Connect with us
Advertisement

तेक्वान्दोका अधिकांश प्रतिष्पर्धामा सुनसरीलाई स्वर्ण पदक

Published

on

बिर्तामोडः असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको तेक्वान्दोको छनोट खेलमा सुनसरीका खेलाडीले पदकमा वर्चस्व राखेका छन् ।

झापाको बिर्तामोडमा भएको प्रतियोगितामा पुरुष ग्रुप पुम्सेतर्फ सुनसरीका प्रदीप लिम्बू, सुदीप घिमिरे र निङमा तामाङले स्वर्ण पदक पाएका छन् । झापाका विवेक गिरी, मौसम आचार्य र भुवन सिंह आचार्यले रजत र इलामका रोजन मगर, नितेश भुजेल र गौरव सिवा तथा उदयपुरका सुजन राई, श्रवण माझी र उत्तम राईले रजत पदक जितेका छन् ।

महिला ग्रुप पुम्सेमा सुनसरीका सुशीला राई, मनिषा बिक, र शान्ति राईले स्वर्ण जितेका छन् । उदयपुरका सपना श्रेष्ठ, कंचन राई र कृष्तुला राईले रजत पदक र इलामका सृष्टि भुजेल, आषिका आपिङवे, र अन्जली भुजेल तथा ओखलढुङ्गाका डोमा शेर्पा, रमिला रुचल र पेम्बाछिरी शेर्पाले कास्य जितेका छन् ।

पुरुष एकल पुम्सेतर्फ सुनसरीका विवेक राईले स्वर्ण पदक जितेका छन् भने झापाका मौसम आचार्यले रजत र उदयुरका सुरज राई तथा खोटाङका विवेक राईले कास्य पदक जितेका छन् ।

महिलातर्फको एकल पुम्सेमा सुनसरीकी सुशीला राईले स्वर्ण, खोटाङकी रेजिना राईले रजत र ओखलढुङ्गाकी सोरुया राई तथा उदयपुरकी कृस्तुला राईले कास्य पदक जितेका छन् ।

पियर पुम्सेतर्फ सुनसरीका सुदेश राई र सुवेक्षा राईले स्वर्ण, खोटाङ्गका विवेक राई र रेजिना राईले रजत र उदयपुरका सुरज राई र कृस्तुला राई तथा झापाका विवेक गिरी र शिवमी बानियाले कास्य पदक जितेका छन् ।

फाइटतर्फ महिला ६२ केजी तलको फाइटमा सुनसरीकी प्रज्ञा परियारले स्वर्ण, मोरङकी सृजना धिमालले रजत र ताप्लेजुङंकी अन्जली लिम्बूले कास्य पदक पाएका छन् ।

महिला ६७ केजी तलको तौल समूहबाट उदयपुरकी बिनिता माझीले स्वर्ण पदक जितेकी छिन् भने इलामकी तनिषा सिठुङ्गे मगरले रजत र सुनसरीकी श्रद्धा शाक्यले कास्य पदक पाएकी छिन् ।

महिला ७३ केजी तल तौल समूहको प्रतिस्पर्धामा सुनसरीकी मगेरेस लिम्बूले स्वर्ण, मोरङकी बिन्दु राईले रजत र तेह्रथुमकी संगीता खत्रीले कास्य पदक जितेका छन् ।

महिला ७३ केजी माथि भएको प्रतिस्पर्धामा सुनसरीकी सिर्जना तामाङले स्वर्ण, मोरङकी रिजा श्रेष्ठले रजत र सोलुखुम्बुकी सम्झना राईले कास्य पदक पाएका छन् ।

महिला ४६ केजी तलको तौल समूहमा झापाकी अनुजा सापकोटाले स्वर्ण जितेकी छिन् । सुनसरीकी यमुना राईले रजत जित्दा धनकुटाकी प्रमिज्ञा समाल मगरले कास्य पदकमा चित्त बुझाएकी छिन् ।

महिला ४९ केजी तलको तौल समूहमा सुनसरीकी क्रिस्टिना राईले स्वर्ण, खोटाङकी समला राईले रजत र सोलुखुम्बुकी सञ्जु बिकले कास्य पदक जितेकी छिन् ।

महिला ५३ केजी तल तौल समूहमा उदयपुरकी रेनुका विकले स्वर्ण पदक पाएकी छिन् भने पाँचथरकी किनारी जगेवुले रजत र ताप्लेजुङकी भूमिका लिम्बुले कास्य जितेकी छिन् ।

महिला ५७ केजी तलको तौल समूहको खेलमा सुनसरीकी समीक्षा लिम्बूले स्वर्ण, पाँचथरकी इच्छा तुम्रोकले रजत र ताप्लेजुङकी अस्मिता सापदेनले कास्य जितेका छन् ।

पुरुष तेक्वान्दोतर्फ फाइटमा मोरङका नेत्रबहादुर कार्कीले स्वर्ण, उदयपुरका लवकुश मगरले रजत र सोलुखुम्बुका प्रिन्सहाङ राईले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ ८० केजी भन्दा तलको तौल समूहको प्रतिस्पर्धामा इलामका सुलभ श्रेष्ठले स्वर्ण पदक पाएका छन् । सुनसरीका सुनिल थामीले रजत र मोरङका पुस्कर थापाले कास्य जितेका छन् ।

पुरुष ८७ केजी तलको फाइटमा झापाका श्याम धिमालले स्वर्ण जितेका छन् भने उदयपुरका राजकुमार माझिले रजत र संखुवासभाका सञ्जय पोर्तेलले कास्य पदक पाएका छन् ।

८७ केजी माथिको तौल समुहको फाइटमा सुनसरीका युकेश भट्टराईले स्वर्ण, मोरङका अंकित परियारले रजत र पाँचथरका यमकुमार श्रेष्ठले कास्य जितेका छन् ।

पुरुष ५४ केजी तलको तौल समूहमा सुनसरीका शिव खड्काले स्वर्ण, मोरङका कैलाश राईले रजत र उदयपुरका रोशन चौधरीले कास्य जितेका छन् ।

पुरुष ५८ केजी तलको खेलमा झापाका एलिस ठकुरीले स्वर्ण, पाँचथरका अनिश राईले रजत र खोटाङका बरुण राईले कास्य पदक पाएका छन् ।

पुरुष ६३ केजी तौल समूहको खेलमा खोटाङका मोहन राईले स्वर्ण, सुनसरीका सुगम राईले रजत र सोलुका आमबोहाङ तामाङले कास्य पदक पाएका छन् ।

पुरुष ६५ केजी तौल समूहमा झापका अरुण डाँगीले स्वर्ण, सुनसरीका रामकृष्ण राईले रजत र खोटाङका ज्ञानबहादुर श्रेष्ठले कास्य पदक जितेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक