Connect with us
Advertisement

यी हुन् २०७९ सालका दशैं गीतहरू

Published

on

विराटचोकः दशैंलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । आसुरी शक्तिमाथि देवीको जीतका आधारमा यसलाई असत्यको पराजय र सत्यको विजयको रुपमा हेर्ने गरिन्छ ।

मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिने भएकाले यसलाई मान्यजनको आदर गर्ने र सानाको माया गर्ने पर्वका रुपमा लिइन्छ ।

दशैंमा मिठो खाने र राम्रो लगाउने चलन बढी भएकाले यसलाई खानपिन र रमाइलो गर्ने पर्वका रुपमा पनि लिइन्छ ।

पछिल्लो समय घुमघाम गर्ने, भेटघाट गर्ने पर्वका रुपमा पनि दशैंलाई लिन थालिएको छ । धेरै मानिस आफ्नो दैनिकीबाट फुर्सद हुने भएकाले दशैंको अवसर पारी दशैंसँग सम्बन्धित गीत सार्वजनिक गर्ने क्रम पनि पछिल्लो समय बढेको छ ।

यसै क्रममा यस वर्षको दशैंको अवसर पारेर युट्युबमा अपलोड गरिएका र दशैंको टीकाको दिन (१९ असोज २०७९) मा बिहान ६ बजेसम्म सो गीत कति मानिसले हेरे भन्नेसहितको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

आयो दशैं ए परदेशी…
आयो दशैं रमाइलो ला’ छैन,
तिमी आउने खबर नि पा’ छैन ।
परदेशीलाई परदेशमा कस्तो छ ?
आउँछु आउँछु भनेर आएनौ प्यारा, अब त भेट हुन्न जस्तो छ ।

ऋषि खड्का र शान्तिश्री परियारको स्वर रहेको यो गीतमा केकी अधिकारी र सुनिल लामिछानेलगायतको अभिनय रहेको छ । गीतका शब्द सुनिल लामिछानेले लेखेका छन् । ऋषि खड्काले सङ्गीत दिएको सो गीत गोर्खा चौतारी म्युजिकले गीत बजारमा ल्याएको हो । सेप्टेम्बर १३ अर्थात् भदौ २८ गते अपलोड भएको गीत असोज १९ सम्ममा दर्शकले १३ लाख ५३ हजार ५ सय १९ पटक हेरिएको छ ।

दशैं तिहारमा …
दशैं आयो पियारी हेर,
जहाज चढी आउँछु म फर्केर
दशैं तिहारमा,
आमालाई चोली किन्दिएँ, बाबालाई कोट
यसपाली त घर जाने हो रहर रहरमा …।

रामजी खाँण र टीका पुनको स्वरमा बजारमा आएको गीतमा रमा थपलिया, गीता ढुंगाना र प्रशान्त बिष्टलगायतको अभिनय रहेको छ । प्रशान्त बिष्टको शब्द र सङ्गीत रहेको छ ।

सेप्टेम्बर ९ अर्थात् भदौ २४ गते अपलोड भएको गीत असोज १९ सम्ममा ४ लाख ७७ हजार २ सय ९२ जनाले हेरेका छन् ।

आउँदैछु गाउँतिर….
चाडपर्व नजिकिँदा झन् आतुरी ला’ छ
सानु तिम्लाई कति बेला भेटौँ जस्तो भा’ छ
नमाने सानुले पीर, दशैं मान्न आउँदैछु गाउँतिर ।
खुमन अधिकारी र सुनिता बुढा, चीज गुरुङ र दिया नेपालको स्वर रहेको गीतमा विष्णु न्यौपानेको शब्द रहेको छ । खुमन अधिकारीको सङ्गीत रहेको गीत शिवदर्शन फिल्मस्ले बजारमा ल्याएको हो । गीतमा अञ्जली अधिकारी र अभिषेक खड्काले अभिनय गरेका छन् ।

सेप्टेम्बर १४ अर्थात् भदौ २९ गते अपलोड भएको गीतमा असोज १९ गतेसम्ममा ४ लाख ४ हजार ३१ भ्युज पुगेको छ ।

टिकाटालो ……
हाँसिरहने लक्षिनकी छ, न गोरी न काली
सासू पनि ठीक छन् आमा, झनै राम्री साली
ठीक छन् आमा ससुरा, ठीक छन् जेठान सालो
होइ गर्देऊ टिको टालो आमा त्यही केटी मन पर्याे गर्देउ टीको टालो
यही दशैंमा गर्देऊ आमा टीको टालो

पशुपति शर्मा र सम्झना भण्डारीको स्वर तथा दुर्गा पौडेलको निर्देशन रहेको गीतमा पशुपति शर्मा, सम्झना भण्डारी, लक्ष्मी गिरी, सबिता गुरुङ, शेखर घर्ती र करिष्मा ढकालले अभिनय गरेका छन् । शब्द र सङ्गीत पशुपति शर्माको रहेको छ ।

सेप्टेम्बर २२ अर्थात् असोज ६ गते अपलोड भएको गीतले असोज १९ सम्ममा ९ लाख ५८ हजार १ सय ३३ भ्युज पाएको छ ।

पूर्णिमा रातको …
आउँथे प्यारी तरेरै सागर,
भन्यो भने साहुले तँ जा घर,
पूर्णिमा रातको, जून झलमल्ल
पियारी, गाउँमै भए पो
माने झैँ हुन्थ्यो दशैंतिहार बल्ल

विष्णु खत्री र पूर्णकला बीसीको स्वर, भरत खत्रीको शब्द, विष्णु खत्रीको सङ्गीत, प्रथम क्षेत्रीको निर्देशन रहेको गीतमा टुलवीर थापा र दिया जीसीलगायतले गीतमा अभिनय गरेका छन् । असोज १९ सम्ममा सो गीतमा १ लाख ८२ हजार ६ सय ४७ भ्युज पुगेको छ ।

ए प्यारी…
आयो फेरि दशैं र तिहार
प्यारी भन्छिन्, चाँडै आऊ पियार
दशैं तिहारमा….,
ए प्यारी आउन पाइनँ म घरमा, बस्नू है घरधन्दा, बालबच्चा सिहारी

रामजी खाँणले बजारमा ल्याएको गीतमा रामजी खाँण र करिस्मा ढकालको अभिनय रहेको छ ।

सेप्टेम्बर ९ अर्थात् भदौ २४ गते अपलोड भएको गीत असोज १९ सम्ममा १ लाख २४ हजार ३ सय ७ पटक हेरिएको छ ।

फूलमै रानी…..
क्यार्नी हो र यो एक्लो बैंसले
कुन दिन घाँटी रेट्दिन्छु हैंसाले
हो मुग्लानी,
बाँचे त भेट हुम्ला नि

शुभारम्भ डिजिटल म्युजिकमार्फत् शम्भु कुँवरले ल्याएको गीतमा खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीको लय रहेको छ । खेम सेञ्चुरी, विनोद भण्डारी र सारिका केसीको अभिनय रहेको गीतको छायाङ्कन नवराज उप्रेतीले गरेका छन् । असोज १९ सम्ममा गीत ३ लाख ९८ हजार १ सय ८१ पटक हेरिएको छ ।

मेरो परदेशी
मनको माया आशैले थिग्रियो
भाका सार्छौ यो मनै बिग्रियो
कहिले आउँछौ घर,
ए परदेशी, मुग्लानी हो कहिले आउँछौ घर
सुन्ने भो गाउँबेसी ओई चौतारीको वर

मेनुका परियार र अर्जुन भुसालको स्वर, अर्जुन श्रेष्ठको शब्द र श्रीकृष्ण अर्यालको सङ्गीत रहेको गीतको भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराज र क्रितिसाले अभिनय गरेका छन् । गीतले असोज १९ सम्ममा ७० हजार ९ सय ५६ भ्युज बटुलेको छ ।

शिरैभरी जमरा झपक्कै, रातो टीका निधारमा लपक्कै
गाँवैँ झिलिली…., अहिलेको दशैंमा नाचौँ फिलिली….
रामजी खाँणले बजारमा ल्याएको सो गीत अडियोमा मात्रै उपलब्ध छ ।

सेप्टेम्बर ३० अर्थात् असोज १४ गते अपलोड भएको गीतले असोज १९ सम्ममा १४ हजार ३ सय ६ भ्युज पुर्याएको छ ।

दशैंमा धेरै गीत युट्युबमा अपलोड भएका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक