Connect with us
Advertisement

उसुमा सुनसरीले पायो ५ स्वर्ण

Published

on

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनोट प्रतियोगितामा सुनसरीले ५ स्वर्ण पदक पाएको छ ।

छनोट प्रतियोगितामा ६० केजी तौल समूहमा इलामकी अर्चना लिम्बूले स्वर्ण पदक जितेकी छिन् । भोजपुरकी स्मृति प्रधानले रजत पदक र सुनसरीकी सदिक्षा राई तथा संखुवासभाकी लजिता शेर्पाले कास्य पदक हात पारेका छन् ।

६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छिन् । झापाकी दीपाकुमारी गणेशले रजत पदक र सुनसरीकी स्मारिका खवास तथा इलामकी रीता कट्वालले कास्य पदक जितेकी छिन् ।

७० केजी तौल समूहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण, मोरङकी सम्झना राईले रजत र पाँचथरकी मनिषा नेम्वाङ तथा इलामकी मनिता नुगोले कास्य हात पारेका छन् ।

७५ केजी तौलसमूह अन्तर्गतको पुरुष तर्फको प्रतिष्पर्धामा मोरङका अमित लकान्द्रीले स्वर्ण जितेका छन् । झापाका करण राजवंशीले रजत र भोजपुरका लक्ष्मीप्रसाद तामाङ तथा धनकुटाका आशमान राईले कास्य जितेका छन् ।

४५ केजी महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरकी अमिता लिम्बू तथा झापाकी उनिता राईले कास्य पदक जितेका छन् ।

५२ केजी तौल समूहको महिलातर्फको प्रतियोगितामा सुनसरीकी टीका थापा मगरले स्वर्ण, भोजपुरकी सुलाबुङ राईले रजत र उदयपुरकी रेश्मा राई तथा मोरङकी पुष्पाकुमारी चौधरीले कास्य पदक जितेका छन् ।

५६ केजी समूहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण, संखुवासभाकी मातृका कुलुङले रजत र उदयपुरकी एलिना राना मगर तथा झापाकी कन्चन खवासले कास्य जितेका छन् ।

६० केजी तौल समूह पुरुषतर्फको प्रतियोगितामा सुनसरीका रोहित लिम्बूले स्वर्ण पदक जितेका छन् । मोरङका रेहन आजादले रजत र संखुवासभाका सन्देश राई तथा पाँचथरका ऋतु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।

६५ केजी तौल समूहमा भोजपुरका विजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक हात पारेका छन् ।

६० केजी तौल समूहको पुरुष प्रतियोगितामा मोरङका दीपककुमार पासवानले स्वर्ण जितेका छन् । झापाका रोशन गुरुङले रजत र उदयपुरका अर्जुन बिक तथा धनकुटाका आर्मल तेपुङले कास्य पदक पाएका छन् ।

पुरुष ४८ केजी तौल समुहमा संखुवासभाका गणेश लिम्बूले स्वर्ण, मोरङका पारस मरिकले रजत र भोजपुरका श्यामराज राई तथा सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् ।

५६ केजी पुरुषको प्रतिस्पर्धामा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राई तथा झापाका अजित मेचेले कास्य जितेका छन् ।

पुरुष ८० केजी तौल समूहमा मोरङका उपेन्द्र मरिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङले कास्य पदक जितेका छन् ।

८५ केजी तौल समूहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका वीरबल राईले रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।

प्रतियोगितामा प्रदेश नम्बर १ का ११ जिल्लाका खेलाडी सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक