Connect with us
Advertisement

यी हुन् २०७९ सालका दशैं गीतहरू

Published

on

विराटचोकः दशैंलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । आसुरी शक्तिमाथि देवीको जीतका आधारमा यसलाई असत्यको पराजय र सत्यको विजयको रुपमा हेर्ने गरिन्छ ।

मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिने भएकाले यसलाई मान्यजनको आदर गर्ने र सानाको माया गर्ने पर्वका रुपमा लिइन्छ ।

दशैंमा मिठो खाने र राम्रो लगाउने चलन बढी भएकाले यसलाई खानपिन र रमाइलो गर्ने पर्वका रुपमा पनि लिइन्छ ।

पछिल्लो समय घुमघाम गर्ने, भेटघाट गर्ने पर्वका रुपमा पनि दशैंलाई लिन थालिएको छ । धेरै मानिस आफ्नो दैनिकीबाट फुर्सद हुने भएकाले दशैंको अवसर पारी दशैंसँग सम्बन्धित गीत सार्वजनिक गर्ने क्रम पनि पछिल्लो समय बढेको छ ।

यसै क्रममा यस वर्षको दशैंको अवसर पारेर युट्युबमा अपलोड गरिएका र दशैंको टीकाको दिन (१९ असोज २०७९) मा बिहान ६ बजेसम्म सो गीत कति मानिसले हेरे भन्नेसहितको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

आयो दशैं ए परदेशी…
आयो दशैं रमाइलो ला’ छैन,
तिमी आउने खबर नि पा’ छैन ।
परदेशीलाई परदेशमा कस्तो छ ?
आउँछु आउँछु भनेर आएनौ प्यारा, अब त भेट हुन्न जस्तो छ ।

ऋषि खड्का र शान्तिश्री परियारको स्वर रहेको यो गीतमा केकी अधिकारी र सुनिल लामिछानेलगायतको अभिनय रहेको छ । गीतका शब्द सुनिल लामिछानेले लेखेका छन् । ऋषि खड्काले सङ्गीत दिएको सो गीत गोर्खा चौतारी म्युजिकले गीत बजारमा ल्याएको हो । सेप्टेम्बर १३ अर्थात् भदौ २८ गते अपलोड भएको गीत असोज १९ सम्ममा दर्शकले १३ लाख ५३ हजार ५ सय १९ पटक हेरिएको छ ।

दशैं तिहारमा …
दशैं आयो पियारी हेर,
जहाज चढी आउँछु म फर्केर
दशैं तिहारमा,
आमालाई चोली किन्दिएँ, बाबालाई कोट
यसपाली त घर जाने हो रहर रहरमा …।

रामजी खाँण र टीका पुनको स्वरमा बजारमा आएको गीतमा रमा थपलिया, गीता ढुंगाना र प्रशान्त बिष्टलगायतको अभिनय रहेको छ । प्रशान्त बिष्टको शब्द र सङ्गीत रहेको छ ।

सेप्टेम्बर ९ अर्थात् भदौ २४ गते अपलोड भएको गीत असोज १९ सम्ममा ४ लाख ७७ हजार २ सय ९२ जनाले हेरेका छन् ।

आउँदैछु गाउँतिर….
चाडपर्व नजिकिँदा झन् आतुरी ला’ छ
सानु तिम्लाई कति बेला भेटौँ जस्तो भा’ छ
नमाने सानुले पीर, दशैं मान्न आउँदैछु गाउँतिर ।
खुमन अधिकारी र सुनिता बुढा, चीज गुरुङ र दिया नेपालको स्वर रहेको गीतमा विष्णु न्यौपानेको शब्द रहेको छ । खुमन अधिकारीको सङ्गीत रहेको गीत शिवदर्शन फिल्मस्ले बजारमा ल्याएको हो । गीतमा अञ्जली अधिकारी र अभिषेक खड्काले अभिनय गरेका छन् ।

सेप्टेम्बर १४ अर्थात् भदौ २९ गते अपलोड भएको गीतमा असोज १९ गतेसम्ममा ४ लाख ४ हजार ३१ भ्युज पुगेको छ ।

टिकाटालो ……
हाँसिरहने लक्षिनकी छ, न गोरी न काली
सासू पनि ठीक छन् आमा, झनै राम्री साली
ठीक छन् आमा ससुरा, ठीक छन् जेठान सालो
होइ गर्देऊ टिको टालो आमा त्यही केटी मन पर्याे गर्देउ टीको टालो
यही दशैंमा गर्देऊ आमा टीको टालो

पशुपति शर्मा र सम्झना भण्डारीको स्वर तथा दुर्गा पौडेलको निर्देशन रहेको गीतमा पशुपति शर्मा, सम्झना भण्डारी, लक्ष्मी गिरी, सबिता गुरुङ, शेखर घर्ती र करिष्मा ढकालले अभिनय गरेका छन् । शब्द र सङ्गीत पशुपति शर्माको रहेको छ ।

सेप्टेम्बर २२ अर्थात् असोज ६ गते अपलोड भएको गीतले असोज १९ सम्ममा ९ लाख ५८ हजार १ सय ३३ भ्युज पाएको छ ।

पूर्णिमा रातको …
आउँथे प्यारी तरेरै सागर,
भन्यो भने साहुले तँ जा घर,
पूर्णिमा रातको, जून झलमल्ल
पियारी, गाउँमै भए पो
माने झैँ हुन्थ्यो दशैंतिहार बल्ल

विष्णु खत्री र पूर्णकला बीसीको स्वर, भरत खत्रीको शब्द, विष्णु खत्रीको सङ्गीत, प्रथम क्षेत्रीको निर्देशन रहेको गीतमा टुलवीर थापा र दिया जीसीलगायतले गीतमा अभिनय गरेका छन् । असोज १९ सम्ममा सो गीतमा १ लाख ८२ हजार ६ सय ४७ भ्युज पुगेको छ ।

ए प्यारी…
आयो फेरि दशैं र तिहार
प्यारी भन्छिन्, चाँडै आऊ पियार
दशैं तिहारमा….,
ए प्यारी आउन पाइनँ म घरमा, बस्नू है घरधन्दा, बालबच्चा सिहारी

रामजी खाँणले बजारमा ल्याएको गीतमा रामजी खाँण र करिस्मा ढकालको अभिनय रहेको छ ।

सेप्टेम्बर ९ अर्थात् भदौ २४ गते अपलोड भएको गीत असोज १९ सम्ममा १ लाख २४ हजार ३ सय ७ पटक हेरिएको छ ।

फूलमै रानी…..
क्यार्नी हो र यो एक्लो बैंसले
कुन दिन घाँटी रेट्दिन्छु हैंसाले
हो मुग्लानी,
बाँचे त भेट हुम्ला नि

शुभारम्भ डिजिटल म्युजिकमार्फत् शम्भु कुँवरले ल्याएको गीतमा खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेञ्चुरीको लय रहेको छ । खेम सेञ्चुरी, विनोद भण्डारी र सारिका केसीको अभिनय रहेको गीतको छायाङ्कन नवराज उप्रेतीले गरेका छन् । असोज १९ सम्ममा गीत ३ लाख ९८ हजार १ सय ८१ पटक हेरिएको छ ।

मेरो परदेशी
मनको माया आशैले थिग्रियो
भाका सार्छौ यो मनै बिग्रियो
कहिले आउँछौ घर,
ए परदेशी, मुग्लानी हो कहिले आउँछौ घर
सुन्ने भो गाउँबेसी ओई चौतारीको वर

मेनुका परियार र अर्जुन भुसालको स्वर, अर्जुन श्रेष्ठको शब्द र श्रीकृष्ण अर्यालको सङ्गीत रहेको गीतको भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराज र क्रितिसाले अभिनय गरेका छन् । गीतले असोज १९ सम्ममा ७० हजार ९ सय ५६ भ्युज बटुलेको छ ।

शिरैभरी जमरा झपक्कै, रातो टीका निधारमा लपक्कै
गाँवैँ झिलिली…., अहिलेको दशैंमा नाचौँ फिलिली….
रामजी खाँणले बजारमा ल्याएको सो गीत अडियोमा मात्रै उपलब्ध छ ।

सेप्टेम्बर ३० अर्थात् असोज १४ गते अपलोड भएको गीतले असोज १९ सम्ममा १४ हजार ३ सय ६ भ्युज पुर्याएको छ ।

दशैंमा धेरै गीत युट्युबमा अपलोड भएका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक