Connect with us
Advertisement

गैरआवासीय नेपाली संघले गर्याे चियापानको आयोजना

Published

on

काठमाडौंः गैरआवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पूर्ण चाडवाडको अवसरमा काठमाडौंमा रहेका गैरआवासीय नेपालीसँग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमको अध्यक्षता कार्यकारी अध्यक्ष रविना थापाले गरेकी थिइन् । अध्यक्ष डा. बद्री केसीले चियापान कार्यक्रममा सहभागी गैरआवासीय नेपाली तथा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
डा. केसीले प्रवासी नेपाली मञ्च लगायत विदेशमा रहेका अन्य संघ संगठनहरुले संघको अभियानमा सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नको लागि सहकार्य गर्न अनुरोध गरे । गैरआवासीय नेपालीको मुद्दामा सबै राजनीतिक दलका संगठनमा आबद्ध भएर विचार फरक भए पनि सबै जना समान मुद्दामा एकै ठाउँमा आउन अपरिहार्य भएको उनको भनाइ थियो ।

नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित अध्यक्ष संजय थापाले नेपालको समृद्धि तथा विदेशमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने विषयमा मञ्चले जहिले पनि सहयोग गर्ने बताए ।

समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले समावेशी आयोगले सञ्चालन गरेका विधिहरुबारे जानकारी गराउँंदै नेपालको समृद्धिमा सहयोग गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले आफ्नो अभियानमा उठाउँंदै आएका मूल विषयहरु गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, महिला तथा युवा सशक्तिकरण, प्रवासमा बस्ने नेपालीहरुको मतदानको अधिकार लगायतका गतिविधिहरु बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा संघका सहकोषाध्यक्ष यमुना भट्टराई, अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक पुरुषोत्तम बोहरा, पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, पूर्व आइसिसि सदस्यहरु लगायत विभिन्न मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक