Connect with us
Advertisement

‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’ – दुलाल

Published

on

तेह्रथुम वि.सं. २०४१ साल कात्तिक २० गते मदन भण्डारी आउने अरे भन्ने थाहा पाएपछि भाषण सुन्न गएका किशोरचन्द्र दुलाललाई त्यो दिनदेखि नै एमालेको विचारले तान्यो, उनी बिस्तारै एमालेको राजनीतिमा सक्रिय भएर लागे । प्रधानाध्यापकको रुपमा जागिर खाँदै गरेका उनले पेन्सन हुन डेढ वर्ष नै बाँकी हुँदा राजीनामा दिएर राजनीतिक यात्रा अघि बढाए ।

उनी त्यो निर्णय सम्झँदै आज भन्छन्, ‘त्यतिबेला मेरो निर्णय सही लागेको थियो तर मलाई धेरैले गल्ती गरिस् भने । मैले जे गरें मलाई त्यसमा दुःख लागेको छैन ।’ उनले भइरहेको जागिर छोडेर राजनीतिमा आएपछि केही सामान्य समस्या भएको पनि जनाएका छन् ।

२०५१ सालमा पार्टी जिल्ला सचिव भएका दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति भएका थिए । उनले झण्डै ४० वर्ष कम्युनिष्टकै राजनीतिमा समय बिताएका छन् । राजनीतिलाई समाजसेवाका रुपमा लिने गरेका उनले २०४६ सालको जनआन्दोलनमा पनि जिल्लाको नेतृत्व गरेका थिए । उनले २०५१ देखि २०५४ सम्म जिल्लाको पार्टी प्रमुख भएर नेतृत्व लिए । बुटवलमा २०६५ सालमा भएको आठौं महाधिवेशनमा बाहेक २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट निरन्तर प्रतिनिधि बन्दै आएका उनी २०७१ असार २९ देखि साउन १ सम्म भएको एमालेको महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्यमा पराजित भए ।

कोशी अञ्चल कमिटीको सदस्य, पार्टी स्कुल विभागको सदस्यसमेत रहिसकेका उनी अहिले १ नम्बर प्रदेश कमिटी सदस्य हुन् । मदन भण्डारीको भाषण सुनेर एमाले भएका उनै किशोरचन्द्र दुलाल तेह्रथुमको ‘क’ प्रदेशबाट नेकपा एमालेको उम्मेद्वार भएका छन् । पार्टीको प्रदेश कमिटीका सदस्य दुलालले आगामी निर्वाचनमा प्रदेशका मतदाताले जिताउने अपेक्षा गरेका छन् । ‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’, उनले भने ‘मैले अहिलेसम्म राजनीतिसँगै समाजसेवा पनि गरें, मेरो योगदानको कदर होला भन्नेमा ढुक्क छु ।’

पछिल्लो समयमा राजनीतिक दल र नेताहरुप्रति हुने गरेका आलोचनाले उनको मन पनि छोएको छ तर राजनीतिलाई एउटा उदाहरण बनाउन चाहन्छन् । उनी एमालेको गत मंसिरमा सम्पन्न १० औं महाधिवेशन केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा थिए । निर्वाचनको प्रक्रियामा नगएपछि उनी पछि हटे । ‘मनोनित केन्द्रीय सदस्य लिने मन भएन, म महाधिवेशनबाटै आउने सोचमा थिँए’, उनी भन्छन्, ‘पार्टीले मलाई दिएको जिम्मेवारी आफ्नो ठाउँमा बसेर पूरा गरेको छु, भोलिका दिनमा जनताको पनि जिम्मेवारी थपिने छ ।’ उनले जिल्लामा पार्टीको सङ्गठन राम्रो रहेकाले निर्वाचन जित्ने बताएका छन् । ‘म पार्टीभित्र त्याग र तपस्याको एउटा उदाहरण नै हुँ’, उनले भने ‘म उम्मेदवार भएपछि अन्य पार्टीकाले पनि बधाई र शुभकामना दिएका छन् । आगामी दिनमा जिल्लाको समग्र विकासका लागि योगदान दिनेछु ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक