Connect with us
Advertisement

व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधानका विषयमा नगरपालिका र सुन्दरहरैँचा उद्याेग वाणिज्य संघ बिच अन्तरक्रिया

Published

on

विराटाचोकः सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरहरैँचा नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रका व्यवशायीको समस्याको समाधान, बजार व्यवस्यापन, सुरक्षा र बजारको सौन्दर्यकरण, वैंकबाट हुने समस्या ,घर बहाल कर लगायतका विषयमा रहेर अन्तरक्रिया भएको हो

। बिहिबार वाणिज्य संघको पहलमा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा व्यवसायीका समस्या र समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाणिज्य संघका तर्फबाट अध्यक्ष कृष्णप्रसाद रिजालले नगरप्रमुख केदारप्रसाद गुरागाई समक्ष बजारमा देखिएका समस्यालाई समाधान गर्न लिखित रुपमा सहकार्यकालागि सुझाव हस्तन्तरण गरेका थिए ।

 

 सहकार्यकालागि उद्याेग वाणिज्य सङ्घले नगरप्रमुखलाई बुझाएकाे सुझावहरु

छलफलमा कार्यक्रममा बोल्दै वाणिज्यसंघका पूर्व अध्यक्ष उद्योगपती भोलेश्वर दुलालले अहिले सुन्दरहरैंचा क्षेत्रमा उद्योग स्थापना गर्न जग्गाकाे महङ्गिले किन्न नसक्ने भएकाले अन्यन्त्रै जानुपर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । यस्तै वैंकहरुले मनोमानी रुपमा ब्याजदर वृद्धि गरेकाले ब्यवसायीहरु मार मा परेको विषय उठाउदै नगरपालिकाले तत्यकाल बैंकलाई एक्सन लिनुपर्ने अवस्था आएकाे विषय सुझाएका थिए । उनले सडक क्षेत्रमा खाल्डाखुल्डी भएर दुर्घटना हुने भएकाले यसलाई समाधान गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । यस्तै वाकिङ स्टेटमा व्यवासायीक प्रयोजनका सामग्री राखिएको र यसले फुटपाथमा हिन्नेलाई समस्या भएकाले समाधान गर्नुपर्ने बताएका छन् ।

 

यस्तै वाणिज्य संघका निवर्तमान अध्यक्ष नबराज चापागाईले केराबारी क्षेत्रका मानिसलाई विराटचोकको बजार संग जोड्न आमजुगी देखि बिराटचोक सम्मको सडकलाई विकास गर्नु पर्ने बताएका थिए । यस्तै पशु बजार , कृषि बजारलाई व्यवस्थापना गरिनुपर्ने , नगरपालिकाले रोजगार सृजना गर्ने खालका उद्योग स्थापनामा पहल गर्न नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका छन्  । नगरपालिकाले ९९ वर्षकालाई सरकारी जग्गा लिजमा दिएर भए पनि उद्योग स्थापना गर्न पहल गर्नुपर्ने विषय उठाएका थिए । विशेष गरी फुटपाथअव्यवस्थित सञ्चालन हुने वैङ्कले ब्याजदर बढाउने बजारिकरणकाे अभावले गर्दा व्यवसायबाट पलायन हुने अवस्था आइरहेकाे विषयलाई व्यवसायीले उठाएका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरमा भएका सबै पक्षसंघ छलफल चलाइरहेको बताउदै हालै मात्र विद्यालयका प्रधानाध्यापक संगको छलफलमा विद्यालयको खालि जग्गालाई अभिलेखिकरण गरेर नगरपालिकाले लिजमा दिएर  उद्योग स्थापना सङ्गै विभिन्न क्षेत्रमा लगाउने विषयमा छलफल भइरहेको बताएका थिए ।

यस्तै वडा नम्बर ९ मा रहेकाे बुधबारे  कृषि बजारलाई निर्माण गर्न प्रविधिक रुपमा नगर विकास कोषमा पठाइ सकिएको नगरप्रमुख गुरागाईले बताएका छन् । हसिना देखि बाघझोडा सम्मको बाटो निर्माण गर्न पहल भइरहेको, उद्योग वाणिज्य संघले उठाएका विषयमा नगरपालिका सकारात्मक रहेको र सधै सहकार्य गर्ने समेत बताएका छन् ।

 

छलफलबाट व्यवसायीको क्षमता अभिबृद्धि गर्ने गरी तालिम संचालन गर्ने, सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाई सडक क्षेत्र कायम गर्ने, फुटपाथ रुपमा संचालन हुदै आएका व्यवसायलाई व्यवस्थापनमा पहल गर्ने, ऐलानी जग्गा खोजी र व्यवस्थापन गर्ने, मालपोत र व्यवसाय कर प्रभावकारी बनाउन नगरपालिका र वाणिज्य संघ बिच सहकार्य गर्ने, व्यवसाय दर्ता र नविकरण गर्न उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य गर्ने निणर्य गरेको छ ।  अन्तर्रक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले चलाएका थिए । कार्यक्रममा वाणिज्य सङ्घका पदाथिकारी र नगरपालिकाका कर्मचारीकाे समेत उपस्थिति रहेकाे थियाे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक