Connect with us
Advertisement

यी हुन् तिहारको कथावस्तु समेटिएका नेपाली चलचित्रका गीतहरु

Published

on

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउने क्रममा हामी छौँ । नेपालीको दोस्रो ठूलो चाड भएको हुनाले तिहारको विषयवस्तुले नेपाली समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको पाइन्छ । यसै क्रममा यहाँ भने तिहारको विषयवस्तु समेटिएका नेपाली चलचित्रको बारेमा उल्लेख गर्न लागिएको हो । नेपाली चलचित्र र नेपाली चलचित्रको गीतमा तिहारको विषयवस्तु समेटिएको प्रशस्तै पाइन्छ ।

धेरै नेपाली चलचित्रमा समावेश भएको तिहारको कथावस्तु सशक्त नै पाइन्छ । केही चलचित्रमा समावेश भएको दृश्य भने सामान्य पाइन्छ । नेपाली चलचित्रमा समावेश भएका गीतमध्ये चलचित्र ‘चिनो’मा रहेको ‘दियो बाली साँझको…’, चलचित्र ‘स्वर्ग’मा रहेको ‘तिहारै आयो लौ झिलिमिली…’ अनि चलचित्र ‘विजय पराजय’ को ‘निधारैमा लर्काएर सप्तरङ्गी टीका…’ बोलका गीत कालजयी गीत हुन् । हरेक वर्ष तिहारमा सबैभन्दा धेरै बज्ने गीतमा यी गीत पर्दछन् ।

चलचित्र ‘चिनो’ मा रहेको ‘दियो बाली साँझको…’ बोलको गीत सदावहार तिहार गीत हो । तिहार मनाइरहेकै बेला चलचित्रको खलपात्र राते काइँला (सुनिल थापा) ले नायकको परिवारमाथि हमला गर्छन् ।

चलचित्र ‘सम्झना’ मा भैले गीत रहेको छ । चलचित्रमा रोगले थला परेकी नायिकाको घरमा भैलिनी आउने मार्मिक दृश्य राखिएको छ ।

चलचित्र ‘स्वर्ग’ मा ‘तिहारै आयो लौ झिलिमिली, भैलेनी आए मागन…’ गीतको कालजयी गीत छ । हरेक वर्ष तिहारमा सबैभन्दा बढी बज्ने गीतमा यो गीत पनि पर्दछ ।

चलचित्र ‘लक्ष्मीपूजा’ तिहारको एउटा महत्वपूर्ण दिन लक्ष्मीपूजाको नाममा राखिए जस्तो लाग्छ । तर यो चलचित्र नायिका लक्ष्मी र पूजाको नाममा राखिएको चलचित्र हो । कृष्टि मैनालीको दोहोरो भूमिका भएको यो चलचित्रकी नायिका लक्ष्मीपूजाको दिन जन्मिएको प्रसंगले तिहारलाई सम्बोधन गरेको छ ।

चलचित्र ‘अन्याय’मा लक्ष्मीपूजाको दिन घरमा दियो बालेर नायिका नाचेको दृश्य राखिएको छ । ‘अधरमा आज उनकै छ गीत…’ बोलको गीतमा

चलचित्र ‘विजय पराजय’मा रहेको ‘निधारैमा लर्काएर सप्तरंगी टीका…’ बोलको गीत पनि चर्चित सदावहार गीत हो ।

चलचित्र ‘माइती’ मा समावेश भएको ‘हाँसेर बोल न बैनी तिहारको बेलैमा…’ भन्दै गाएको गीत राखिएको छ । गीतका शव्दहरु अत्यन्त मार्मिक छन् । यो गीतले दाजुभाई–दिदीबहिनीको माया, प्रेमलाई दर्शाएको छ ।

चलचित्र ‘कोहिनुर’ मा पनि तिहारको गीत समावेश गरिएको छ । ‘ढकमक्क फूल, झलमल्ल बत्ती, घुमा’को रोटी, देउसी र भैले …’ बोलको तिहार गीत पनि चर्चित बन्यो ।

चलचित्र ‘देशदेखि विदेश’मा ‘यसपाली पनि परदेशमै बित्ने भो दशैं तिहार…’ बोलको गीत समावेश गरिएको छ ।

चलचित्र ‘मेरो हजुर’मा पनि तिहारको रौनक दिने एक गीत समावेश छ । चलचित्र ‘पर्खिराख है’ मा पनि तिहारको गीत समावेश छ ।
उता तिहारकै प्रसंगबाट चलचित्र ‘पर्व’ शुरु हुन्छ । तिहारको गीत भने यसमा पाइँदैन ।

 चलचित्र ‘परदेशी’मा पनि तिहारको प्रसंग समावेश गरिएको छ । परदेशमा जेलमा परेको भाइको सम्पूर्ण बाधा हटोस् भन्ने कामनासहित दिदीले ओखर फोरेको प्रसंग निकै मार्मिक छ । ‘मखमली फुल्दा, मार्सी धान झुल्दा….’ बोलको तिहारको गीत यस चलचित्रमा राखिएको छ ।

यो चलचित्रमा ‘ठूलो आँगन माझैमा खेली, नाच बहिनी बेली र चमेली…’ बोलको देउसी गीत पनि यस चलचित्रमा समावेश गरिएको छ ।

चलचित्र ‘काली’मा नायककी दिदीलाई भाइटीकाकै दिन खलनायकले बलात्कार गर्ने दृृश्य छ । तिहारको गीत भने यो चलचित्रमा छैन ।

चलचित्र ‘फिटकिरी’मा पनि तिहारको गीत समावेश गरिएको छ । ‘सेलरोटी परिकार खाएर, मनाऔँ तिहार देउसिरे गाएर…’ बोलको देउसी गीत यस चलचित्रमा समावेश गरिएको छ ।

चलचित्र ‘पाले दाइ’ मा ‘झेलुँला म बर्खे झरी…’ बोलको तिहारको गीत समावेश छ ।

चलचित्र ‘राहदानी’मा ‘साउनको ठूलो भेल पानी पर्यो झम्म झम्म…’ बोलको देउसी गीत रहेको छ ।

चलचित्र ‘बन्दी’मा पनि तिहारको गीत समावेश छ ।

त्यस्तै, ‘निखिल दाइ’ ‘प्यारी बहिनी’, ‘चट्टान’, ‘धर्म’ ‘भाइटीका’, ‘दिदी’ ‘मामाघर’, ‘स्वर्ग’, ‘पछ्यौरी’, ‘पिँजडा’ आदि चलचित्रमा तिहारको परिवेशलाई समेटिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक