अर्थ
सहकारीको नेतृत्वमा वर्षाैँदेखि एउटै अनुहार, खोटपूर्ण साधारण सभा र उदासीन शेयर सदस्य
सुधा देवकोटा
सहकारी संस्थाहरूको नेतृत्व दुई चार जना व्यक्तिहरूमा नै सीमित हुने गरेको देखिन्छ । सहकारी संस्थाको सञ्चालक समितिमा वर्षौदेखि एउटै समूहका व्यक्तिहरू हाबी हुने गरेको आरोप लाग्ने गरेको छ ।
सहकारी संस्थाका प्रारम्भिक संस्था, विषयगत संघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी बैंकदेखि सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय महासंघसम्म तिनै व्यक्तिहरूको प्रतिनिधित्व हुने गरेको छ ।
सहकारीमा एउटै व्यक्ति एक भन्दा बढी संघ संस्थाहरूमा सञ्चालकको भूमिकामा हुन नहुने कानूनी व्यवस्था छ । कानुन विपरीत पटकपटक उही व्यक्ति उच्च तहमा प्रतिनिधित्व गर्दै छनोट हुने गरेको पाइन्छ ।
यस्तो बेथितिको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल भने बचाउ गर्छन् । उनी भन्छन्, ‘सञ्चालक छनोट प्रक्रिया सहकारी संघ संस्थाको विशेषता अनुसार हुने गर्छ ।’ सहकारी संस्थाको बारेमा राम्रो जानकार र संस्थाको लाभदायी हुने गरी काम गरेका कारण एकै व्यक्ति पटक पटक संस्थाका सदस्यको छनोटमा परेको उनको भनाइ रहेको छ । अधिकांश शेयर सदस्यले व्यक्तिगत कारण देखाएर समय दिन नसक्ने र केहीले संस्थामा काम गर्न अनिच्छा देखाउने जस्ता समस्याले एकै अनुहारले पटकपटक सहकारीको प्रतिनिधित्व गर्नुपर्ने अवस्था आएको कँडेलको प्रष्टोक्ति छ ।
धेरैमा यस्ता समस्या रहे पनि सबै सहकारीमा छ भन्ने होइन । कतिपय सहकारी संस्थाहरूमा नेतृत्व परिवर्तन भएको पनि देखिन्छ । यसरी आएका फ्रेस जनशक्तिहरूमा सहकारी संघ संस्था सञ्चालनसम्बन्धी पर्याप्त क्षमता र दक्षता नभएकाले संस्थागत विकास र सुशासनको लागि नगन्य योगदान रहने गरेको गुनासो आउने गरेको छ ।
हिँडडुल गर्न र उमेरले साथ दिएसम्म आफैँतथा नसके पुस्तान्तरण गर्ने र निजी कम्पनी जस्तै परिवारका सदस्यहरूबीचमा नेतृत्व र उच्च व्यवस्थापनमा एकै व्यक्ति वा समूह नै घुमिरहने गरेको आरोप सहकारीका सञ्चालकमा लाग्ने गरेको छ ।
सहकारीको सदस्यहरूको उपस्थितिमा हुने साधारणसभाको निर्णय सर्वस्वीकार्य हुन्छ । सहकारीको वार्षिक साधारणसभा र सञ्चालकको छनोट प्रक्रियामा सम्बन्धित संस्थाका सदस्यहरूको सहभागिता अर्थपूर्ण रहने सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।
साधारणसभा नै खोटपूर्ण
सहकारी संस्थाहरू लोकतान्त्रिक विधिबाट सञ्चालन हुनपर्नेमा सहकारी ऐनले जोड दिएको छ । लोकतान्त्रिक विधिबाट जाँदा सदस्यहरूको बहुमत भोट वा सर्वसहमतिमा संघ संस्थाका सञ्चालकको छनोट हुनुपर्छ । यदि सदस्यहरूले एउटै समूहको नेतृत्वलाई स्वीकार गर्छ भने विभागले त्यसमा कुनै हस्तक्षेप गर्न सक्दैन । ‘सञ्चालक समितिमा कस्ता व्यक्तिहरूले प्राथमिकता पाएका छन् भन्ने बारेमा संस्थाका सदस्यहरू पनि सचेत हुन जरुरी हुन्छ’, उपाध्यायले भने ।
सहकारी संघ संस्थाहरूले वार्षिक साधारण सभा नियममा रहेर गर्नुपर्ने उपाध्यायले बताए । केही सहकारी संस्थाहरूले साधारण सभामा उपस्थित भएका सदस्यभन्दा बढी उपस्थिति देखाएर बढी खर्च देखाउने विकृति बढेको छ । जसका कारण सहकारी संघ संस्थाका सदस्यलाई लाभांश वितरण गर्न अपुग भएको छ । साधारणसभाबाट हुने यस्ता विकृतिहरू हटाउन विभागले काम गर्दै गरेको उपाध्यायले जानकारी गराए ।
सहकारी संस्थाको वार्षिक साधारण सभामा गणपुरक सङ्ख्या हुन र आवश्यक निणर्यहरू गर्न बहुमत सदस्यहरू सहभागी हुनुपर्ने नीतिगत व्यवस्था छ । सामान्यतः, सहकारी संस्थाहरू स्वनियमनमा सञ्चालित हुने भए तापनि नेतृत्व चयनमा अनावश्यक राजनीतिकरण हुने गरेको छ ।
सहकारी संस्था सदस्यहरू मार्फत् नै सञ्चालन हुन्छ । सदस्यहरू मार्फत् सञ्चालित हुने भएका कारणले गर्दा पनि सहकारीलाई स्वायत्त संस्थाको रुपमा मानिएको हो । यसले गर्दा सहकारीको नेतृत्व छनोटमा सदस्यहरूको अहम् भूमिका हुन्छ । तर सहकारीका सदस्यहरू संस्थाको सञ्चालक र व्यवस्थापकीय पक्षप्रति गम्भीर नहुँदा योग्य नेतृत्व छनोट हुन सक्दैन । साधारणसभामा नेतृत्व परिवर्तन गर्ने अवस्थामा अधिकांश सदस्यहरू भत्ता र खाना खाजामा अल्मलिने गरेको सहकारीकर्मीहरूको भनाइ छ ।
उदासीन शेयर सदस्य
संस्थाको हरेक गतिविधिहरू सदस्यहरूको संलग्नतामा हुनुपर्ने हुन्छ । सञ्चालकको मनोमानी प्रवृत्ति र सदस्यहरूले संस्थाप्रति देखाएको निस्क्रियताले सहकारीहरू समस्यामा आउने गरेका छन् । सहकारी संघ संस्थामा समस्या आउन नदिन र आएका समस्यालाई अवसरको रुपमा उपयोग गर्दै समाधान गर्न सदस्यहको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना सदस्यहरूको क्षमता वृद्धि विकासका लागि आवश्यक शिक्षा तालिमहरूको आयोजना विरलै हुने गरेको छ । आयोजित तालिम कार्यक्रहरूमा पनि सदस्यहरूको सहभागिता, चासो अत्यन्त न्यून हुने गरेको स्वयं सहकारीकर्मीहरू बताउँछन् ।
सहकारी संस्थामा सदस्यहरू बचत गर्ने र ऋण लिने मात्र नभई आफूहरूले चयन गरी पठाएको सञ्चालक समिति र व्यवस्थापनले पारदर्शी भएर के कस्ता काम गरेको छ ? आगामी कार्ययोजनाको विषयमा छलफल गरी सुझाव दिनुपर्ने वार्षिक साधारण सभामा सदस्यहरूको सहभागिता तथा चासो अत्यान्त न्यून रहेको छ । त्यसैले पनि सहकारी संघ संस्थाको सञ्चालक समितिमा वर्षौसम्म एउटै व्यक्तिको हालीमुहाली हुने गरेको छ ।
सदस्यले आफूले मतदान मार्फत् चुनेर पठाएको व्यक्तिको राम्रो नराम्रो गतिविधिलाई नियाल्दै समयसमयमा खबरदारी गर्न जरुरी हुन्छ । संस्थाले समयमा वार्षिक साधारण सभा गरेको छ वा छैन ? वार्षिक प्रगति कस्तो छ ? संस्थाको खर्च तथा आम्दानीको अवस्था कस्तो छ ? आगामी वर्षका कार्ययोजना कस्ता छन् भन्ने बारेमा सदस्य जानकार हुनुपर्छ ।
सरकारले सहकारी क्षेत्रलाई अर्थतन्त्रको बलियो आधारको रुपमा स्थापित गरेको छ । तर संस्थाका सञ्चालक र सदस्यहरूमा तारतम्य नमिल्दा सहकारी क्षेत्र नै बदनाम हुने गरेको छ । केही सीमित व्यक्तिको हालीमुहाली र कमजोर कार्य शैलीका कारण सहकारी क्षेत्रले सोचे जस्तो प्रगति गर्न सकेको छैन ।
सहकारीको छविलाई नै धमिलो बनाउने क्रियाकलापलाई रोक्न जरुरी छ । यस क्षेत्रलाई चुस्त बनाउन नयाँ सोच, समय अनुसारको प्रविधिमैत्री हुनेगरी संघ संस्था सञ्चालनको लागि नेतृत्व परिवर्तन हुन अत्यावश्यक छ । संविधानले अर्थतन्त्रको एक खम्बाको रुपमा स्वीकार गरेको सहकारी संस्था नेतृत्व गर्ने व्यक्तिहरूको चयन प्रक्रियामा पारदर्शी हुनुपर्छ । – मेरो लगानी डट कमबाट
Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login