अर्थ
सुरक्षा सामाजिक उद्यमी महिला सहकारीमा नयाँ नेतृत्व
विराटचोकः महिलाहरुद्वारा सञ्चालित सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था सुन्दरहरैंचाको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार सम्पन्न संस्थाको १२ औँ साधारण सभाले गोमा कटुवालको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । उनी अघिल्लो कार्यसमितिमा लेखा तथा सुपरीवेक्षण समितिको संयोजक थिइन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा कमला घिमिरे, सचिवमा तुलसा घिमिरे र कोषाध्यक्षमा विद्या चापागाईँ निर्वाचित भएका छन् । सदस्यहरुमा प्रजिता गौतम, रुपा श्रेष्ठ, कल्पना घिमिरे, कविता लुइँटेल, रमा शर्मा भट्ट, देवकुमारी राई र निर्मला श्रेष्ठ नेपाल निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा इन्द्रमाया खत्री र सदस्यमा चम्पा शाही तथा सावित्रा अधिकारी निर्वाचित भएको घोषणा निर्वाचन समितिका संयोजक प्रदीप लम्सालले गरेका थिए ।
कार्यक्रमकी विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले साधारण सभाको उद्घाटन गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरका सहकारीहरु संस्थाको अनुगमन गरेर कानुनको दायरमा ल्याइने बताइन् । कृषि सहकारीले कृषिसम्बन्धी काम नगरेको पाइएको पनि उनले बताइन् ।

सहकारी समन्वय समिति सुन्दरहरैंचाका अध्यक्ष खगेन्द्र अधिकारीले सहकारीहरुले नयाँनयाँ प्रविधिको उपयोग गरेर व्यवस्थित तरिकाले संस्था सञ्चालन गर्नुपर्ने बताए ।
अग्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शोभितमान पौडेलले सहकारी क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्न सहकारीका सञ्चालक जागरुक हुनुपर्ने बताए ।
संस्थाकी उपाध्यक्ष कमला घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष दुर्गादेवी भट्टराईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्ष तुलसा घिमिरेले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन र ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
बजार व्यवस्थापन उपसमितिकी संयोजक भगवती पराजुलीले बजार व्यवस्थापनसम्बन्धी प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गोमा कटुवालले लेखा परीक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
२३०८ महिला, १५० पुरुष र १ संस्थागत गरी २४५९ जना शेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षमा ७ लाख ७३ हजार २ सय ४३ रुपैयाँ खुद नाफा गरेको छ । ७६ लाख १५ हजार ४ सय रुपैयाँ शेयर पूँजी रहेको संस्थाको कार्यक्षेत्र सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३,४,५,६,७ र ८ रहेको छ ।

Facebook Comment
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login