Connect with us
Advertisement

विपक्षीलाई हाम्रो कुरा काट्न भ्याईनभ्याई छः भानुभक्त ढकाल

Published

on

बेलबारीः नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागि उम्मेद्वारी दिएका पूर्व स्वास्थ्य तथा कानुनमन्त्री भानुभक्त ढकालले विपक्षी दलका उम्मेद्वारलाई आफ्नो कुरा काट्न भ्याइनभ्याइ रहेको जनाएका छन् ।

‘हामीले गरेको विकास निर्माणको बारेमा मतदातालाई जानकारी दिन भ्याइनभ्याई छ’, अन्य उम्मेद्वारप्रति लक्षित गर्दै उनले भने, ‘अरु दलका साथीलाई हाम्रो कुरा काट्न भ्याइनभ्याई छ ।

योे चुनावको लडाइँ भनेको विकासविरोधी गठबन्धन र विकासको पक्षमा रहेको एमालेबीच भएको समेत उनले बताएका छन् । बेलबारी नगरपालिका वडा नम्बर २ लालभित्तीमा भएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । पछिल्लो समय विपक्षी उम्मेद्वारले आफूविरुद्ध विभिन्न लाञ्छनायुक्त गाली गर्दै भोट मागेको भनी सामाजिक सञ्जालमा आइरहेको प्रतिक्रियाप्रति ढकालले यस्तो टिप्पणी गरेका हुन् ।

उम्मेद्वार ढकालले एमाले विरोधीलाई जनताले मंसिर ४ गते तह लगाउने बताए । स्थानीय, प्रदेश र संघीय सरकार एउटै पार्टीले जिते विकासमा तारतम्य मिल्ने भएकाले यो क्षेत्रको विकासलाई उन्नत र अग्रगतिमा लानका लागि मतदाता सूर्यमा भोट हाल्न आतुर रहेको समेत उनको जिकिर थियो ।

यस्तै, आफू मन्त्री हुँदा भएका विकासका बारेमा आम सर्वसाधारणलाई जगजाहेर भएकाले पनि एमालेको जीत निश्चित रहेको र विपक्षी पार्टीका उम्मेद्वारको चुनावी एजेन्डा नभएकाले नै आफ्नो विरोध मात्रै गर्ने गरेको उनले बताए ।

मोरङको क्षेत्र नम्बर ३ मा वर्तमान सांसद एमालेका ढकालका साथै नेपाली काङ्ग्रेसका सुनिल शर्मा र राप्रपा नेतृ रेखा थापाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य

Published

on

आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।

सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।

काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।

ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।

ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।

पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।

Continue Reading

Banner

मास्टर्नी’मा प्रियंकाको नयाँ अवतार, भन्छिन्– ‘जोखिम नलिए नयाँ जेनेरा स्थापित हुँदैन’

Published

on

करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा प्रियंका पनि थपिएकी छिन् । उनको डेब्यू निर्माण रहेको फिल्म ‘मास्टर्नी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अब उनी नायिकासँगै निर्माता पनि भएकी छिन् ।

डिमान्डको ग्राफ ओरोलो लागेपछि नायिकाहरू निर्माणमा होमिने ट्रेन्डलाई प्रियंकाले पनि निरन्तरता दिएकी हुन् । पछिल्लो समय प्रियंकाले फिल्म नै पाएकी छैनन् भन्दा पनि हुन्छ । वर्षमा एकाध फिल्म गरेकी हुन्छिन्, त्यो पनि फ्रेस मेकरहरूको ।

सन् २०१४ देखि ०१९ सम्म उनको प्राइम समय हो । सन् २०१८ मा उनका ११ वटा फिल्म प्रदर्शनमा आए । त्यस वर्षको अप्रिलमा उनका तीन फिल्मसम्म प्रदर्शनमा आए । यही वर्षको लगातर फ्लपले उनको प्राइम सकिएको विश्लेषण हुने गर्छ ।

प्राइमबाट छायामा रहेको करिअर फेरि चम्काउने कोशिषको उपज हो– मास्टर्नी । प्रियंका स्वयं यो टिप्पणी गर्न छुट दिन्छिन् । ‘होइन’ भनेर खण्डन गर्ने आधार पनि छैन । कुनै समय प्रियंकाको वर्षमा ११ वटा फिल्म रिलिज हुन्थे । सन् २०२० पछिका ६ वर्षमा उनका ११ वटा फिल्म पनि रिलिज भएका छैनन् । केही फिल्ममा त उनी सहायक भूमिकामा सीमित भएकी छिन् ।

रिक्स जनराबाट डेब्यू

पछिल्लो समय हेर्ने हो भने बक्स अफिसमा फिल्म हिट हुनै सकस छ । फ्लपदर ९५ प्रतिशतभन्दा माथि छ । यो अवस्थामा फिल्म निर्माण आफैँमा जोखिम हो ।

