Connect with us
Advertisement

उसुमा सुनसरीले पायो ५ स्वर्ण

Published

on

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनोट प्रतियोगितामा सुनसरीले ५ स्वर्ण पदक पाएको छ ।

छनोट प्रतियोगितामा ६० केजी तौल समूहमा इलामकी अर्चना लिम्बूले स्वर्ण पदक जितेकी छिन् । भोजपुरकी स्मृति प्रधानले रजत पदक र सुनसरीकी सदिक्षा राई तथा संखुवासभाकी लजिता शेर्पाले कास्य पदक हात पारेका छन् ।

६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छिन् । झापाकी दीपाकुमारी गणेशले रजत पदक र सुनसरीकी स्मारिका खवास तथा इलामकी रीता कट्वालले कास्य पदक जितेकी छिन् ।

७० केजी तौल समूहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण, मोरङकी सम्झना राईले रजत र पाँचथरकी मनिषा नेम्वाङ तथा इलामकी मनिता नुगोले कास्य हात पारेका छन् ।

७५ केजी तौलसमूह अन्तर्गतको पुरुष तर्फको प्रतिष्पर्धामा मोरङका अमित लकान्द्रीले स्वर्ण जितेका छन् । झापाका करण राजवंशीले रजत र भोजपुरका लक्ष्मीप्रसाद तामाङ तथा धनकुटाका आशमान राईले कास्य जितेका छन् ।

४५ केजी महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरकी अमिता लिम्बू तथा झापाकी उनिता राईले कास्य पदक जितेका छन् ।

५२ केजी तौल समूहको महिलातर्फको प्रतियोगितामा सुनसरीकी टीका थापा मगरले स्वर्ण, भोजपुरकी सुलाबुङ राईले रजत र उदयपुरकी रेश्मा राई तथा मोरङकी पुष्पाकुमारी चौधरीले कास्य पदक जितेका छन् ।

५६ केजी समूहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण, संखुवासभाकी मातृका कुलुङले रजत र उदयपुरकी एलिना राना मगर तथा झापाकी कन्चन खवासले कास्य जितेका छन् ।

६० केजी तौल समूह पुरुषतर्फको प्रतियोगितामा सुनसरीका रोहित लिम्बूले स्वर्ण पदक जितेका छन् । मोरङका रेहन आजादले रजत र संखुवासभाका सन्देश राई तथा पाँचथरका ऋतु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।

६५ केजी तौल समूहमा भोजपुरका विजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक हात पारेका छन् ।

६० केजी तौल समूहको पुरुष प्रतियोगितामा मोरङका दीपककुमार पासवानले स्वर्ण जितेका छन् । झापाका रोशन गुरुङले रजत र उदयपुरका अर्जुन बिक तथा धनकुटाका आर्मल तेपुङले कास्य पदक पाएका छन् ।

पुरुष ४८ केजी तौल समुहमा संखुवासभाका गणेश लिम्बूले स्वर्ण, मोरङका पारस मरिकले रजत र भोजपुरका श्यामराज राई तथा सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् ।

५६ केजी पुरुषको प्रतिस्पर्धामा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राई तथा झापाका अजित मेचेले कास्य जितेका छन् ।

पुरुष ८० केजी तौल समूहमा मोरङका उपेन्द्र मरिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङले कास्य पदक जितेका छन् ।

८५ केजी तौल समूहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका वीरबल राईले रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा प्रदेश नम्बर १ का ११ जिल्लाका खेलाडी सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक