Connect with us
Advertisement

नवौं राष्ट्रिय खेलकुद पुरुष फुटबलको उपाधी पनि एपीएफकै पोल्टामा

Published

on

पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडन डेथमा हराउँदै स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टी प्रहारलाई बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् ।

एपीएफका लागि नवीन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले बचाउ गरे ।

आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार राजुले बचाउ गरे पनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । १४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गर ेपनि दोस्रो बार नजिकैबाट बाहिरियो ।

३३ औं मिनेटमा एपीएफका मणि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नवीन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे ।

३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डि एरिया क्षेत्रमा गल्ती गर्दा एपीएफका प्रदीप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकिक प्रहार सोझै गोलरक्षक विकेश कुथुको हातमा पुग्यो ।

४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मणि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजे पनि एपीएफका विकु तामाङले नवीनलाई पास दिए पनि गोल गर्नबाट चुके । नवीनले नियन्त्रणमा लिँदै प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको सङ्कट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे ।

६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा सेसेहाङ आङ्देम्बेको ओभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । ७२ औँ मिनेटमा आवास लामिछानेको पासमा प्रदीप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । ८४ औँ मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपीएफका गोलरक्षक राजु निकै अघि बढी क्लियर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सीमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिए पनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो ।

निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिकको अवसर प्राप्त हुँदा प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरे पनि गोलरक्षक नगरकोटीले बचाए ।

आर्मीले यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदूर पश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाएको थियो । पुरुष फुटबलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक