Connect with us
Advertisement

व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधानका विषयमा नगरपालिका र सुन्दरहरैँचा उद्याेग वाणिज्य संघ बिच अन्तरक्रिया

Published

on

विराटाचोकः सुन्दरहरैँचा उद्योग वाणिज्य संघ र सुन्दरहरैँचा नगरपालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका क्षेत्रका व्यवशायीको समस्याको समाधान, बजार व्यवस्यापन, सुरक्षा र बजारको सौन्दर्यकरण, वैंकबाट हुने समस्या ,घर बहाल कर लगायतका विषयमा रहेर अन्तरक्रिया भएको हो

। बिहिबार वाणिज्य संघको पहलमा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा व्यवसायीका समस्या र समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाणिज्य संघका तर्फबाट अध्यक्ष कृष्णप्रसाद रिजालले नगरप्रमुख केदारप्रसाद गुरागाई समक्ष बजारमा देखिएका समस्यालाई समाधान गर्न लिखित रुपमा सहकार्यकालागि सुझाव हस्तन्तरण गरेका थिए ।

 

 सहकार्यकालागि उद्याेग वाणिज्य सङ्घले नगरप्रमुखलाई बुझाएकाे सुझावहरु

छलफलमा कार्यक्रममा बोल्दै वाणिज्यसंघका पूर्व अध्यक्ष उद्योगपती भोलेश्वर दुलालले अहिले सुन्दरहरैंचा क्षेत्रमा उद्योग स्थापना गर्न जग्गाकाे महङ्गिले किन्न नसक्ने भएकाले अन्यन्त्रै जानुपर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । यस्तै वैंकहरुले मनोमानी रुपमा ब्याजदर वृद्धि गरेकाले ब्यवसायीहरु मार मा परेको विषय उठाउदै नगरपालिकाले तत्यकाल बैंकलाई एक्सन लिनुपर्ने अवस्था आएकाे विषय सुझाएका थिए । उनले सडक क्षेत्रमा खाल्डाखुल्डी भएर दुर्घटना हुने भएकाले यसलाई समाधान गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । यस्तै वाकिङ स्टेटमा व्यवासायीक प्रयोजनका सामग्री राखिएको र यसले फुटपाथमा हिन्नेलाई समस्या भएकाले समाधान गर्नुपर्ने बताएका छन् ।

 

यस्तै वाणिज्य संघका निवर्तमान अध्यक्ष नबराज चापागाईले केराबारी क्षेत्रका मानिसलाई विराटचोकको बजार संग जोड्न आमजुगी देखि बिराटचोक सम्मको सडकलाई विकास गर्नु पर्ने बताएका थिए । यस्तै पशु बजार , कृषि बजारलाई व्यवस्थापना गरिनुपर्ने , नगरपालिकाले रोजगार सृजना गर्ने खालका उद्योग स्थापनामा पहल गर्न नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका छन्  । नगरपालिकाले ९९ वर्षकालाई सरकारी जग्गा लिजमा दिएर भए पनि उद्योग स्थापना गर्न पहल गर्नुपर्ने विषय उठाएका थिए । विशेष गरी फुटपाथअव्यवस्थित सञ्चालन हुने वैङ्कले ब्याजदर बढाउने बजारिकरणकाे अभावले गर्दा व्यवसायबाट पलायन हुने अवस्था आइरहेकाे विषयलाई व्यवसायीले उठाएका थिए ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरमा भएका सबै पक्षसंघ छलफल चलाइरहेको बताउदै हालै मात्र विद्यालयका प्रधानाध्यापक संगको छलफलमा विद्यालयको खालि जग्गालाई अभिलेखिकरण गरेर नगरपालिकाले लिजमा दिएर  उद्योग स्थापना सङ्गै विभिन्न क्षेत्रमा लगाउने विषयमा छलफल भइरहेको बताएका थिए ।

यस्तै वडा नम्बर ९ मा रहेकाे बुधबारे  कृषि बजारलाई निर्माण गर्न प्रविधिक रुपमा नगर विकास कोषमा पठाइ सकिएको नगरप्रमुख गुरागाईले बताएका छन् । हसिना देखि बाघझोडा सम्मको बाटो निर्माण गर्न पहल भइरहेको, उद्योग वाणिज्य संघले उठाएका विषयमा नगरपालिका सकारात्मक रहेको र सधै सहकार्य गर्ने समेत बताएका छन् ।

 

छलफलबाट व्यवसायीको क्षमता अभिबृद्धि गर्ने गरी तालिम संचालन गर्ने, सडक क्षेत्रमा राखिएका निर्माण सामग्री हटाई सडक क्षेत्र कायम गर्ने, फुटपाथ रुपमा संचालन हुदै आएका व्यवसायलाई व्यवस्थापनमा पहल गर्ने, ऐलानी जग्गा खोजी र व्यवस्थापन गर्ने, मालपोत र व्यवसाय कर प्रभावकारी बनाउन नगरपालिका र वाणिज्य संघ बिच सहकार्य गर्ने, व्यवसाय दर्ता र नविकरण गर्न उद्योग वाणिज्य संघको सिफारिस अनिवार्य गर्ने निणर्य गरेको छ ।  अन्तर्रक्रिया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले चलाएका थिए । कार्यक्रममा वाणिज्य सङ्घका पदाथिकारी र नगरपालिकाका कर्मचारीकाे समेत उपस्थिति रहेकाे थियाे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक