Connect with us
Advertisement

‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’ – दुलाल

Published

on

तेह्रथुम वि.सं. २०४१ साल कात्तिक २० गते मदन भण्डारी आउने अरे भन्ने थाहा पाएपछि भाषण सुन्न गएका किशोरचन्द्र दुलाललाई त्यो दिनदेखि नै एमालेको विचारले तान्यो, उनी बिस्तारै एमालेको राजनीतिमा सक्रिय भएर लागे । प्रधानाध्यापकको रुपमा जागिर खाँदै गरेका उनले पेन्सन हुन डेढ वर्ष नै बाँकी हुँदा राजीनामा दिएर राजनीतिक यात्रा अघि बढाए ।

उनी त्यो निर्णय सम्झँदै आज भन्छन्, ‘त्यतिबेला मेरो निर्णय सही लागेको थियो तर मलाई धेरैले गल्ती गरिस् भने । मैले जे गरें मलाई त्यसमा दुःख लागेको छैन ।’ उनले भइरहेको जागिर छोडेर राजनीतिमा आएपछि केही सामान्य समस्या भएको पनि जनाएका छन् ।

२०५१ सालमा पार्टी जिल्ला सचिव भएका दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति भएका थिए । उनले झण्डै ४० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए । उनले २०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भए ।

कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् । मदन भण्डारीको भाषण सुनेर एमाले भएका उनै किशोरचन्द्र दुलाल तेह्रथुमको ‘क’ प्रदेशबाट नेकपा एमालेको उम्मेद्वार भएका छन् । पार्टीको प्रदेश कमिटीका सदस्य दुलालले आगामी निर्वाचनमा प्रदेशका मतदाताले जिताउने अपेक्षा गरेका छन् । ‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’, उनले भने ‘मैले अहिलेसम्म राजनीतिसँगै समाजसेवा पनि गरें, मेरो योगदानको कदर होला भन्नेमा ढुक्क छु ।’

पछिल्लो समयमा राजनीतिक दल र नेताहरुप्रति हुने गरेका आलोचनाले उनको मन पनि छोएको छ तर राजनीतिलाई एउटा उदाहरण बनाउन चाहन्छन् । उनी एमालेको गत मंसिरमा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा थिए । निर्वाचनको प्रक्रियामा नगएपछि उनी पछि हटे । ‘मनोनित केन्द्रीय सदस्य लिने मन भएन, म महाधिवेशनबाटै आउने सोचमा थिँए’, उनी भन्छन्, ‘पार्टीले मलाई दिएको जिम्मेवारी आफ्नो ठाउँमा बसेर पूरा गरेको छु, भोलिका दिनमा जनताको पनि जिम्मेवारी थपिने छ ।’ उनले जिल्लामा पार्टीको सङ्गठन राम्रो रहेकाले निर्वाचन जित्ने बताएका छन् । ‘म पार्टीभित्र त्याग र तपस्याको एउटा उदाहरण नै हुँ’, उनले भने ‘म उम्मेदवार भएपछि अन्य पार्टीकाले पनि बधाई र शुभकामना दिएका छन् । आगामी दिनमा जिल्लाको समग्र विकासका लागि योगदान दिनेछु ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक