खेलकुद
नवौं राष्ट्रिय खेलकुदः उसुमा सेना र सशस्त्र हाबी
पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ । विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ ।
प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक मात्र स्वर्ण जित्न सक्यो । अरु प्रदेश भने निरीह रहे । प्रदेश १ ले एक रजत र ४ कास्य जित्यो भने मधेश प्रदेशले केवल १ कास्यमा चित्त बुझायो ।
वागमती प्रदेशले २ रजत र ५ कास्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कास्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कास्यमा चित्त बुझायो । कर्णालीले स्वर्ण, रजत र कास्यमा समान १्१ पदक जितेको छ । सुदूर पश्चिमले ४ रजत र ८ कास्य पाएको छ ।
थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ६ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिँजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, वागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जिते ।
पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ रजत पदक जित्दा नेपाल प्रहरीका मनिष बुढाथोकीले कास्य पदक हात पारे ।
महिला थाईची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरे । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मीना ग्लानले १८.४४ अङ्कका साथ रजत पदक जित्दा सुदूर पश्चिमकी पुष्पा कुँवरले कास्य हात पारिन् । मीनाको स्कोर १४.३१ छ ।
महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ ९.२ स्कोरका साथ प्रथम भएकी छिन् । कर्णालीकी आशा शाही र सुदूर पश्चिमका दीपिका चौधरी क्रमशः दोस्रो र तेस्रो बने । यस्तै, पुरुष नान छ्वान अलराउन्डमा कर्णाली प्रदेशले स्वर्ण जितेको छ । कर्णालीका दीपक हमाल १८.५४ स्कोरका साथ च्याम्पियन बनेका हुन् । प्रहरीका शनि श्रेष्ठ र वागमतीका सागर श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।
महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगरले स्वर्ण, प्रहरीकी अञ्जिता स्याङ्तानले रजत र प्रहरीकी ममता सुनुवारले कास्य पदक जिते ।
थाउलोको पुरुष ताब सु कुन्सुमा स्वर्ण र रजत दुवै सेनाले जितेको छ । सेनाका विश्व बुढामगर १७.६९ अंकका साथ प्रथम हुँदा सेनाकै राजीव तामाङ १७.६७ अंकका साथ दोस्रो बने । प्रहरीका रवीन्द्र आलेले कास्य जिते । महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले १८.१० स्कोरका साथ स्वर्ण जितिन् । सुदूर पश्चिमकी अलिसा खाती र सेनाकी मोनिका थापाले क्रमशः रजत र कास्य पाए ।
सान्सौतर्फ सेनाले ६ स्वर्ण जितेको छ । पुरुष ४८ केजीमा सेनाका यामराज थापामगरले स्वर्ण जिते । सशस्त्रका गौतम श्रेष्ठले रजत र प्रदेश १ का गणेश लिम्बू तथा गण्डकीका स्माइल भण्डारीले कास्य जिते । पुरुष ५२ केजीमा सशस्त्र प्रहरीका अशोक खालिङले स्वर्ण, सुदूर पश्चिमका शिवराज सुनारी मगरले रजत र वागमतीका अनिष परियार तथा सेनाका मदनकुमार श्रेष्ठले कास्य जिते ।
पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारोले स्वर्ण र वागमतीकी कान्ति लामाले रजत, प्रहरीका रोशन अछामी र गण्डकीका ज्ञानेन्द्र सिंहले कास्य जिते । ६० केजीमा सशस्त्रका मंगलप्रसाद थारुले स्वर्ण, प्रहरीकी मुकेश पण्डितले रजत, सेनाका कमल आचार्य र प्रदेश १ का रोहित लिम्बूले कास्य जिते ।

६५ केजी तौल समूहमा प्रहरीका सम्मन घुस्रीले स्वर्ण, सुदूर पश्चिमका पदम ठकुल्लाले रजत, लुम्बिनीका अभिषेक ताङनामी र सेनाका राजेश चौधरीले कास्य जिते । ७० केजीबाट सेनाका पदम राईले स्वर्ण, सशस्त्रका सुवास भुल सेठीले रजत र मधेसका मो वसिम खान र गण्डकीका अनुप खड्काले कास्य जिते ।
पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरीले स्वर्ण, सशस्त्रका अनिश शाहीले रजत, प्रदेश १ का अमित लकान्द्री र सुदूर पश्चिमका हरिचन्द्र कार्कीले कास्य जिते । ८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जनले स्वर्ण, प्रदेश १ का उपेन्द्र मरिकले रजत, सुदूर पश्चिमका आलोक बुढामगर र बागमतीका राजकुमार श्रेष्ठले काश्य जिते ।
पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउदले स्वर्ण, सशस्त्रका निकेश श्रेष्ठले रजत तथा प्रहरीका रामेकुमार राजवंशी र प्रदेश १ का रोमन श्रेष्ठले कास्य जिते ।
सान्सौमा महिलातर्फका ६ इभेन्टमध्ये २ मा सेना, ४ मा सशस्त्र र १ इभेन्टमा प्रहरीले स्वर्ण जितेका छन् । महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगरले स्वर्ण, सेनाकी मनिषा प्रधानले रजत, प्रहरीकी नवीना विक र सुदूर पश्चिमकी अस्मिताकुमारी गाहामगरले कास्य पदक जिते ।
महिला ५२ केजीमा सेनाकी एलिना चौधरीले स्वर्ण, प्रहरीकी आसु हल्वाइ साहले रजत, वागमतीकी शासन थिङ र गण्डकीकी सीमा गुरुङले कास्य पदक जिते ।
५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङले स्वर्ण, प्रहरीकी रीता ठकुल्लाले रजत तथा सुदूर पश्चिमकी सुमिना विक र सेनाकी मुभी राईले कास्य पदक जिते । ६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण, सुदूर पश्चिमकी सृजना खनालले रजत, प्रहरीकी रोजिना सुनुवार र कर्णालीकी गोमा आफ्रेले कास्य जिते ।
महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण, सेनाकी लुमन्ती श्रेष्ठले रजत तथा प्रहरीकी आयुषा महर्जन र सुदूर पश्चिमकी गोमती साउदले कास्य जिते ।
७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पाउँदा गण्डकीकी अनिसा आलेमगरले रजत तथा प्रहरीकी पूजा गुप्ता र वागमतीकी वास्ताकुमारी पाख्रिनले कास्य जितेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।
उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login