कोशी प्रदेश
साढे ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका शेरधन राईले भने, ‘मेरो कार्यंकालमा १७ वटा मुख्य काम भएका छन्’
विराटचोकः शनिबार रातिदेखि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । कार्यकाल समाप्त हुनुभन्दा पहिले प्रदेश नम्बर १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले आफूले गरेको कामको विवरण सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । आफूले गरेका मुख्य काममध्ये १७ कामको विवरण उनले प्रस्तुत गरेका छन् । पहिलो वर्ष काम गर्ने तरिका सिक्नमै खर्च भएको उनले उल्लेख गरेका छन् ।
यस्तो छ उनले सार्वजनिक गरेको कामको विवरणको पूर्ण पाठः
सबैमा सेवा, नमस्ते अनि अभिबादन !
आजबट प्रदेशसभा र प्रतिनिधीसभाको कार्यकाल पुरा हुदैछ !!
संस्थापक प्रथम मुख्यमन्त्रीको रुपमा ३ बर्ष ६ महिना ७ दिन बहाल रहँदा र प्रदेशसभाको कार्यकाल पुरा हुदै गर्दा मैले केही कुराहरुको स्मरण गर्दै भन्नैपर्छ !!!
सर्बप्रथम,
–मलाई संघीयता कार्यान्वयनका लागी ७ खम्बा मध्ये पहिलो खम्बाको रुपमा प्रदेश नं १ मा (प्रथम मुख्यमन्त्रीको हैसियतमा) काम गर्न मेरो पार्टी नेकपा (एमाले) ले पठाएकोमा नेकपा (एमाले) र पार्टीका श्रद्वेय अध्यक्ष केपीशर्मा ओलीप्रति बिशेष धन्यबाद र आभार प्रकट गर्दछु ।
–म मुख्यमन्त्री बन्नका लागी सर्बसम्मत दलको नेता हुने स्थिती बनेन, निर्बाचनको माध्यमबाट चुनिने क्रममा मलाई मतदान गरी निर्बाचीत गराउने मेरो दलका माननीय सदस्यहरुलाई बिशेष धन्यबाद भन्न चाहन्छु ।
–मेरो मन्त्रिमण्डलमा रहेर मलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने र सहयोग गर्ने सबै मन्त्रि, राज्यमन्त्रीहरुलाई पनि बिशेष धन्यबाद भन्न चाहन्छु ।
–सिंगो प्रदेशसभा, माननीय सभामुख,उपसभामुख र सबै माननीय सदस्यहरुको सदभाव सहयोग प्रति कृतज्ञता सहित धन्यबाद भन्न चाहन्छु ।
–संगसंगै प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश लगानी प्रधिकरण लगायत प्रदेश सरकारका प्रमुख सचिबहरु, मन्त्रालयका सचिवहरु र सिंगो निजामती कर्मचारी प्रशासन, सुरक्षा निकाय एबं निजीक्षेत्र, मिडिया हाउस लगायत सबै संचारकर्मीहरु प्रति पनि प्राप्तभएको सहयोग, सदभाव र शुभेच्छाप्रति हार्दिक आभार र धन्यबाद भन्न चाहन्छु ।
–मेरो सचिवालयका सबै सदस्यहरु, सल्लाहकार सदस्यहरु सबैलाई हार्दिक धन्यबाद भन्न चाहन्छु ।
अब थोरै अनुभव र कामका कुराहरु पनि शेयर गर्न सान्दर्भिक ठान्दछु ।
=तीन तहको संघीयता हाम्रा लागी पहिलो अनुभव, प्रयोग र अभ्यास थियो ।
=तर केन्द्रिय सरकारको मन्त्री भएर काम गरिसकेको र संघीयताको मर्म, भावना र स्पीरिट धेरै हदसम्म बुझेको नाताले अनि शुन्य अवस्थाबाट गुन्द्री र पिरामा बसेर काम शुरु गर्नुपर्छ भन्ने पुर्ब मनस्थिती तयार गरेर गएको हुनाले खासै असहज, अप्ठ्यारो केही महशुस गर्नु परेन ।
=पहिलो एक बर्ष प्रदेश संरचनालाई उभ्याउने, खुट्टा टेकाउने र हिडाउने आधार तयार गर्दा नै बित्यो भन्दा फरक पर्दैन ।
=म नामका लागी, निजी स्वार्थका लागी मुख्यमन्त्री बन्न प्रदेशमा झरेको थिएन, संबिधान र संघीयताको कार्यन्वयन गर्दै केन्द्रिय अनुभव सहित प्रदेश संरचनालाई संस्थागत गर्न र प्रदेशको बिकास र समृद्विका लागी केही खाकाहरु कोर्दै थोरै भएपनि समृद नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा जोडिएर योगदान गरौं, राम्रो थिती बसाऔं, सही प्रणाली स्थापना गरौं, जसबाट खुसी र गर्बको अनुभुति लिन सकौं, मेरो जम्मा यति थियो स्वार्थ र सपना ।
म पाँच बर्षको लागी निर्बाचीत भएको भएता पनि ३ बर्ष ६ महिना ७ दिन मात्र मुख्यमन्त्रीको रुपमा रहे म बहाल रहँदा गरेका कामहरुलाई मैले गरे भनेर भन्नैपर्छ ।
जस्तैः–
१.६ दर्जन भन्दा बढी कानुन ऐनहरु र सयौंको संख्यामा कार्यबिधी एबं नियमावलीहरुको तर्जुमा ।
२.प्रदेश सरकारको लागी आवश्यक स्थायी र अस्थायी संरचनाहरुको स्थापना ।
३.आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समृद्व प्रदेशको मुल दृष्टिकोण तय गर्नु ।
४.भौतिक पुर्बाधार बिकासका कामहरु सन्तुलित ढंगले प्रदेश भरि अगाडी बढाउदै ६२ भन्दा बढी बहुबर्षीय सडक तथा सडकपुलहरुको निर्माण कार्य शुरु गर्नु र धेरै जसो बनी सक्नु । त्यसैगरी ८१ भन्दा बढी सबै पालिका केन्द्र र महत्वपुर्ण बजारकेन्द्र र राजमार्गहरु जोडने गरी मुख्यमन्त्री ग्रामीण सडकहरुको निर्माण कार्य अगाडी बढाउनु ।
५.बिराटनगर घिनाघाट हरैचा सडक (फोरल्याण्डको) निर्माण गर्नु उदाहरणीय रहनु ।
६.सबै जसो झोलुंगेपुलहरु बनिसक्नु ।
७.खेलकुद मैदान, रंगशाला, सभाभवनहरु, खानेपानी सिंचाईका ठुलठुला आयोजनाहरुको सुरुवात गर्दै सम्पन्न हुने प्रक्रियामा रहनु ।
८.रुपान्तरणकारी परियोजनाहरुको छनौट हुनु र मुन्दुम ट्रेल लगायत पर्यटन पुर्बाधारका आर्कषक पार्कहरु निर्माण हुनु ।
९.झण्डै ३ सयभन्दा बढी बिधालयहरुमा आइटि शिक्षा संचालन गर्नु । बिधालय नर्सिंग कार्यक्रम संचालन गर्नु ।
१०.पहिलो प्रादेशिक बिश्व बिधालयको रुपमा मनमोहनप्राबिधिक बिश्वबिधालयको स्थापना गर्नु ।
११.स्वीस सरकारबाट १ अर्ब अनुदान सहयोग लिने एकमात्र प्रदेशमा पर्नु ।
१२.स्वास्थ्य क्षेत्रमा उल्लेख्य कामहरु गर्नु र कोभिड १९ को रोकथाम र नियण्त्रणमा चालिएका कदमहरु देशमै उदाहरणीय रहनु ।
१३.लागु औषध र दुर्ब्यसनमुक्त, सक्षम र असल नागरिकयुक्त प्रदेश बनाउने उधेश्यका साथ लागु औषध र दुर्ब्यसनका बिरुद्व म अघि बढछु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब मार्फत झण्डै २ लाख बिधार्थीहरुलाई संगठीट गरी परिचालन गर्नु ।
१४.सिमा सुरक्षा, नागरिक सुरक्षा र बिपद आदिमा सुरक्षा निकायहरुको प्रभावकारी परिचालनका लागी सवारी साधन लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउदै प्रभावकारी रुपमा समन्वय गर्न सक्नु ।
१५.मुख्यमन्त्री ड्यासबोर्ड संचालनमा ल्याई डिजीटल प्रदेशको अवधारणालाई अगाडी बढाउनु ।
१६.छरितो मन्त्रीमण्डल बनाएर चुस्त रुपमा मितब्ययी ढंगले काम गर्नु र कुनैपनि खाले बिकृति र बेथितीहरुलाई जन्मन, हुर्कन नदिई सरकारको नेतृत्व गर्नु ।
१७.प्रदेश राजधानी टुंग्याउनु ।
अन्य थुप्रै महत्वपुर्ण कार्यहरु छन जसलाई गोजी पुस्तिकाको रुपमा सार्बजानिक गरिसकिएको छ ।
अन्तमा मैले एउटा कुरामा स्पष्टिकरण दिनैपर्छ । त्यो केहो भने, म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन । हामीले राजधानी टुंग्याउयौं तर नाम टुंग्याउन दलहरु तयार भएनन । मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा थियो अर्थात दुईतिहाई माननीय सदस्यहरुको मतबाट टुंग्याउनुपर्ने संबैधानिक ब्यवस्था रहेको बिषय हो । सरकार प्रमुखको हैसियतमा मैले छलफल, परामर्श र सहजीकरण गर्ने मात्रको जिम्मेवारी थियो त्यो पहल गर्दा गर्दै पनि सबै दलहरु तयार नभएकोले आ–आफ्नै बिचार भावना र मान्यतामा अडिक रहेको र अर्को तर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन सकेन संगसंगै अनपेक्षित राजनितीक घटनाक्रमका कारण मैले सरकार छोडनु परयो । जुन कुरा सबैमा बिदितैछ । यसरी म बहाल रहेको बेला नाम टुंगिन सकेन । म भन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो वहाँहरु रहेको बेला प्रदेशले नाम पाएको भए स्वाभाविक रुपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उस्को पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो, बजारमा कुराहरु बिकाउन सकिन्थ्यो । तर वहाँहरु रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन । तर म आफु बहाल रहेको बेला प्रदेशको नामांकन हुन नसके बापतको मेरो भागमा पर्ने जिम्मेवारी म बोक्न तयार रहेको कुरा निसंकोच भन्न चाहन्छु ।
यसरी मैले इमान्दारीतापुर्बक आफ्नो स्वच्छ र निष्कलंकित छबीलाई कायम गर्दै म जति समय जिम्मेवारीमा रहेर काम गरे, यसमा म पुर्ण सन्तुष्टि र सफल रहेको मैले बोध गरेकोछु । आगामी दिनमा पनि जिम्मेवारीमा रहँदा वा नरहँदा त्यही इमान्दारीता, नैतिक मुल्य र स्वच्छताको जगमा उभिएर देश र जनताको सेवामा सर्मपित भइरहने बचनबद्वता ब्यक्त गर्दछु ।
Facebook Comment
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


Banner
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड
पूर्वाञ्चल विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्राडा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा जग्गामा गुरुयोजनाअनुसार एकीकृत भौतिक संरचना विकास गरिनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), डाटा साइन्स र साइबर सेक्युरिटीलगायतका क्षेत्रमा नयाँ तथा विशिष्टीकृत पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने योजना अघि सारिएको छ । चिकित्साशास्त्र र इन्जिनियरिङतर्फ पनि विशिष्टीकृत पाठ्यक्रम विकास गर्ने नीति विश्वविद्यालयले लिएको छ ।
विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई एकीकृत डिजिटल इकोसिस्टममार्फत सञ्चालन गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ ।
चिकित्सा शिक्षातर्फ गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने योजना छ । साथै, कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुदृढ गर्ने कार्यक्रम अघि बढाइएको छ ।
सभामा बोल्दै शिक्षामन्त्री पोखरेलले बदलिँदो प्रविधि र विश्वव्यापीकरणको मागअनुसार उच्च शिक्षालाई रूपान्तरण गर्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिमा मात्र सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
उनले पारित नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना, जिम्मेवारी र समयसीमा निर्धारण गर्न निर्देशनसमेत दिए ।
शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले बजेटको प्रभावकारी कार्यान्वयन गर्दै शैक्षिक प्रणाली सुधारमा केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विश्वविद्यालयले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रम सकारात्मक रहेको बताए ।
Tap TapRoyal enfield
सभामा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।
विश्वविद्यालयले जलवायु परिवर्तन तथा विपत् जोखिम न्यूनीकरणसम्बन्धी विशेष अनुसन्धान केन्द्र स्थापना गर्ने, विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने र पछाडि परेका वर्गका लागि समावेशी छात्रवृत्तिको पहुँच विस्तार गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
सभाले कार्यकारी परिषद्का लागि (तीन वर्षका लागि) तीन जनालाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । डिनबाट चिकित्साशास्त्र संकायकी डिन प्रा.डा. परिचा उपाध्याय ढुंगेल र कला, कानुन तथा शिक्षाशास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद पाण्डे तथा शिक्षकबाट पू.वि. स्कुल अफ म्यानेजमेन्ट, विराटनगरमा कार्यरत प्राध्यापक मोहनबहादुर बस्नेतलाई मनोनयन गरिएको विश्वविद्यालयले जनाएको छ ।
पारित नीति, कार्यक्रम तथा बजेटमार्फत विश्वविद्यालयलाई गुणस्तरीय, प्रतिस्पर्धी, अनुसन्धानमुखी, प्रविधिमैत्री तथा आत्मनिर्भर शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login