खेलकुद
एनआरएनएले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षकलगायतप्रति प्रकट गर्याे आभार
विराटचोकः हालै गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएको तर्फबाट सहभागी भएर विजयी खेलाडी, प्रशिक्षक र म्यानेजरका साथै सरोकारवालालाई बधाई दिँदै सबैमा आभार प्रकट गरेको छ ।
प्रतियोगितामा संघको विभागीय टोलीले १० स्वर्ण ९ रजत र ७ कास्य गरी २६ पदक हात पारेको थियो । एनआरएनएका तर्फबाट पौडीमा सहभागी खेलाडी एस्ली सापकोटा डंगोलले ६ स्वर्ण, २ रजत र आशिष सापकोटा डंगोलले ३ स्वर्ण, ४ रजत र १ कास्य गरि १६ पदक जितेका थिए ।
बक्सिङको ५७ केजी तौल समूहमा शिवु थापाले १ स्वर्ण, चन्द्रबहादुर तामाङले बक्सिङको ७१ केजी तौल समूहमा १ रजत, सुनिल शाहीले ६७ केजी तौल समूहमा १ कास्य, लनटेनिस सिङ्गल विधामा आरभ सम्राट हाडाले १ रजत हात पारेका थिए ।
महिला तेक्वान्दो विधाको ७३ केजी तौल समूहमा सुमित्रा खत्रीले १ रजत, जुडो विधाको ६० केजी तौल समूहमा विकास बिकले १ कास्य, फूल कन्ट्याक्ट कराते विधाको ६५ केजी तौल समूहमा दिशान तामाङले १ कास्य जितेका थिए ।
त्यस्तै, टेबलटेनिस विधाको मिक्स डबलमा सुनिता लामा र दिप्सनले कास्य पदक, टिम इभेण्टमा क्रमशः महेश श्रेष्ठ, दिप्सन, गणेश तामाङ र प्रतीक थापाले कास्य पदक जितेका थिए । ब्याडमिण्टन विधाको पुरुष तर्फको टिम इभेण्टमा दिवस विश्वकर्मा, साहिल चन्द, सुमन उदय, तुलाराम धामी, एशिया जबेगू र विक बुढाले कास्य पदक हात पारेका थिए ।
सो खेलकुद प्रतियोगिताको १४ विधामा खेलाडी तथा अफिसियल गरी १३० जना भन्दा बढीको सहभागिता रहेको एनआरएनएले जनाएको छ । खेलकुदको माध्यमबाट विदेशमा रहेका युवा तथा दोस्रो पुस्ताको नेपालप्रति लगाव भएको र भविष्यमा पनि खेलकुद माध्यमबाट उनीहरु नेपालसँग जोडिइरहने विश्वास संघले लिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा एनआरएनएका युवा उपाध्यक्षत्रय हिमाल गुरुङ, रोशन थापा र राज रेग्मीले हस्ताक्षर गरेका छन् ।

Facebook Comment
Banner
भक्तपुर मनोहराको सुकुम्वासी बस्तीका घर टहरा भत्काउन शुरु
भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो ।
अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा डोजर लगाएर खाली गर्दैछ । यसअघि केही बासिन्दा आफैँले छाप्रोको छाना र बाँसका संरचना भएका थिए । हिजो बेलुका त्यहाँ तनावको अवस्था सिर्जना भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउने काम भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीका बासिन्दालाई घर टहरा आफै भत्काउन बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि काठमाण्डौ महानगरपालिकाको डोजरसहितको टोली पुगेपछि घर टहरा भत्काउन थालिएको हो ।
मनोहरा बस्तीमा अनधिकृत ७ सय ७७ घर टहरा रहेको विवरण छ । यसअघि हिजो बेलुका सात वटा ठूला पक्की घर भत्काइएको थियो । त्यस क्रममा अवरोध र ढुङगामुढा हुँदा केही संख्यामा सुरक्षाकर्मी घाइते भएका थिए ।
हिजो बिहान थापाथलीको बाग्मती नदी किनारका तथा दिउँसो शान्तिनगर र गैरिगाउँ क्षेत्रका अनधिकृत संरचना भत्काइएको थियो ।
Banner
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।
त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login