सामुदायिक विद्यालयहरुमा उक्त कक्षाहरुमा अध्यापन गर्ने एक जना पनि स्थायी शिक्षक नभएको, ११ र १२ मा ६ विषय नियमित अध्यापन हुने भए पनि १÷२ अस्थायी शिक्षक अनुदानमा उपलब्ध गराएर राज्य विद्यालय शिक्षा ध्वस्त पारी अदृश्य रुपमा कुनै वर्गको पृष्ठपोषण गरिरहेको हिस्टुनको आरोप छ । विद्यालयको अन्तिम खुड्किलो कक्षा १२ मा यस वर्ष ५० प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भई उच्च शिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको स्मरण गर्दै शिक्षा क्षेत्रको मेरुदण्डको रूपमा रहेका शिक्षकको पेशागत भविष्य अन्योलग्रस्त बनेको, शिक्षकहरुको स्थायित्व र कुनै पनि सुविधा नभएको बताइएको छ । बीसौ वर्षदेखि काम गरेर उमेरको हदका कारण समेत रित्तो हात घर जान बाध्यकारी अवस्था भएकाले यसको समाधानका लागि हिस्टुनले सरकारलाई विद्यालयमार्फत् ध्यानाकर्षण गराएको हो ।

यस्तै विद्यालयहरुमा राज्यको नियन्त्रण र अनुगमन नहुँदा विद्यार्थीहरु मनपरी चर्कोे शुल्क तिर्न बाध्य भएको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान खोज्न आग्रह गरिए पनि बेवास्ता भई शिक्षकहरुप्रति विभेद समेत भइराखेकाले सबै तहदेखि आन्दोलन अगाडि बढाउने निर्णय समेत भएको बताइएको छ ।

हिस्टुनले आन्दोलनका कार्यक्रमअन्तर्गत भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानीय हिस्टुन कार्य समितिहरुले सहकार्य गरी संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई ज्ञापन पत्र बुझाउने भएका छन् । सो कार्यका लागि केन्द्रीय सदस्यहरुले समन्वयकारी भूमिका निर्वाह गर्ने साथै शिक्षकहरुले आफ्ना पेशागत मागहरु बारे आफ्नो विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराउँदै केन्द्रबाट उनीहरुको नाममा प्रेषित पत्र बुझाउने भएको छ ।

भदौ २८ गते ९ साविक उच्च मा वि तहका देशभरका शिक्षकहरुले हातमा कालो पट्टी बाँधी अध्यापन गर्ने भएको छ ।
भदौ ३० गते साविक उच्च मा वि तहका शिक्षकहरुले पेन डाउन गर्ने भएका छन् । आन्दोलनका दिनमा शिक्षकहरु विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने भएका छन् ।

केही दिनमा संसद समेत स्थगन हुने र दशैं, तिहार जस्ता पर्वहरु परेको र संघीय चुनाव समेत भएकाले आन्दोलन नगर्ने र त्यसपछि पनि हिस्टुनका मागहरुप्रति राज्य उदासीन भएमा सबै जिल्लाहरुबाट शिक्षकहरुलाई राजधानी आउन आह्वान गरी काठमाण्डौं केन्द्रित भौतिक आन्दोलनको घोषणा गरिने हिस्टुनका महासचिव टीकाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक