Connect with us
Advertisement

खिचातानीले गर्दा अलपत्र हुँदै बाघझोडा सिमसार

Published

on

 विराटचोकः चारकोशे जङ्गलको छेउमा रहेको बाघझोडा सिमसार ७ बिघा ५ कठ्ठा १२ धुर क्षेत्रफलमा फैलिएको छ । त्यहाँ बाह्रै मास पानी हुन्छ । त्यहाँको जलाशयलाई सदुपयोग गर्दै स्थानीय समुदायको आर्थिक स्तर उकास्न सकिने उपाय हुँदाहुँदै पनि बाघझोडा संरक्षण समितिको अहमताले गर्दा ओझेलमा परेको छ ।

सो सिमसार संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ भने स्थानीय सरकारलाई ढोग्दै नजाने बताउँछन् । गुरुङ तत्कालीन नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य समेत भइसकेका व्यक्ति हुन् । गुरुङले निष्पक्ष खबरसँगको कुराकानीमा भने, ‘बाघझोडाका विषयमा स्थानीय सरकार जानकार भएकाले कुनै योजना माग गरिएको छैन ।

 संरक्षण समितिले प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ, राष्ट्रपति चुरेभावर संरक्षणले विनियोजन गरेको १५ लाख रुपैयाँ, साझेदारी वनले दिएको ५ लाख गरी ४० लाख रुपैयाँले करीब १ करोड रुपैयाँबराबरको काम गरेको उनले बताए ।

पूर्वपश्चिम राजमार्गमा रहेको खोर्साने चोकदेखि १ किलोमिटर उत्तरमा रहेको सिमसारका लागि स्थानीय सरकारसँग बजेट विनियोजन गर्न मौखिक रूपमा माग गरिएको गुरुङले बताए ।

समिति र साझेदारीको विवाद

यता, केराबारी लोहन्द्रा साझेदारी वनले आफूले समितिको खातामा ५ लाख रुपैयाँको चेक काटेको वर्ष दिन बितिसक्दा समेत कुनै बिल भरपाई नआएको र चिठी पठाउन बाध्य भएको बताएको छ । समितिले पुन ५० लाख रुपैयाँ रकम माग गरेको र पुरानो निकासा भएको रकमको पनि बिल नदिएकाले बेरुजु गर्ने बताएको छ ।

 समितिका अध्यक्ष गुरुङ भने बिलभरपाइका बारेमा सोध्दा अनौठो जवाफ दिन्छन् । आफ्नो व्यक्तिगत रकमसमेत समितिमा खर्च गरेकाले कुनै बिल भरपाई देखाउनु नपर्ने बताउँदै उनले साझेदारी वनले १० लाख दिने भनी झुक्याएकाले पुनः ५ लाख आएपछि मात्र बिल भरपाई पेश गर्ने जवाफ गुरुङले दिए ।

यो सिमसार क्षेत्र मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा पर्छ । सिमसारको पानीले सयौँ बिघा जमिनमा खेती हुने गरेको छ । मनोरञ्जन स्थल, फनपार्क, पिकनिक स्पट, विभिन्न प्रजातिका रुख यो सिमसार क्षेत्रमा रहेका छन् ।

स्थानीय सरकारको भनाइ

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बाघझोडा सिमसार क्षेत्र मोरङ जिल्लाकै पुरानो सिमसार भएकाले यसको संरक्षणका लागि नगरमा माग हुनुपर्नेमा कसैले माग नगरेको बताए । नगरपालिकाले सो सिमसारको डीपीआर बनाउन चाहे पनि सम्बन्धित समिति र सरकोकारवाला कसैले पनि चासो नदेखाएकाले ओझेलमा परेको  बताए  ।

स्थानीयवासी के भन्दछन् ?

उता, स्थानीयवासीले सरकारले जतिसुकै बजेट दिए पनि विकास नहुने भन्दै गुनासो गर्दै आएका छन् । उनीहरू समितिको कामका विषयमा कसैले मुख खोल्न सक्ने अवस्था नरहेको बताउँछन् । आँखा अगाडि यस्तो पर्यटकीय क्षेत्र कुरूप भएको हेर्नुबाहेक कुनै विकल्प नभएको स्थानीय बताउँछन् । बाघझोडा सिमसार क्षेत्र प्रदेश १ को उत्कृष्ट पर्यटकीय स्थल बन्ने हुँदाहुँदै पनि राजनीतिक खिचातानी र जुँगाको लडाइँले ओझेलमा परेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेरै मनाउने तयारी गरेको छ । राजनीतिक दाउपेच तथा व्यक्तिगत स्वार्थका कारण पर्यटकीय क्षेत्र ओझेलमा पर्दा सरकारको पर्यटन वर्ष नारालाई गिज्याइरहेको प्रष्ट देख्न सकिन्छ ।

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अमेरिका र इरानबीचको तनाव चर्कियो

Published

on

मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।

कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।

आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।

Continue Reading

Banner

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै

Published

on

प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।

Continue Reading

Banner

आज पनि सुनचाँदीको भाउ घट्यो

Published

on

आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक