Connect with us
Advertisement

बेलबारी नगरः सिमसारै सिमसार

Published

on

विराटचोकः बेलबारी नगरपालिका सिमसारै सिमसार भएको नगरपालिकाको रुपमा पनि चिनिन्छ । नगरपालिकाले पनि जङ्गलभित्रको नगर र सिमसारको नगरको रुपमा बेलबारीलाई चिनाउन चाहेको छ । बेलबारीमा प्राकृतिक तथा ऐतिहासिक महत्वका धेरै पर्यटकीय स्थल रहेको छन् ।

नगरको शोभाः बेतना
यहाँको मुख्य पर्यटकीय क्षेत्र बेतना सिमसार हो । मुख्य बजारभन्दा लगभग डेढ किलोमिटर पूर्वमा रहेको यो सिमसार पूर्वपश्चिम लोकमार्गमा नै रहेको हुनाले यहाँ सहजै पुग्न सकिन्छ । पहिले बेतको वन रहेको हुनाले त्यसैको आधारमा यसको नाम बेतना राखिएको स्थानीय बताउँछन् ।

मूल फुटेर आएको छ र यहाँ त्यसै पानीबाट पोखरीहरू बनेका छन् । लगभग १५ बिघा क्षेत्रमा फैलिएको सिमसारको दक्षिणी भागमा पहिले कटकबहादुर बस्नेत नामक व्यक्तिले बाँध बाँधी खेतीका लागि पानीको प्रयोग गरेका हुनाले यसलाई कटके बाँध पनि भनिन्थ्यो ।

सिमसार क्षेत्रमा अनेक प्रकारका जडीबुटी, वनस्पति र वन्यजन्तु तथा चराचुरूङ्गीहरू पाइन्छन् । वनस्पति र वन्यजन्तुको अध्ययन गर्नेका लागि पनि यो क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । बेतना पोखरीको उत्तरी भागमा देवीको थान छ । त्यहँ एउटा रूखका फेदमा केही ढुङ्गाहरू राखेर तिनैलाई देवी मानी पूजाआजा गर्ने चलन रहेको पाइन्छ ।

इतिहास बोकेको धनपालगढी
बेलबारीको कसेनीमा रहेको धनपालगढी मध्यकालदेखि नै गढीका रूपमा प्रख्यात रहेको विश्वास गरिन्छ । झण्डै सय वर्ष अघि यहाँको जंगल फाँड्दा ऐतिहासिक राजा धनपालको मूर्ति एउटा रूखको फेदमा भेटिएको स्थानीय बताउँछन् । पछि सो मूर्तिलाई थानका रूपमा राखी टिनको छानो हालेर मन्दिर बनाइयो । त्यसपछि लामो समयसम्म त्यसैलाई मुख्य मन्दिर मानी पूजाआजा गर्ने कार्य भयो ।

राजा धनपाल को थिए भन्ने बारेमा अनेक प्रकारका किंवदन्ती र पाइन्छन् । ऐतिहासिक विवरणहरूका आधारमा धनपाल एकजना स्थानीय रजौटा थिए भनी मानिएको पाइन्छ । यिनको किल्लाको नाम धनपालगढी थियो । धनपालको पतनपछि यिनको किल्ला या गढी जीर्ण हुँदै गयो ।

धनपालगढीमा राजा धनपालको मन्दिरछेउमा नै ससाना थानहरू प्रशस्त छन् । स्थानीय थारू तथा राजवंशीहरूले नयाँ घर बनाउनु परेको खण्डमा पहिले त्यस स्थानमा एउटा सानो थान पनि बनाउने हुनाले त्यहाँ यस्ता थानहरूको संख्या बढिरहन्छ । सामान्यतया पक्की घर वनाउनेले पक्की थान र कच्ची घर बनाउनेले थान पनि कच्ची नै बनाउने चलन छ । धनपालगढीमा राजा धनपालको मन्दिरदेखि करिब २ सय मिटर दक्षिणमा गढीभित्र पस्ने द्वार छेउमा नै बिन्दवासिनीको पक्की मन्दिर निर्माण गरिएको छ ।

अमना सिमसारः बेलबारी चोकदेखि करिब १ किलोमिटर उत्तरमा अमना खोलाको पानी सिँचाईका लागि बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको छ । यो सिमसार अमना सिसौली सामुदायिक वनभित्र पर्दछ । अमना सिमसार क्षेत्रको छेउमा दुर्गा मन्दिर, शिवमन्दिर र तमू गुम्बा रहेका छन् । अमना सिमसारमा देवीदेवताका थानहरु नरहे पनि त्यहाँ नागको पूजाआजा गर्ने गरिन्छ । यहाँ सिमे र भूमेको पनि पूजाआजा हुन्छ ।

सिसौली सिमसारः यो सिमसार बेलबारी चोकदेखि करीब ६ सय मिटर उत्तरमा चारकोशे झाडीमा पर्दछ । सिसौली खोलाको पानी बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको हो । बेतना सिमसारको पानी केही कम भएपछि त्यतातिर पानी लैजान सिसौली खोलामा बाँध बाँध्नाले यो सिमसार बनेको हो । सिसौली एउटा ठूलो पोखरीका रुपमा रहेको देखिन्छ । वि.सं. २०३२ सालमा कीर्तिनिधि विष्टले पनि सिसौली भेगमा बाँध बाँध्ने प्रयास गरेको तर उनी असफल भएको बताइन्छ । यस सिमसारको पानीको स्रोत भने जंगलको बीचमा उम्रिएको जरुवा पानी हो । सिसौली खोलाको पानी लोहोन्द्रा खोलामा मिसिने गर्दछ । सिसौली सिमसारको छेउमा महाराजको थान पनि छ । स्थानीय धिमाल समुदायले मान्ने यस थान क्षेत्रमा जेठ ५ गते सिरुवा मेला लाग्दछ ।

नगरका अन्य सिमसारयुक्त क्षेत्रमा झलझली बाँध, हाँडीदह र भुलभुले पनि हुन् । एउटै सिमसारका दुई भागको रुपमा हाँडीदह र भुलभुले रहेका छन् । यहाँ आसपासका मात्र नभएर केही टाढादेखिका मानिसहरु पनि मकर स्नानका लागि आउँछन् । महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला सिमसार, मखनपोखरी र गयल पोखरी पनि बेलबारीका पर्यटकीय सम्भावना बोकेका सिमसार क्षेत्र हुन् ।

सुकुना वहा सिमसार, धैतीझोरा, थानझोरा, दुदाहा खोला केशलिया र बासीखोलालाई पनि व्यवस्थित गरेर पर्यटक तान्न सकिने स्थानीय बताउँछन् ।

रमिते भ्यु टावरले पनि पर्यटक तान्न सक्ने विश्वास लिइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक