Connect with us
Advertisement

बेलबारीका आदिवासी जनजाति पाइलाहरु स्मारिका सार्वजनिक

Published

on

विराटचाेक आदिवासी जनजातिका परम्परा रहनसहन  एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक “बेलबारीका आदिवासी जनजाति पाइलाहरु” सार्वजनिक गरिएको छ । बिहिबार माेरङकाे बेलबारी नगरपालिका ३ मा रहेकाे नेपाल आदिवासी जनजाति सभाहलमा आयाेजित एक कार्यक्रमा “बेलबारीका आदिवासी जनजाति पाइलाहरु” स्मारिका पुस्तक सार्वजनिक गरिएकाे हाे ।

 बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइ, पुर्व सांसदहरु हर्कमान तामाङ र मधु गुरुङ लगायतले स्मारिका सार्वजनिक गरेका थिए । स्मारिका सार्वजनिकीकरण कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति थियो ।

बेलबारी नगरपालिकाको सहयोगमा प्रकाशन भएको स्मारिका को प्रकाशक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी रहेको छ । ३ सय ४० पृष्ठ रहेको स्मारिकामा आदिवासी जनजातिका संस्कृति, विचार, अन्तरवार्ता, स्रष्टा र सृजना एवम् गतिविधि र तस्वीरहरु समेटिएका छन् ।

पुस्तकमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिमा आवद्ध धिमाल जति बिकास केन्द्र, किरात याक्थुङ चुम्लुङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद, किरात राइ यायोख्खा, नेपाल मगर संघ, नेवा देयस् दबु, थारु कल्याणकारीणी सभा, नेपाल तामाङ घेदुङ संघ, माझी उत्थान सेवा समाज, खवास सेवा समाज, उराव झाँगड उत्थान समाज, भुजेल सेवा समाज, किरात याख्खा छुम्मा, किरात सुनुवार सेवा समाज, राजबंशी सेवा समाज, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र, दनुवार जागरण र सन्थाल मुर्मू समाज परिषद गरी १८ वटा जातजातिका रहनसहन, परम्परा, रितिरिवाज र संस्कृतिमा आधारित सामग्री संग्रहित छन् । मनकुमार गुरुङ सम्पादक तथा प्रकाशन संयोजक रहेको पुस्तकको सम्पादन समितिमा भक्तशेर लिम्बु, खनेन्द्र कुमार राइ, ऋषि राइ र बबिता राइ छन् । पुस्तकको भाषा सम्पादन अतिथि सम्पादक इरान राइले गरेका छन् । १ हजार प्रति छापिएको पुस्तकको आवरण शिव छिछाङ्छा राइले बनाएका छन् ।

पुस्तकका सम्पादक मनकुमार गुरुङले कहिल्यै गल्ती गर्दिन भन्नेलाइ पुस्तक प्रकाशन गर्न दिने हो भने उसले पनि गल्ती गर्ने रहेछ भन्दै धेरै होशियारी अपनाउँदा अपनाउँदै पनि पुस्तकमा केही त्रुटि रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइले बेलबारी नगरपालिकाले धिमाल लगायत चार भाषाका पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउने योजना गरिरहेको बताए । यस पुस्तकले आदिवासी जनजाति का धार्मिक, सांस्कृतिक, आर्थिक, भौगोलिक र सामाजिक पक्षलाई समेटेको उनले बताए । बिदेशी धर्म संस्कृति भित्र्याउन कृष्चियन धर्मको भेषमा देशी बिदेशी शक्ति लागेकोले त्यस्ता क्रियाकलाप रोक्नुपर्ने भन्दै उनले पैसाको लागि युवाहरूले कोरियन, जापानीज जस्ता बिदेशी भाषा सिक्नुपर्ने बाध्यता बिडम्बनापुर्ण भएको बताए ।

‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा अझै आदिवासी जनजातिहरुले पुरा हक अधिकार नपाएको अबस्थामा यो पुस्तक आदिवासी जनजातिहरुको महत्त्वपूर्ण दस्तावेज भएको बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading

Banner

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

Published

on

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक