Connect with us
Advertisement

देउसीमा नाम लिइने ‘बलि’ राजा को हुन् ?

Published

on

पौराणिक कथन अनुसार–
बलि सप्तचिरजीवीहरू मध्ये एक हुन् । ऊनी विष्णुका प्रसिद्ध भक्त, परोपकारी तथा एक महान् योद्धा थिए । उनका पिताको नाम विरोचन थियो । उनी वैरोचन राज्यका सम्राट थिए, जसको राजधानी महाबलिपुर थियो । असुरहरुका गुरु शुक्राचार्य उनका गुरु भएकाले उनलाई असुरहरुकै राजा मानिएको हो । बलि सबै युद्ध कौशलमा निपुण थिए। उनीहरुलाई हराउन विष्णुले वामन अवतार लिएका थिए । असुरगुरु शुक्राचार्यको प्रेरणाले उनले देवताहरूलाई जितेर स्वर्गीय संसारमा कब्जा गरे ।

समुद्र मन्थनबाट प्राप्त रत्नहरुको लागि जब असुरहरू र देवहरू बीच युद्ध भयो, तब असुरहरूले आफ्नो मायावी शक्ति प्रयोग गरी देवताहरूलाई युद्धमा पराजित गरे । त्यसपछि राजा बलिले विश्वजीत र सयौं अश्वमेध यज्ञ गरेर तिनै लोकहरू आफ्नो नियन्त्रणमा लिए । पछि जब अन्तिम अश्वमेध यज्ञको समापन हुँदै थियो, तब राजा बलिले विष्णुको वामन अवताररूपी ब्राह्मणसँग वचन हारेर तिनै लोक दान गरे । शुक्राचार्यले चेतावनी दिए पनि बलि राजा दानबाट पछि हटेनन् । त्यसैकारण बलिदान भनेर आजसम्म पनि सम्मान गर्ने गरिन्छ ।

वामनले दक्षिणास्वरुप तीन कदम जमीन मागेका थिए । बलि राजाको सङ्कल्प पूरा हुनेबित्तिकै विशाल रूप लिएर पहिलो दुई पाइलामा पृथ्वी र स्वर्ग नापे । बाँकी दानको लागि, केही बाँकी नरहेपछी बलिले आफ्नो टाउको थापे । यसरी उनले आफ्नो वचन पूरा गरे । राजा बलिको यही उदारता र दानवीर हुनुको परिचयलाई युगौँयुगसम्म स्मरणीय रहोस् भन्ने हेतुले देउसी भैलोमा बलि राजाको नाम लिने प्रचलन रहेको मान्न सकिन्छ ।

ऐतिहासिक मान्यता अनुसार–
देउसी भैलो गीतको उत्पत्तिबारे धेरैले धेरै थरी अनुमान लगाएका छन् । ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने पंक्तिका आधारमा हिन्दू मिथकका राजा बलि र मगर राजा बलिहाङ यो गीतका पात्र हुन् कि भन्ने अनुमान गरिन्छ । जुम्लामा भने खस राज्यकालका जुम्ली राजा बलिराज कल्याल शाहीले देउसी भैलो खेल्ने परम्परा शुरू गरेको मान्यता अझै पनि पाइन्छ ।

१४ औं शताब्दीको अन्त्यतिर सन् १३९८ आसपास बलिराज जुम्लाका राजा बनेका थिए । यिनकै शासनकालमा जुम्लाको खस राज्यले एक कुख्यात मुसलमान लडाकुको फौजसँग सामना ग¥यो । यसै युद्धपछि जनताबाट कर उठाउन बलिराजले देउसीभैलो खेल्न लगाएको केही इतिहासविद्हरू बताउँछन् ।

‘खस जातिको इतिहास’ पुस्तकका लेखक एवम् इतिहासविद् बालकृष्ण पोखरेलले निधनको केही समय अघि बताएका थिए, ‘लडाइँमा बलिराजका छोरा वत्सराजले शत्रुलाई छक्क पारे । अन्त्यमा सबै फौज मारिँदा एक्लो वत्सराज खडा रहे । ‘मर्नु भन्दा अगाडि तँलाई के चाहिन्छ ?’ भनेर सोध्दा ‘मलाई तरबार पक्रेर मुसलमानको सबभन्दा बहादुर नेतासँग युद्ध गरेर मर्नु छ । जसरी म भुइँमा छु त्यसरी ऊ पनि भुइँमा ओर्लियोस् र मलाई मारोस् । एक्लैले सक्दैन भने दश जना आए पनि हुन्छ’ भनेर भने । यसो भनेपछि आक्रमणकारी छक्क प¥यो । कस्तो बहादुर रहेछ भनेर ओर्लेर अंकमाल गरेर मीत लगायो । र मीतज्यूलाई घर फर्किनका लागि बाटो खर्च जुटाउन बलिराजले आफ्नो राज्यभर चन्दा उठाउन पठाए ।’

पोखरेलले आफूले यो किस्सा अरबी र फारसी पुस्तकमा पाएको तर लिपि दोषका कारण वत्सराजको नाम बहरूज हुन गएको पनि बताएका थिए ।

बलिराजबारे कर्णालीमा धेरै किंवदन्ती सुनिन्छ, तर उनको यो युद्धको किस्सा भने नेपाली इतिहासका दस्तावेजमा भेटिँदैन । ‘खस साम्राज्यको इतिहास’ पुस्तकमा पोखरेलले वत्सराज कल्यालवंशीहरूको उपमा भएकाले वत्सराज र बलिराज बाबु–छोरा नभएर एकै पात्र पनि हुन सक्ने लेखेका छन् ।

पोखरेलका अनुसार बलिराजले सामना गरेका ती कुख्यात लडाकु तैमूर थिए । बलिराजको शासनकाल शुरू हुँदा अर्थात् मङ्गोल योद्धा तैमूरले भारतमा विध्वंस मच्चाइरहेका थिए । तैमूर–इ–लङ्ग र ‘तैमूर द लेम’ अर्थात् लङ्गडो तैमूर भनिने ती लडाकू भारत विजय गर्ने उद्देश्यले हाल उज्वेकिस्तानमा पर्ने समरकन्दबाट आएका र दिल्लीलाई ध्वस्त बनाएर उत्तरतिर लागेका थिए ।

इतिहासको विश्लेषण गर्दा उत्तरी भारतमा तैमूरले गरेको आक्रमणलाई जुम्लाको खस राज्य समेतले सामना गरेको र त्यसकै लागि खर्च उठाउन ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए’ भन्ने देउसी गीत गाउनु सान्दर्भिक देखिन्छ । यद्यपि नेपाली अध्ययनले यसको पुष्टि गर्नु जरूरी छ । – गोपाल पाल्पाली आचार्यको फेसबुक वालबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक