Connect with us
Advertisement

घनश्याम र डिगबहादुरलाई मिक्लाजुङ अपाङ्ग संघको प्रश्न

Published

on

खगेन्द्र चौहान
स्थानीय चुनाव सकिए लगत्तै प्रदेश तथा प्रतिनिधिसभाको चुनाव तपाइँहाम्रै घरदैलोमा आइरहेको छ । प्रतिनिध सभाको चुनावको लागि मोरङ क्षेत्र नं १ मा निकै राम्रो प्रतिष्पर्धा हुने निश्चित छ ।

कांग्रेस नेता डिगबहादुर लिम्बू र एमाले नेता घनश्याम खतिवडा दुबै एउटै गाउँ लेटाङका बासिन्दा हुन् । विगतमा उनीहरु एउटै शिक्षण पेशामा थिए ।

अहिलेसम्म उनीहरुले गरेका काम हेर्ने हो भने पार्टीगत आस्था राख्ने बाहेकका कोही पनि सन्तुष्ट देखिँदैनन् । त्यस्तै मोरङकै क्षेत्र नं १ मा पर्ने मिक्लाजुङ गाउँपालिकामा करिब ५ सयको संङ्ख्यामा विभिन्न किसिमका अपाङ्गता भएका व्यक्ति छन । अपाङ्गता भएका व्यक्ति तथा संस्थासँग अहिलेसम्म यी दुबै नेताले कुनै पनि किसिमको छलफल तथा अन्तरक्रियाको त कुरै छाडौ सोधपुछसम्म गरेका छैनन् ।

चुनाव नजिकिँदै गर्दा विभिन्न विकास निर्माण तथा धेरै किसिमका आश्वासन दिइरहँदा अपाङ्गता भएकालाइ समेटेर कुनै पनि किसिमको नीतिगत सुधार गरिएको छैन । यसले के स्पष्ट पार्छ भने अपाङ्गता भएका व्यक्तिलाई महत्वकासाथ हेरिएको छैन ।

आजसम्म संसदमा बाटो, पुलपुलेसोको प्रसङ्ग उठाएर आफूलाई अब्बल साबित गर्ने हजुरहरुले अपाङ्गताको बिषयमा कति पटक केके विषयमा संसदमा आवाज उठाउनुभो ? एकपटक याद गर्नु होस् त ?

हाम्रै सरकार रहेकै पालिका तथा नगरमा तपाइँले अपाङ्गता भएका व्यक्ति एक्लै गएर सहजताका साथ काम गरेर फर्किने वातावरण बनाउनुभयो त ? अनि उनीहरुका सवालमा कुन सभामा के विषयमा आवाज उठाएर कार्यान्वयन गराउन पहल गर्नुभयो ? यहाँ अपाङ्गता भएका व्यक्तिलाई कानुनले तोकिदिएको अधिकार पाउन दिनरात लडाइँ गरिरहेको मिक्लाजुङ अपाङ्ग संघलाई कतिपटक सँगै राखेर बैठक बस्नुभयो ? तिमीहरुका समस्या के छन् टिपाएर देऊ म सांदमा उठाउँछु भन्नुभएको छ ?

पाँच वर्षमा एक पटक नमस्कार गर्दै घरघर डुल्ने तपाइँहरुलाई हामीले सहज रुपमा बाँच्न देऊ न भनेर हजार पटक ढोग्नु त छँदै छ । हाम्रा लागि पहुँचयुक्त मतदान स्थल बनाउन पहल त नगर्ने तपाइँहरुलाइ हामीले कुन आधारमा भोट दिने र तपाइँको जीतको सुनिश्चितता गराउने ?

मिक्लाजुङ अपाङ्ग संघले तपाईँहरुसँग मात्र पाँच मिनेट समय लिन चाहन्छ त्यो पनि ५ बर्षका लागि । अरुबेला त तपाइँहरुलाई हामीले भेट्ने र गफ गर्ने भनेको त ‘आकाशको फल आँखा तरी मर’ मात्र हो । तसर्थ त्यो समयको प्रतीक्षामा छ सामुदायिक ग्रामीण अपाङ्ग उत्थान संघ मिक्लाजुङ, मधुमल्ला ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक