Connect with us
Advertisement

सुन्दरहरैँचा साइकल राइडर्सद्वारा आयोजित गजल महफिलमा सुनाए ४ गजलकारले आफ्ना रचना, छवि वैरागी सम्मानित

Published

on

विराटचोकः ‘स्वास्थ्य, कला, साहित्य र एकता’ भन्ने नाराका साथ सुन्दरहरैँचा साइकल राइडर्सद्वारा आयोजित ‘बृहत् गजल महफिल –२०७९’ सुन्दरहरैँचा स्थित उद्योग वाणिज्य संघको हलमा शनिबार सम्पन्न भएको छ । सुन्दरहरैंँचामा रहेका साइकलप्रेमी युवाहरुले स्थापना गरेको साइकल राईडर्स समूहले यो कार्यक्रम विगत तीन वर्षदेखि गर्दै आएको छ ।

गजल महफिलमा गजलकारहरू शीतल कादम्बिनी (काठमाडौं), विवश बलिभद्र कोईराला (झापा), ईश्वर दाहाल (धनकुटा) र यादव भट्टराई (मोरङ)ले चरणबद्ध रूपमा आ आफ्ना गजल वाचन गरेका थिए । अतिथि कलाकारको रुपमा उनीहरुले दर्शकको रोजाईमा आफ्ना सिर्जना वाचन गरेका थिए ।

पहिलो चरणमा प्रत्येक गजलकारबाट २ गजल, दोस्रोमा २ र अन्तिम चरणमा १ गजल गरेर प्रत्येक गजलकारले ५ वटा गजल वाचन गरेका थिए । गजलकारहरूले गजल वाचन गर्दै गर्दा दर्शक स्रोताबाट वाहवाही र ताली अनवरत रूपमा आइरहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले क्लबले महफिल आयोजना गरी उत्कृष्ट कार्य गरेको र महफिललाई आवश्यक सहयोग गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राइडर्सका अध्यक्ष खेमराज दाहालको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार प्रेमप्रसाद भट्टराई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, समाजसेवी नवराज चापागाँई, सुन्दरहरैँचा वडा न. १० का वडाअध्यक्ष राजकुमार राई, सुन्दरहरैँचा वडा न. १० का निवर्तमान वडाअध्यक्ष राजेन्द्रबहादुर थापा, ईन्द्रपुर जेसीज २०२२ का अध्यक्ष भवानीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।

झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रबाट उपस्थित साहित्यानुरागीमाझ भएको कार्यक्रम आँचलकुमार शर्माले सञ्चालन गरेका थिए ।

राइडर्सले साहित्यको जगेर्नार्थ र साहित्य उत्थानका निमित्त आफ्नो स्वार्थभन्दा माथि उठेर अनवरत भाषा, साहित्य कला क्षेत्रमा अहोरात्र लागिपर्ने साहित्यकार छवि वैरागी घिमिरेलाई दोसल्ला ओढाएर ताम्रपत्र र नगद ७५ हजार ५ सय १ रुपैयाँद्वारा सम्मान गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक