खेलकुद
नवौं राष्ट्रिय खेलकुदः जुडोमा नेपाली सेना च्याम्पियन
पोखराः नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको जुडो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव च्याम्पियन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै टिम च्यम्पियन भएको हो ।
आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।
नेपाल पुलिस क्लबले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत र ८ कास्य पदक जित्यो ।
वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ ।
सुदूर पश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १्१ कास्यमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।
पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण, वागमती प्रदेशका सचिन वाइबा लामाले रजत, एनआरएनएका विकास बिक र नेपाल आर्मीका दीपक बस्ताकोटीले कास्य पदकमा चित्त बुझाए ।
६६ केजीमुनि तौल समूहमा नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण, नेपाली सेनाका कर्मा तामाङले रजत पदक, सेनाकै किरण भट्टराई र प्रहरीका अश्विन पुलामी मगरले कास्य पदक जिते ।
७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण, नेपाल पुलिस क्लबका सुदेश दोङले रजत, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित डङ्गोलले कास्य जितेका छन् ।
८१ केजीमुनी तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण, नेपाल पुलिस क्लवका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदूर पश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदक जिते ।
९० केजीमुनि तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक, नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदूर पश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदक जिते ।
१०० केजीमुनि तौल समूहमा नेपाली सेनाका रमेशबहादुर चन्दले स्वर्ण, मधेश प्रदेशका हिमांशु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य पदक जिते ।
१०० केजीमाथि उमेर समूहमा नेपाल पुलिस क्लबका राजन जोशीले स्वर्ण, आर्मीका रन्जेश गोलेले रजत, वागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले कास्य जिते ।
महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण, एपीएफकी रत्ना तामाङले रजत तथा कर्णाली प्रदेशकी हीरा आचार्य र नेपाल पुलिस क्लबकी सोनिया भट्टले कास्य पदक जिते ।
५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण, आर्मीकै रोशना डंगोलले रजत, वागमती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्लवकी सपना राईले कास्य पदक जिते ।
५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण, नेपाल आर्मीकी सीमाकुमारी चिडीले रजत तथा नेपाल आर्मीकी सुस्मिता लावती र वागमती प्रदेशकी अञ्जु पाण्डेले कास्य पदक जिते ।
६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लीला अधिकारीले स्वर्ण, लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्लबकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक जिते ।
७० केजीमुनी तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, वागमती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक जिते ।
७८ केजीमुनी तौल समूहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण, आर्मीकी निर्मला घर्ती मगरले रजत, लुम्बिनीकी सुशीलाकुमारी चौधरी र सम्झना चौधरीले कास्य जिते ।
७८ केजीमाथि उमेर समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण, नेपाल पुलिसकी पूजा राजवंशीले रजत, नेपाल पुलिसकी भावना घर्ती मगर र वागमती प्रदेशकी अस्मिता गोलेले कास्य जिते ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login