कोशी प्रदेश
खिचातानीले गर्दा अलपत्र हुँदै बाघझोडा सिमसार
विराटचोकः चारकोशे जङ्गलको छेउमा रहेको बाघझोडा सिमसार ७ बिघा ५ कठ्ठा १२ धुर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ बाह्रै मास पानी हुन्छ । त्यहाँको जलाशयलाई सदुपयोग गर्दै स्थानीय समुदायको आर्थिक स्तर उकास्न सकिने उपाय हुँदाहुँदै पनि बाघझोडा संरक्षण समितिको अहमताले गर्दा ओझेलमा परेको छ ।

सो सिमसार संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ भने स्थानीय सरकारलाई ढोग्दै नजाने बताउँछन् । गुरुङ तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य समेत भइसकेका व्यक्ति हुन् । गुरुङले निष्पक्ष खबरसँगको कुराकानीमा भने, ‘बाघझोडाका विषयमा स्थानीय सरकार जानकार भएकाले कुनै योजना माग गरिएको छैन ।
संरक्षण समितिले प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ, राष्ट्रपति चुरेभावर संरक्षणले विनियोजन गरेको १५ लाख रुपैयाँ, साझेदारी वनले दिएको ५ लाख गरी ४० लाख रुपैयाँले करीब १ करोड रुपैयाँबराबरको काम गरेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गमा रहेको खोर्साने चोकदेखि १ किलोमिटर उत्तरमा रहेको सिमसारका लागि स्थानीय सरकारसँग बजेट विनियोजन गर्न मौखिक रूपमा माग गरिएको गुरुङले बताए ।
समिति र साझेदारीको विवाद
यता, केराबारी लोहन्द्रा साझेदारी वनले आफूले समितिको खातामा ५ लाख रुपैयाँको चेक काटेको वर्ष दिन बितिसक्दा समेत कुनै बिल भरपाई नआएको र चिठी पठाउन बाध्य भएको बताएको छ । समितिले पुन ५० लाख रुपैयाँ रकम माग गरेको र पुरानो निकासा भएको रकमको पनि बिल नदिएकाले बेरुजु गर्ने बताएको छ ।

समितिका अध्यक्ष गुरुङ भने बिलभरपाइका बारेमा सोध्दा अनौठो जवाफ दिन्छन् । आफ्नो व्यक्तिगत रकमसमेत समितिमा खर्च गरेकाले कुनै बिल भरपाई देखाउनु नपर्ने बताउँदै उनले साझेदारी वनले १० लाख दिने भनी झुक्याएकाले पुनः ५ लाख आएपछि मात्र बिल भरपाई पेश गर्ने जवाफ गुरुङले दिए ।
यो सिमसार क्षेत्र मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा पर्छ । सिमसारको पानीले सयौँ बिघा जमिनमा खेती हुने गरेको छ । मनोरञ्जन स्थल, फनपार्क, पिकनिक स्पट, विभिन्न प्रजातिका रुख यो सिमसार क्षेत्रमा रहेका छन् ।
स्थानीय सरकारको भनाइ
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बाघझोडा सिमसार क्षेत्र मोरङ जिल्लाकै पुरानो सिमसार भएकाले यसको संरक्षणका लागि नगरमा माग हुनुपर्नेमा कसैले माग नगरेको बताए । नगरपालिकाले सो सिमसारको डीपीआर बनाउन चाहे पनि सम्बन्धित समिति र सरकोकारवाला कसैले पनि चासो नदेखाएकाले ओझेलमा परेको बताए ।
स्थानीयवासी के भन्दछन् ?
उता, स्थानीयवासीले सरकारले जतिसुकै बजेट दिए पनि विकास नहुने भन्दै गुनासो गर्दै आएका छन् । उनीहरू समितिको कामका विषयमा कसैले मुख खोल्न सक्ने अवस्था नरहेको बताउँछन् । आँखा अगाडि यस्तो पर्यटकीय क्षेत्र कुरूप भएको हेर्नुबाहेक कुनै विकल्प नभएको स्थानीय बताउँछन् । बाघझोडा सिमसार क्षेत्र प्रदेश १ को उत्कृष्ट पर्यटकीय स्थल बन्ने हुँदाहुँदै पनि राजनीतिक खिचातानी र जुँगाको लडाइँले ओझेलमा परेको छ ।
सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेरै मनाउने तयारी गरेको छ । राजनीतिक दाउपेच तथा व्यक्तिगत स्वार्थका कारण पर्यटकीय क्षेत्र ओझेलमा पर्दा सरकारको पर्यटन वर्ष नारालाई गिज्याइरहेको प्रष्ट देख्न सकिन्छ ।

Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login