Connect with us
Advertisement

यी हुन् आईटिएफ तेक्वान्दोमा प्रदेश नम्बर १ बाट छनोट हुने खेलाडीहरु

Published

on

इटहरीः गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नम्बर १ बाट तेक्वान्दो खेल्ने खेलाडी छनोट भएका छन् ।

इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट महिला एकल स्पाइरितर्फ ६५ केजी तौल समूहमा झापाकी पार्वती राजवंशीले स्वर्ण पदक जितेकी छिन् भने सुनसरीकी रोमिला खड्काले रजत र मोरङकी सरला राईले कास्य पदक जितेकी छन् ।

६० देखि ६४ केजी तौल समूहमा पाँचथरकी अनिषा सेलिङले स्वर्ण पदक पाएकी छन् भने मोरङकी केरीसा आचार्यले रजत तथा सुनसरीकी कृतिका राई र इलामकी निशा ताजपुरियाले कास्य पदक जितेका छन् । यता महिला स्पाइरिङतर्फकै ५५ केजीदेखि ५९ केजी तौल समूहतर्फ भोजपुरकी सजिना तामाङले स्वर्ण पदक जितेकी छिन् । झापाकी मेरिना राईले रजत तथा मोरङकी बविता श्रेष्ठ र पाँचथरकी एलिसा सेलिङले कास्य पदक हात पारेका छन् ।

५० देखि ५४ केजी तौल समूहमा मोरङंकी कुसुम राजवंशीले स्वर्ण पदक जितेका छन् भने पाँचथरकी बिनिता राईले रजत तथा सुनसरीकी एलिजा राई र भोजपुरकी कृतिका राईले कास्य पदक पाएका छन् ।

४५ केजीदेखि ४९ केजी तौल समूहमा मोरङकी इन्दिरा थापाले स्वर्ण, पाँचथरकी सबिना सेलिङले रजत तथा सुनसरीकी करुणा विष्ट र भोजपुरकी समोला राईले कास्य पदक जितेका छन् ।

पुरुष प्याटनतर्फ तेस्रो डानमा सुनसरीका अर्जुन चौधरीले स्वर्ण जितेका छन् । ४५ देखि ४९ केजी तौल समूहमा पाँचथरका आलोक राईले स्वर्ण, भोजपुरका सुरज विकले रजत, सुनसरीका इशान राई र झापाका आइतराज लिम्बूले कास्य पदक पाएका छन् ।

५० देखि ५४ केजी तौल समूहतर्फ झापाका मिसन श्रेष्ठले स्वर्ण जितेका छन् भने भोजपुरका कृष्ण रसाइलीले रजत तथा मोरङका प्रवीण बस्नेत र पाँचथरका मिसन सेलिङले कास्य पदक जितेका छन् ।

५५ देखि ५९ केजी तौल समूहको खेलमा मोरङका प्रथम कार्कीले स्वर्ण, सुनसरीका सुरज चौधरीले रजत र झापाका विक्रम श्रेष्ठ तथा पाँचथरका शिशिर सेलिङले कास्य पदक पाएका छन् ।

६० देखि ६४ केजी तौल समूहमा मोरङका नितेश खवासले स्वर्ण, सुनसरीका उदयविक्रम राईले रजत र पाँचथरका अश्विन सेलिङ तथा झापाका मनिष श्रेष्ठले कास्य पदक जितेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक