लुम्बिनी प्रदेश
रुपन्देही २ मा तीन जनाको उम्मेद्वारी खारेज, एमालेका विष्णु पौडेललाई सहज
बुटवलः निर्वाचन आयोगका अनुसार रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेद्वारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेद्वारी खारेज भएको छ ।
उम्मेद्वारी खारेज हुनेमा नेकपा एकीकृत समाजवादीका राजु गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेद्वार हिमाल बस्यालको उम्मेद्वारी खारेज भएको हो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनै जनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।
उम्मेद्वार गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतम बुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने रकम नतिरेको पाइएको छ । उनले २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचीमा राखेको थियो ।
भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।
३ जनाको उम्मेद्वारी खारेज भएपछि त्यसको सबैभन्दा बढी फाइदा एमालेबाट उम्मेद्वार रहेका विष्णु पौडेललाई पुग्ने अनुमान गरिएको छ ।

Facebook Comment
Banner
आजदेखि फेरि हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना
हिजो सफा रहेको मौसम आजदेखि फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरु, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरु तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुनको योबेला दिउँसोपछि हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । भोलि र पर्सि पनि धेरै ठाउँमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
जलवायुविज्ञ उज्जवल उपाध्यायले भोलि बेलुकीदेखि पर्सि बिहानसम्म पहाडीमार्गमा यात्रा नगर्न, पूर्वाधार निर्माण तथा उच्चहिमाली भूभागमा पदयात्रा स्थगन गर्न सुझाव दिनुभएको छ ।
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
समानुपातिक सांसदहरुले विहीबार प्रमाणपत्र पाउने, सपथ चैत १२ मा हुने
प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाहरुले भोलि बिहीबार निर्वाचन आयोगमामार्फत प्रमाणपत्र पाउने भएका छन् । आयोगले बिहीबार समानुपातिकतर्फका कुल ११० सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि आगामी चैत्र १२ गते सपथको तयारी गरिएको हो । त्यसपछि मात्र सरकार गठन हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login