खेलकुद
नवौं राष्ट्रिय खेलकुदः उसुमा सेना र सशस्त्र हाबी
पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ ।
प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने निरीह रहे । प्रदेश १ ले एक रजत र ४ कास्य जित्यो भने मधेश प्रदेशले केवल १ कास्यमा चित्त बुझायो ।
वागमती प्रदेशले २ रजत र ५ कास्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कास्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कास्यमा चित्त बुझायो । कर्णालीले स्वर्ण, रजत र कास्यमा समान १्१ पदक जितेको छ । सुदूर पश्चिमले ४ रजत र ८ कास्य पाएको छ ।
थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ६ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिँजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, वागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जिते ।
पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ रजत पदक जित्दा नेपाल प्रहरीका मनिष बुढाथोकीले कास्य पदक हात पारे ।
महिला थाईची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरे । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मीना ग्लानले १८.४४ अङ्कका साथ रजत पदक जित्दा सुदूर पश्चिमकी पुष्पा कुँवरले कास्य हात पारिन् । मीनाको स्कोर १४.३१ छ ।
महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ ९.२ स्कोरका साथ प्रथम भएकी छिन् । कर्णालीकी आशा शाही र सुदूर पश्चिमका दीपिका चौधरी क्रमशः दोस्रो र तेस्रो बने । यस्तै, पुरुष नान छ्वान अलराउन्डमा कर्णाली प्रदेशले स्वर्ण जितेको छ । कर्णालीका दीपक हमाल १८.५४ स्कोरका साथ च्याम्पियन बनेका हुन् । प्रहरीका शनि श्रेष्ठ र वागमतीका सागर श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।
महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगरले स्वर्ण, प्रहरीकी अञ्जिता स्याङ्तानले रजत र प्रहरीकी ममता सुनुवारले कास्य पदक जिते ।
थाउलोको पुरुष ताब सु कुन्सुमा स्वर्ण र रजत दुवै सेनाले जितेको छ । सेनाका विश्व बुढामगर १७.६९ अंकका साथ प्रथम हुँदा सेनाकै राजीव तामाङ १७.६७ अंकका साथ दोस्रो बने । प्रहरीका रवीन्द्र आलेले कास्य जिते । महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले १८.१० स्कोरका साथ स्वर्ण जितिन् । सुदूर पश्चिमकी अलिसा खाती र सेनाकी मोनिका थापाले क्रमशः रजत र कास्य पाए ।
सान्सौतर्फ सेनाले ६ स्वर्ण जितेको छ । पुरुष ४८ केजीमा सेनाका यामराज थापामगरले स्वर्ण जिते । सशस्त्रका गौतम श्रेष्ठले रजत र प्रदेश १ का गणेश लिम्बू तथा गण्डकीका स्माइल भण्डारीले कास्य जिते । पुरुष ५२ केजीमा सशस्त्र प्रहरीका अशोक खालिङले स्वर्ण, सुदूर पश्चिमका शिवराज सुनारी मगरले रजत र वागमतीका अनिष परियार तथा सेनाका मदनकुमार श्रेष्ठले कास्य जिते ।
पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारोले स्वर्ण र वागमतीकी कान्ति लामाले रजत, प्रहरीका रोशन अछामी र गण्डकीका ज्ञानेन्द्र सिंहले कास्य जिते । ६० केजीमा सशस्त्रका मंगलप्रसाद थारुले स्वर्ण, प्रहरीकी मुकेश पण्डितले रजत, सेनाका कमल आचार्य र प्रदेश १ का रोहित लिम्बूले कास्य जिते ।

६५ केजी तौल समूहमा प्रहरीका सम्मन घुस्रीले स्वर्ण, सुदूर पश्चिमका पदम ठकुल्लाले रजत, लुम्बिनीका अभिषेक ताङनामी र सेनाका राजेश चौधरीले कास्य जिते । ७० केजीबाट सेनाका पदम राईले स्वर्ण, सशस्त्रका सुवास भुल सेठीले रजत र मधेसका मो वसिम खान र गण्डकीका अनुप खड्काले कास्य जिते ।
पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरीले स्वर्ण, सशस्त्रका अनिश शाहीले रजत, प्रदेश १ का अमित लकान्द्री र सुदूर पश्चिमका हरिचन्द्र कार्कीले कास्य जिते । ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जनले स्वर्ण, प्रदेश १ का उपेन्द्र मरिकले रजत, सुदूर पश्चिमका आलोक बुढामगर र बागमतीका राजकुमार श्रेष्ठले काश्य जिते ।
पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउदले स्वर्ण, सशस्त्रका निकेश श्रेष्ठले रजत तथा प्रहरीका रामेकुमार राजवंशी र प्रदेश १ का रोमन श्रेष्ठले कास्य जिते ।
सान्सौमा महिलातर्फका ६ इभेन्टमध्ये २ मा सेना, ४ मा सशस्त्र र १ इभेन्टमा प्रहरीले स्वर्ण जितेका छन् । महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगरले स्वर्ण, सेनाकी मनिषा प्रधानले रजत, प्रहरीकी नवीना विक र सुदूर पश्चिमकी अस्मिताकुमारी गाहामगरले कास्य पदक जिते ।
महिला ५२ केजीमा सेनाकी एलिना चौधरीले स्वर्ण, प्रहरीकी आसु हल्वाइ साहले रजत, वागमतीकी शासन थिङ र गण्डकीकी सीमा गुरुङले कास्य पदक जिते ।
५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङले स्वर्ण, प्रहरीकी रीता ठकुल्लाले रजत तथा सुदूर पश्चिमकी सुमिना विक र सेनाकी मुभी राईले कास्य पदक जिते । ६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण, सुदूर पश्चिमकी सृजना खनालले रजत, प्रहरीकी रोजिना सुनुवार र कर्णालीकी गोमा आफ्रेले कास्य जिते ।
महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण, सेनाकी लुमन्ती श्रेष्ठले रजत तथा प्रहरीकी आयुषा महर्जन र सुदूर पश्चिमकी गोमती साउदले कास्य जिते ।
७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पाउँदा गण्डकीकी अनिसा आलेमगरले रजत तथा प्रहरीकी पूजा गुप्ता र वागमतीकी वास्ताकुमारी पाख्रिनले कास्य जितेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।
उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login