प्रतिनिधि सभा निर्वाचन २०७९
डा. सुनिल शर्मासँग चुनावी अभियानमा दिनभर, कोणसभालाई सम्बोधन गर्नुको साथ मत माग्न पुगे घरघर
पथरीशनिश्चरेः मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा रहेका डा. सुनिल शर्मा आइतबार दिनभरमा पथरीशनिश्चरेको वडा नम्बर ८ र ९ मा गरी १० वटा कोणसभामा व्यस्त रहे । उनी कोणसभामा मात्रै सीमित रहेनन् सोही क्रममा मतदाताको घरघरमा पुगेर मत माग्ने काम पनि गरे ।
कोणसभामा बोल्ने पालो नआउँदा वा आफ्नो बोल्ने पालो सकिएपछि कार्यकर्ताका साथमा पुगेर उनी मत माग्न व्यस्त हुन्थे । शर्माले मत मात्रै मागेनन् आफूले उपचार गराएका बिरामी र ज्येष्ठ नागरिकसँग आशीर्वाद पनि मागे । आफूले जितेर गएपछि अझ बढी जनताको सेवा गर्ने बताउँदै सो अवसर दिलाउन उनले मतदातासँग अनुरोध गरे ।

कतै कालोपत्रे त कतै धुलो अनि कतै ग्राभेल बाटोको यात्रा गर्दै आइतबार बिहान ८ बजे उनी वडा नम्बर ८ को सखुवारामा पुगे । खप्तरी बस्नेत बन्धु कुल सुधार समितिको आयोजनामा भएको मतदाता भेटघाटपछि आयोजित सभालाई उनले सम्बोधन गरे । सोही क्षेत्रमा घर भएका शेखरचन्द्र थापा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ३ क बाट प्रदेश सभाका उम्मेद्वार भए पनि बिरामी भएकाले उपचाररत् रहेका छन् । थापाको अनुपस्थितिमा आफू मत माग्न आएको जनाउँदै शर्माले सो क्षेत्रका समस्यामा आफूभन्दा थापा जानकार भएकाले धेरै समस्याको समाधान थापामार्फत् हुने र त्यसमा आफूले सक्दो सहयोग गर्ने जनाए ।
९ बजे वडा नम्बर ९ को पुलचोकमा शर्मा पुग्दा कोणसभा शुरु भइसकेको थियो । सो कोणसभालाई सम्बोधन गर्दै शर्माले जितेर गएका भानुभक्त ढकालले जनताको सेवा गर्नुको साटो भ्रष्टाचार गरेको तर हारेर गए पनि आफूले समाजसेवा गरेको बताए । सुकुम्बासी समस्याको समाधान गर्ने र जितेर गएपछि सचिवालय स्थापना गरेर सचिवालयमार्फत् गुनासा सुन्ने बताए । पैसा नभएर उपचार नपाई मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै सरकारले सो काम गर्न नसके निजी स्वास्थ्य संस्था मार्फत् भए पनि आफूले काम गर्ने उनले बताए ।
वडा नम्बर ९ को महेन्द्रचोकमा भएको कोणसभालाई पौने १० बजे सम्बोधन गरेका शर्मालाई नेपाली हातेमालो संस्थाका प्रतिनिधिले भेट गरे । आफ्नो संस्थाले शर्माको पक्षमा माहोल बनाउने संस्थाका अध्यक्ष टेकबहादुर कटुवालले बताए । शर्माले दीनदुःखीलाई गरेको सहयोग सह्रानीय भएकाले शर्माको पक्षमा जनमत बनाउन लागिपर्ने कटुवालको भनाइ थियो ।
सवा १० बजे वडा नम्बर ९ को मगर टोलको कोणसभालाई सम्बोधन गरेका शर्माले सो टोलमा समस्याको रुपमा रहेको कटान र डुबानको समस्याको समाधान तटबन्ध निर्माणमार्फत् गरिने बताए । पहिलो संविधान सभाका सभासद नेकपा माओवादी केन्द्रका लालबहादुर सुस्लिङ मगरले शर्माको पक्षमा मत मागे ।

११ नबज्दै वडा नम्बर ९ को काङ्सोरे चोकमा भएको कोणसभालाई दोस्रो संविधान सभाका सभासद चण्डीप्रसाद राईले पनि सम्बोधन गरेका थिए । एमालेबाट सभासद बनेका उनी अहिले एकीकृत समाजवादीमा आबद्ध छन् । नेकपा एमालेले बहुमत ल्याए पार्टी अध्यक्ष ओलीले संविधानमाथि नै प्रहार गर्ने खतरा देखिएको उनले आरोप लगाए ।
शर्माले कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ३ मा नेकपा एमालेको क्लीन स्वीप हुने बताए । राजतन्त्र फ्याँके पनि ओलीले निरंकुशताको पराकाष्टामा पुगेर सत्ता चलाएकाले झण्डै दुई तिहाइको सरकार पनि संकटमा परेको उनले सुनाए । अब भानुभक्त ढकालजस्ता ‘टुरिस्ट’ होइन स्थानीय व्यक्तिको नेतृत्वमा गर्व गर्नलायक विकासका काम क्षेत्र नम्बर ३ मा हुने बताउँदै आफूलाई मत दिन उनले अनुरोध गरे ।
वडा नम्बर ९ को अन्तिम कोणसभा साढे ११ बजे शनिश्चरे चोकमा भएको थियो । सभालाई सोही स्थानमा घर भएकी नेकपा माओवादी केन्द्रकी समानुपातिक प्रदेश उम्मेद्वार गीता तिम्सिनाले सम्बोधन गरेकी थिइन् ।
‘यही पल्लाघरको भर्याङबाट सम्बोधन गर्दै टुरिस्ट उम्मेद्वारलाई हराउनुहोस् भनेको थिएँ, तर १९०७ जनाले मान्नुभएन’, शनिश्चरे चोकको पूर्वबाट पश्चिम निरौला किराना पसलतर्फ फर्किएर सम्बोधन गर्दै शर्माले भने, ‘चुनाव जितेर गएपछि काठमाडौंमा बसेका र भ्रष्टाचारमा लिप्त रहेका तिनै नेता अहिले फेरि उम्मेद्वार बनेका छन् । फेरि पनि उनैलाई जिताउने कि हारेर गए पनि निरन्तर परोपकारी काममा लागेको व्यक्तिलाई जिताउने भन्ने मतदाताको हातमा छ ।’
सभालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला तथा क्षेत्र नम्बर ३ की समानुपातिक प्रदेश उम्मेद्वार कृष्णकुमारी बिकले पनि सम्बोधन गरेका थिए ।
वडा नम्बर ८ को सोमबारेमा साढे १ बजे, शुक्रबारे बजारमा सवा ३ बजे, किरात माङहिममा ४ बजे तथा मंगलबारेमा पौने ५ बजे भएका सभालाई शर्माले सम्बोधन गरेका थिए । मंगलबारेको कोणसभालाई प्रतिनिधि सभाका नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार वसन्त भट्टराईले पनि सम्बोधन गरेका थिए । सो सभालाई गीता तिम्सिना, कृष्णकुमारी बिकलगायतले पनि सम्बोधन गरेका थिए ।
सो कोणसभाको समापनपछि पनि शर्मा मतदाताको घरघरमा पुग्दै मत मागेका थिए ।
सम्बन्धित समाचारः
सुनिल शर्माका प्रतिबद्धताः सुकुम्बासी समस्या समाधान, सुलभ स्वास्थ्योपचार र खानेपानीको सहजता

Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login