पर्यटन
तराईका फाँट नियाल्न सकिने रमणीय भाग र ऐतिहासिक पोखरीको धनी लेटाङ
विराटचोकः साबिकका ४ वटा विकट गाविस मिलेर लेटाङ नगरपालिकाको निर्माण भएको छ । यस नगरपालिकामा मोरङको विकट पहाडी भूभाग रहेको हुनाले पर्यटकीय क्षेत्र धेरै रहेका छन् । प्रकृतिले धेरै पर्यटकीय क्षेत्र यहाँ दिएको छ । जाँतेमा रहेको मानवनिर्मित जाँतोबाहेक अधिकांश पर्यटकीय क्षेत्र प्राकृतिक नै रहेका छन् ।

सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको मोरङको लेटाङ नगरपालिकालाई धिमाल जातिको उत्पत्तिस्थल भएको विश्वास गरिन्छ । नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल भाषामा ‘लेटा’ को अर्थ तल झरेको भन्ने हुन्छ । त्यही ‘लेटा’ शब्द अपभ्रंश भई लेटाङ भएको हो भन्ने भनाइ छ । धिमालहरुको उत्पत्ति स्थल र धिमाल राजा बस्ने राजारानी पोखरी पुग्न तल खोंचमा झर्नुपर्ने हुन्छ । त्यस्तै, लेटाङ बजार पनि पहाडबाट तल खोंचमा झरेजस्तै गरी झर्नुपर्ने हुन्छ । यसरी हेर्दा लेटाङको शाब्दिक अर्थ किंवदन्तीसँग मिल्न जाने देखिन्छ ।
लेटाङमा होम स्टेको निर्माण गर्न सके पर्यटकलाई तान्न सजिलो हुने उपप्रमुख कृष्णकुमारी पोखरेल, निरौला बताउँछिन् । उनका अनुसार लेटाङका सबै पर्यटकीय स्थल सुरक्षित नै छन् । कुनै पनि पर्यटकीय स्थल असुरक्षित छैनन् । पर्यटकीय क्षेत्र आसपास आदिवासी जनजातिको बाहुल्यता रहेको हुनाले राम्रो आतिथ्यता पनि पाइन्छ ।

लेटाङका राजारानी ताल, धिमालहरूको उद्गमस्थल राजारानी मन्दिर, वाराही ताल, किसे झरना, कोलुङ झरना मुख्य पर्यटकीय गन्तव्य हुन् । झोलुङ्गे पुलको नगरको रुपमा रहेको लेटाङका झोलुङ्गे पुल र सबैभन्दा ठूलो जाँतो हेर्न पनि आन्तरिक पर्यटक आउँछन् । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने उनी बताउँछिन् ।
उनका अनुसार पर्यटकीय क्षेत्रको विकासको लागि नगरले बाटो निर्माणको कामलाई प्राथमिकता दिएको छ । सवारी साधन जान सक्ने बाटो तथा सवारी जान नसक्ने ठाउँमा सिँढी निर्माण गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको छ । कृषि पर्यटनलाई बढी जोड दिइएको छ । अब बन्ने संरचना पर्यटन क्षेत्रसँग जोडेर बनाउने योजना रहेको पनि उनले बताइन् । बजारको तीनकुने क्षेत्रमा पार्क बनाउने पनि नगरको योजना रहेको छ । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिने उनी बताउँछिन् ।
राजारानी पोखरी नगरको मुख्य पर्यटकीय क्षेत्रमध्येको एक हो । लेटाङ १ मा रहेको राजारानीमा धिमालहरुको मन्दिर छ । प्रत्येक वर्षको बैशाख २ गते झापा, मोरङ र सुनसरीका धिमालहरु भेला भएर त्यहाँ पूजा गर्ने गर्दछन् । राजारानीमा राजा पोखरी, रानी पोखरी र छोरी पोखरी छन् । त्यहाँ ४५ प्रकारका सुनाखरी फुल्छन् ।
लेटाङ– ५ मा रहेको वाराजी मन्दिर पनि धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिरको स्थापनाको बारेमा रोचक किंवदन्ती छ । पहिले एक जना ब्राह्मणको बालीनाली सुँगुरले नष्ट गरेको र सो सुँगुरलाई मार्दा पत्थर भएको भनाइ छ । सो पत्थरलाई लगेर वाराजीको मन्दिर स्थापना गरेको भनाइ छ । सो पत्थर अहिले पनि देख्न सकिन्छ ।

वडा नम्बर १ मा साग्माभन्दा ३ किलोमिटर अगाडि किसे झरना छ । ४० मिटरमाथिबाट सो झरना झरेको छ । साबिक भोगटेनी र सिंहदेवीको बीचमा यो झरना पर्दछ । वडा नम्बर ८ मा कोलुङ झरना, वडा नम्बर ६ मा देउजे झरना पर्दछन् । वडा नम्बर ७ मा नादेब्लुङ झरना रहेको छ । त्यस्तै, वडा नम्बर ९ मा रहेको विशाल जाँतो पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यो क्षेत्र पहिलेको जाँते गाविस हो ।
वडा नम्बर ५ मा रहेको जोरकुपमा रहेका जोर इनारबाट पानी निकालेर बर्खाको समयमा उपभोग गर्ने गरेको पाइन्छ । जोरकुपलाई पनि पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकिन्छ ।
१ हजार ७ सय मिटर उचाइसम्म लेटाङ नगरपालिकाको भूभाग रहेकाले नगरका धेरै स्थानबाट तराईका फाँट हेर्न सकिन्छ । नगरवासीको आर्थिक स्तर उकास्न पर्यटन क्षेत्रलाई प्राथमिकता दिने नगरले निर्णय गरेको छ । त्यसको लागि विभिन्न संस्थासँग सहकार्य गरी विभिन्न माध्यमबाट काम गर्ने र प्रचारप्रसारलाई फैलाउने काममा नगरपालिका अघि बढेको छ ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login