अहिले जुन फिल्म हिट बनेका छन्, ती पारिवारिक कथामा बनेका छन् । दर्शकलाई रुवाउने फिल्म नै हिट बनेका छन् ।

हलमा ‘रोनाधोना’ चलिरहेको बेला प्रियंका क्राइम थिल्लर जनराको फिल्म लिएर आएकी छिन् । यो जनरामा बनेका फिल्म नेपालमा व्यापारिक रुपमा सफल नै भएका छैनन् ।

प्रियंका भन्छिन्, ‘नेपालमा सबै किसिमको जनरामा फिल्म बन्नुपर्छ । अहिले धेरैले फरक जनरामा फिल्म बनाउने आँट नै गर्नु हुँदैन । किनकि, अहिले अर्कै किसिमका फिल्म चलिरहेका छन् ।’

अर्थात्, हलमा के बिकिरहेको छ भन्ने प्रियंकालाई थाहा छ । तर, उनले रिक्स नै लिएकी हुन् । यो फिल्म हिट भएको अवस्थामा प्रियंका बजारलाई फरक धारमा ढाल्ने नायिकाको उदाहरणमा बन्न सक्छिन् । तर, यो सहज छैन । जुन कुरा उनी आफैँ स्वीकार गर्छिन् ।

कन्फिडेन्ट प्रियंका

‘मास्टर्नी’को शीर्ष नायिका प्रियंका नै हुन् । मुख्य निर्माता पनि उनै हुन् । यो फिल्मको व्यापार उनको प्रतिष्ठासँग मात्रै सीमिति छैन, आर्थिक पक्षसँग पनि जोडिन्छ । हिट भए– दुवै हातमा लड्डु । फ्लप भए– चिल्लै ।

नेपालमा पारिवारिक फिल्म मात्रै सुपरहिट छन् । यस अर्थमा ‘मास्टर्नी’लाई सेन्सरमै झट्का लागेको छ, एडल्ट सर्टिफिकेट पाएको छ । अर्थात्, १६ वर्षभन्दा कम उमेरका दर्शकले यो फिल्म हेर्न पाउने छैनन् । यसले पनि ठूलो संख्यामा दर्शक कटौती हुने देखिन्छ ।

तर, प्रियंका फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा झन् कन्फिडेन्ट देखिएकी छिन् । सेन्सरप्रति उनको कुनै आपत्ति छैन ।

उनी भन्छिन्, ‘फिल्मले पाएको सर्टिफिकेटबाट खुसी छु । म आफैँले पनि त्यही चाहेको थिएँ । फिल्ममा धेरै हत्या र हिंसाका दृश्य छन् । त्यसका लागि एडल्ट सर्टिफिकेट नै चाहिन्थ्यो । इच्छा त लाग्छ नि, बच्चाबच्चीलाई पनि लगेर देखाऊँ भन्ने । तर, सबै कुरा सबैका लागि हुँदैन । यो जुन जनरामा बनेको छ, त्यसमा प्रायः फिल्मले एडल्ट सर्टिफिकेट नै पाउँछन् ।’

प्रियंकाको यो अभिव्यक्तिबाट पनि उनलै बुझेरै क्राइम थिल्लर जनरा रोजेको प्रष्ट हुन्छ । अर्थात्, उनी राम्रो कथाको खोजी गर्दा गर्दा यो जनरामा फसेकी होइनन् ।

तथापि, क्राइम थिल्लर प्रियंकाको प्रिय जनारा भने हो । आफूलाई मन पर्ने जनारबाट डेब्यू गर्नु व्यवसायसिक रुपमा घातक पनि हुन सक्छ ।

नेपाली बजारमा थप अर्को जनारमा स्थापित गर्ने उद्देश्यले आफूले ‘मास्टर्नी’ बनाएको प्रियंकाको तर्क छ । अर्थात्, उनले यस फिल्मबाट आर्थिक र प्रतिष्ठाको लाभ मात्रै होइन बजारको धार परिवर्तन गर्ने महत्वकांक्षा पनि लिएकी छिन् ।

उनी भन्छिन्, ‘हामी अलिकति भए पनि फिल्म बुझेको मान्छेले यो रिक्स लियौँ भने अरु धेरैलाई फरक जनरामा फिल्म बनाउन आँट आउँछ भनेर पनि हो ।’

‘के बिक्छ’ भनेर थाहा पाएकी नायिका प्रियंकाले ‘क्राइम थिल्लर’ जनारमा देखाएको कफिन्डेन्ड असामान्य छ ।

यसरी फरक जनरामा कन्फिडेन्ट राख्ने मेकरहरू बजारकै यथावत धारमा फर्किएको उदाहरण पनि टन्नै छन् । अब प्रियंकाको हकमा के होला ? भदौ ५ पछिको बक्स अफिस रिपोर्टले यसको जवाफ दिने नै छ ।

Continue Reading

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक