Connect with us
Advertisement

दोस्रो राष्ट्रिय उद्यमशील महिला मेलामा निःशुल्क सीप सिक्नेको भीड

Published

on

विराटचोकः इटहरीमा भइरहको दोस्रो राष्ट्रिय उद्यमशील महिला मेलामा आइतबारको चिसो मौसममा नेपाल सङ्घर्षशील महिला समाजका प्रशिक्षकहरु प्रशिक्षार्थीलाई ढक्की तथा झोला बुन्न सिकाइरहेका थिए । थाकलकाे प्रयाेग गरेर हाते झोला बुन्न सिकिरहेका छन् ।

मेला अवधिमा धेरै जनाले तालीम लिएर सफल भएको आयोजकमध्येकी सुमी थापाले बताइन् । प्रशिक्षार्थीहरु पनि जाडोको वास्ता नगरी न्यानो लुगा लगाएर तन, मन दिएर सिकिरहेका र प्रशिक्षकलाई सोधिरहेका थिए । अन्य आगन्तुकतर्फ भन्दा प्रशिक्षकतिर नै उनीहरुको ध्यान थियो ।
चिसो मौसमले गर्दा उल्लेख्य मात्रामा मेलामा अवलोकनकर्ता नआउँदा केही नरमाइलो लागे पनि मेला सोचेजस्तै सफल भएको बताइन् आयोजक संस्थाकी देविका बुढाथोकीले ।

आइतबार केही स्टल खाली देखिए पनि बाँकी स्टलमा भने आगन्तुकको आवतजावत देखिन्थ्यो ।

विराटनगरबाट आएकी जुत्ताचप्पल व्यवसायी चम्पा नेपाल, उर्लाबारीबाट अचार ल्याउने मनिषा पोखरेल, जुम्लाबाट कर्णालीको अर्गानिक खाद्य सामग्री ल्याउने गंगादेवी राउत र पोखराबाट भीरमौरीको मह लिएर आएका आशमान गुरुङले मेलामा उल्लेख्य अवलोकनकर्ता नआए पनि अवलोकनकर्ता आएअनुसार राम्रै व्यापार भएको बताए ।

जुम्लाबाट ३ दिन लगाएर १५ भन्दा बढी किसिमका खाद्यवस्तु लिएर आएकी राउतले पूर्वको लागि थप खाद्यसामग्री मगाएको र यसै साता झापामा लाग्ने मेलामा पनि स्टल राख्ने तयारी गरेको बताइन् । भीरमौरीको मह लिएर आएका गुरुङ भने ल्होसार मनाउन पोखरा फर्किने र काठमाडौंमा हुने मेलामा आउने बताउँदै थिए ।

प्रति केजी ३ हजार ६ सय रुपैयाँमा मह बेचिरहेका उनले मेलामा नबिकेको मह धरानमा अर्गानिक खाद्यसामग्रीको पसल सञ्चालन गर्ने सबिता राईले किन्ने वचन दिएकाले सामान बिकेन भने फिर्ता लैजाने झञ्झटबाट मुक्त रहेको र महङ्गो भए पनि धेरैले भीरमौरीको मह किनेर लगेकोमा खुशी देखिन्थे ।

मेलामा महिला उद्यमीले तयार पारेका विभिन्न वस्तुको स्टल राखिएको छ ।

 

Continue Reading

Facebook Comment

39 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक