Connect with us
Advertisement

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर आज चुनाव चिह्न प्रदान गरिने

Published

on

विराटचोकः आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेद्वारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ । आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाचन चिह्न दिइने भएको छ ।

आइतबार मनोनयन दर्ता गराएका उम्मेद्वारमाथि दाबी विरोध गर्ने र त्यसको निरुपण गर्ने काम आयोगले सकेको छ । आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि स्ट्रेट अफ होर्मुजमा आक्रमण

Published

on

विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ ।

थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

Continue Reading

Banner

च्याम्पियन्स लिग : रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे

Published

on

युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोडोग्ल्म्टि विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा मड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले हरायो । मड्रिडका लागि फेडेरिको भाल्भेर्डेले ह्याट्रिक गरे । यो जीतसँगै मड्रिड ८ खेलमा १५ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । सिटी ८ खेलमा १६ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५–२ गोलले हरायो । पीएसजीका खभिचा क्वारत्स्खेलियाले २ तथा ब्राडली बारकोला, ओउसमान डेम्बेले र भितिन्हाले १/१ गोल गरे । चेल्सीका मालो गुस्तो र इनजो फर्नान्डेजले गोल गरे । यो जीतसँगै पीएसजी ८ खेलमा १४ अङ्कसहित तालिकाको ११औँ स्थानमा छ । चेल्सी ८ खेलमा १६ अङ्कसहित छैटौँ स्थानमा छ ।

यस्तै घरेलु मैदानमा भएको खेलमा बोडोग्ल्म्टिले स्पोर्टिङलाई ३–० गोलले हरायो । बोडोग्ल्म्टिका सोन्ड्रे ब्रुनस्ट्याड, ओले डिड्रिक ब्लुमबर्ग र कास्पेर होगले गोल गरे । यो जीतसँगै बोडोग्ल्म्टि ८ खेलमा ९ अङ्कसहित तालिकाको २३औँ स्थानमा छ । स्पोर्टिङ ८ खेलमा १६ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली लेभेरकुसेन र आर्सनलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । लेभेरकुसेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हाभेर्ट्जले गोल गरे । यो बराबरीसँगै आर्सनल ८ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लेभेरकुसेन ८ खेलमा १२ अङ्कसहित १६औँ स्थानमा छ ।

च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न म्युनिख २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।

Continue Reading

Banner

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण सुनुवाइमा पठायो

Published

on

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले चैत १ गते पेसी तोक्न आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा महान्यायाधिवक्ताको निर्णयलाई प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा दफा ३६ को आधारमा अभियोग संशोधन गर्नु कानूनको कपटपूर्ण प्रयोग भएको रिटको दाबी छ ।

यस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने रिटमा उल्लेख छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक