Connect with us
Advertisement

नवौं राष्ट्रिय खेलकुदः जुडोमा नेपाली सेना च्याम्पियन

Published

on

पोखराः नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव च्याम्पियन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पियन भएको हो ।

आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।

नेपाल पुलिस क्लबले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत र ८ कास्य पदक जित्यो ।

वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ ।

सुदूर पश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १्१ कास्यमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।

पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण, वागमती प्रदेशका सचिन वाइबा लामाले रजत, एनआरएनएका विकास बिक र नेपाल आर्मीका दीपक बस्ताकोटीले कास्य पदकमा चित्त बुझाए ।

६६ केजीमुनि तौल समूहमा नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण, नेपाली सेनाका कर्मा तामाङले रजत पदक, सेनाकै किरण भट्टराई र प्रहरीका अश्विन पुलामी मगरले कास्य पदक जिते ।

७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण, नेपाल पुलिस क्लबका सुदेश दोङले रजत, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित डङ्गोलले कास्य जितेका छन् ।

८१ केजीमुनी तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण, नेपाल पुलिस क्लवका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदूर पश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदक जिते ।

९० केजीमुनि तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक, नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदूर पश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदक जिते ।

१०० केजीमुनि तौल समूहमा नेपाली सेनाका रमेशबहादुर चन्दले स्वर्ण, मधेश प्रदेशका हिमांशु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य पदक जिते ।

१०० केजीमाथि उमेर समूहमा नेपाल पुलिस क्लबका राजन जोशीले स्वर्ण, आर्मीका रन्जेश गोलेले रजत, वागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले कास्य जिते ।

महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण, एपीएफकी रत्ना तामाङले रजत तथा कर्णाली प्रदेशकी हीरा आचार्य र नेपाल पुलिस क्लबकी सोनिया भट्टले कास्य पदक जिते ।

५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण, आर्मीकै रोशना डंगोलले रजत, वागमती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्लवकी सपना राईले कास्य पदक जिते ।

५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण, नेपाल आर्मीकी सीमाकुमारी चिडीले रजत तथा नेपाल आर्मीकी सुस्मिता लावती र वागमती प्रदेशकी अञ्जु पाण्डेले कास्य पदक जिते ।

६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लीला अधिकारीले स्वर्ण, लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्लबकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक जिते ।

७० केजीमुनी तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, वागमती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक जिते ।

७८ केजीमुनी तौल समूहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण, आर्मीकी निर्मला घर्ती मगरले रजत, लुम्बिनीकी सुशीलाकुमारी चौधरी र सम्झना चौधरीले कास्य जिते ।

७८ केजीमाथि उमेर समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण, नेपाल पुलिसकी पूजा राजवंशीले रजत, नेपाल पुलिसकी भावना घर्ती मगर र वागमती प्रदेशकी अस्मिता गोलेले कास्य जिते ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक