कला / साहित्य
आज महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
विराटचोकः नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि. सं १९६६ मा कार्तिक कृष्ण औँसीको लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा उनको जन्म भएको थियो ।
उनले १० वर्षको उमेरमा कविता लेख्न शुरु गरेका थिए । महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता लेखेका उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । उनले हजारभन्दा बढी कविता लेखेको बताइन्छ । उनले लेखेका कतिपय कविता अरु नै साहित्यकारले आफ्नो नाममा छपाएको पनि बताइन्छ ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कने समालोचकहरु बताउँछन् । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
वि. सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य अध्यापनको विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको थियो ।
देवकोटाको निधन २०१६ साल भदौ २९ गते क्यान्सर रोगका कारण भएको थियो ।
Facebook Comment
Banner
च्याम्पियन्स लिग : पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराउदै जर्मन क्लब बोरुसिया डर्टमन्ड फाइनलमा पुगेको छ । पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । उसका म्याट्स हुमेल्सले खेलको ५० औँ मिनेटमा गोल गरे ।
यसअघि भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० को अग्रता लिएको थियो । समग्रमा २–० को जितसहित डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा हुनेछ ।
Banner
आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ ।
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदान, फ्लडलाइट र सुरक्षामा प्रश्न उठाउँदै रंगशालाको मान्यता खारेज गर्ने भएको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login