विचार
लेगुवा झरना हुँदै अरुणको तीरैतीरै
सुरज कोइराला
पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन् । यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन् । जीवनको शुरुवातदेखि नै तराई बसेकाको लागि यहाँका दृश्य हरेक दिन अलौकिक हुन्छन् ।
जीवन जिउने कार्यमा पेशाको सिलसिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबास भइरहेको छ । करिब दुई वर्षको बसाइ यस जिल्लामा रहने निश्चित जस्तै नै रहेको छ । यही अवसरमा केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो ।
यात्राको सुनिश्चितता भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सरसामान तयार गरियो । भोलिपल्ट बिहान ७ बजे सबैजना आ—आफ्नो झोला बोकी गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गरियो ।
तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरु जिल्ला जस्तो कहाँ सहज छ र ! यहाँका सडक असार साउनमा धान रोप्न ठिक्क पारे जस्तो हिलाम्मे छन् । म्याङलुङदेखि जिरीखिम्तीसम्मको करिब १० किमीको दूरी पार गर्न हम्मेहम्मे नै प¥यो । जिरीखिम्ती बजारदेखि बसन्तपुरसम्म चाहिँ सडक कालोपत्रे भएको रहेछ । यहाँको दृश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल वसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम एकछिनलाई विश्राम लिइयो ।
यहाँ हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामिनसक्नु हुन्छ । एकछिनको चिया खाजापछि वसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लागियो ।
वसन्तपुर बजारभन्दा अलि अघि गएपछि उतरतर्फबाट उन्नति नामक आयोजनाले निर्माण गरेको सडकको ट्रयाकबाट लेगुवातर्फ लागियो । बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिचोल्दै करिब डेढ घण्टाको कच्ची बाटोको यात्रा तय गरियो । स्थानीय तथा पथप्रदर्शक मित्रको घरमा गाडी रोकी त्यहाँबाट पैदल लेगुवा झरनातर्फ लागियो । यस स्थानको स्थानीय बासिन्दा भएको कारण उक्त झरनाको बारेमा जानकारी लिँंदै बाटोमा भएका हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ अघि बढिरह्यौं ।
गुमनाम जस्तै रहेको यो झरनामा आजकल फाट्टफुट्ट व्यक्तिहरू अवलोकन गर्न आउने रहेछन् । हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमी आएको रहेछ । झरनाको बारेमा जानकारी लिँंदै करिब एक घण्टाको उकालीओरालीपछि झरना स्थल आइपुगियो ।
थकित मुद्रामा पुगेका सबै जनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो । अप्ठ्यारो ठाउँ भएकाले झरनाको मुनि नै पुग्न नसकिए पनि सिँचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो ।
यात्राका गन्तव्य अरु स्थान पनि भएकाले झरनासँग त्यहीं बिदा मागी पुनः स्थानीय पथप्रदर्शक सँगै उहाँको घरमा बिहानको खाना खाएर उहाँको आतिथ्यताको हार्दिक आभार प्रकट गर्दै त्यहाँबाट बिदा भइयो । वसन्तपुरदेखि आएको बाटो जस्तै करिब अरु १ घण्टाको उस्तै यात्रा गरी लेगुवाघाट पुगियो । लेगुवा घाट जहाँबाट धनकुटा, भोजपुर र संखुवासभा तीन जिल्ला जाने बाटो छुट्टिन्छ । प्रदेशका प्रभावशाली व्यक्तिहरूको जिल्ला भएको कारणले पनि त्यहाँको बाटो कालोपत्रे भएको रहेछ । लेगुवा घाटको उत्तरतर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गरेपछि त्यहाँको खोलाको ताजा माछा खाने विचार गरियो । एउटा पसलमा गएर गाडी रोकियो ।
त्यहाँ साँच्चिकै स्थानीय माछा पाइने रहेछ । माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो ।
केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं । हाम्रो यात्राको उद्देश्य अलिक पर रहेकाले तुम्लिङटार बजार नघुमी सीधै गन्तव्यतर्फ अघि बढियो । बजारबाट करिब ३ किमी जति पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो । तर दिउँसो माछा मासु सेवन गरेका कारण भोलिपल्ट बिहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदीको किनारै किनार अघि बढियो ।
अरुण नदीले वारी संखुवासभा र पारी भोजपुर छुट्याएको रहेछ । हाम्रो गन्तव्यस्थल खोला पारी भोजपुर जिल्लामा अवस्थित रहेको र पारी जान झोलुङ्गे पुल मात्र भएकाले गाडीलाई वारी नै राखी नदीलाई नमन गर्दै पारी रहेको मकालु इको रिसोर्टतर्फ लागियो । यात्राको निर्णयसँगै अघिल्लो दिन नै कोठा बुक गरेकाले बास नपाइने हो कि भन्ने चिन्ताबाट मुक्त भइएको थियो ।
दिनभरि यात्राबाट भएको थकानसँगै झोला कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भइयो । कलकल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाउँ वास्तवमै अति सुन्दर थियो । प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा शहरी सुविधायुक्त रिसोर्टको बसाइ अविश्वसनीय थियो ।
केही समय अरुण नदीसँगै किनारमा सुस्ताएर फेरि रिसोर्टभित्र नै रमाइलो गर्ने निर्णय भयो । दिउँसो सभा खोलाको माछाको तृप्ति नभए पनि पेटले खाजाको माग गरेसँगै स्वीमिङ पुलको मज्जा लिँदै खाजा खानेतर्फ लागियो ।
केहीबेर स्वीमिङ पुलमा रमाइयो । रातिको खाना खाएर आ–आफ्नो कोठामा गई आराम गरियो । पहाडको चिसो वातावरणबाट विश्राम लिई न्यानो तथा तराईको कोलाहलबाट शान्त र हरियालीको आनन्द लिन दुवै क्षेत्रका लागि उपयुक्त स्थान भएको ठम्याई साथ भोलिको यात्राका लागि आज थकाइ मार्न ओछ्यानमा पल्टियौं ।
बिहानीको समयमा तातो चियाको चुस्कीसँगै नयाँ यात्रा शुरुवात गरियो । हिजो गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो । न्यानो सत्कार साथै प्रकृतिको सुन्दरतालाई नियाल्ने मौका दिएकोमा रिसोर्टलाई धन्यवाद दिँंदै पुनः आउने वाचा गरी अरुण नदीलाई फेरि पनि नमन गरी मनकामनातर्फ अघि बढियो ।
किंवदन्ती अनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान मानिन्छ । उक्त स्थानलाई सतीघाट समेत भनिन्छ । यहाँ हरकोहीले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात रहेको छ । केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ अघि बढाइयो ।
करिब १२ किलोमिटरको यात्रापछि बजार क्षेत्र प्रवेश गरियो । लसुन प्याज तथा छाते सक्खरको लागि खाँदबारी बजार प्रसिद्ध रहेछ । संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकोले हाट हेर्ने अवसर समेत प्राप्त भयो । कोसेली स्वरूप छाते सख्खर खरिद गरी बिहानी खाना खाई यात्रालाई म्याङलुङतर्फ मोडियो ।
हामीसँग दुईवटा विकल्प थियो, पुनः त्यही बाटो फर्किने वा नयाँ रुट प्रयोग गर्ने । सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि लागियो । नयाँ बाटो प्रयोग गर्दा यात्राको दूरी पनि केही कम रहेछ । दूरी कम हुनासाथ बाटोको उचाइ भने निकै उकालियो । धनकुटाको चानुवा हुँदै डाँडागाउँ करिब ९ किलोमिटर जति ठाडो उकालो लागेपछि बाटो केही समथर भयो । कालोपत्रे चाहिँ समाप्त भई बिग्रिएको ट्रयाकमा फेला परियो ।
लगभग पौने घण्टाको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुगियो र त्यहाँ रहेको यलम्बर पार्क घुम्न गाडी रोकियो । बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका बासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो । एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गन्तव्यतर्फ लागियो ।
अघिल्लो दिनको यात्राको शुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुणको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिंँदै बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आई पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोटसहित विश्राम गरियो ।
(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन तेह्रथुममा अधिकृत स्तर छैटौं तहमा कार्यरत छन्।) – अनलाइन खबरबाट
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login