प्रतिनिधि सभा निर्वाचन २०७९
कांग्रेसमा विवाद छैनः ललित श्रेष्ठ र शिवप्रसाद ढकाल
विराटचोकः गत वर्ष भएको पार्टीको महाधिवेशन तथा यसै वर्ष भएको स्थानीय तहको निर्वाचनका क्रममा नेपाली कांग्रेस मोरङमा केही विवाद देखिएको थियो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेसभित्र विवाद र अन्तर्घात हुन लागेको भनी हल्ला हुन थालेपछि पार्टीभित्र त्यस्तो कुनै पनि विवाद नहुने कांग्रेसका दुई नेताले प्रष्ट पारेका छन् ।
आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस मोरङका जिल्ला सचिव ललित श्रेष्ठ र सुन्दरहरैंचाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पार्टीभित्र कुनै अन्तरविरोध नभएको प्रष्ट पारेका छन् । भ्रममा नपर्न र एकजुट भएर प्रचारप्रसारमा लागेर गठबन्धनका उम्मेद्वारलाई जिताउन उनीहरुले आग्रह गरेका छन् ।
‘हामी डे वानदेखि चुनावी मैदानमा छौँ’, आफूहरु शुरुदेखि नै चुनावी प्रचारप्रसारको अभियानमा रहेको उल्लेख गर्दै ढकालले भने, ‘लिडरसिप टाइपको साथीहरु लिडरसिप गर्ने तरिकाले, तल ग्राउण्डमा काम गर्ने साथीहरु सबै आआफ्नो ढङ्गले आफ्नो भूमिका अनुसार काम गरिरहनुभएको छ । कांग्रेस ३ नम्बर क्षेत्रमा ‘युनाइट’ छ, युनाइट्ली मुभमेन्ट चलाइरहेको छ र मंसिर ४ पछिको परिणामको पखाईमा छौँ ।’
एकताका साथ एक जना कार्यकर्ता पनि विचलित नहुने गरी अभियान चलाइरहेको बताउँदै ढकालले गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।
उता, नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ जिल्लाको चुनावी अभियानको क्रममा केही भ्रम सिर्जना भए अनुगमन गरेर त्यसको निराकरण गर्ने काम हुने बताए ।
क्षेत्र नम्बर ३ मा मात्रै नभएर जिल्लाभर नै कांग्रेसमा विवाद र मतभेद नरहेको प्रष्ट पारे । गठबन्धनका विरुद्धमा अनर्गल प्रचार भइरहेको भन्दै गठबन्धनका सबै दलका कार्यकर्ताले त्यस्ता भ्रम चिर्न लाग्नुपर्ने बताए ।
वडास्तरीय, पालिकास्तरीय र क्षेत्रीयस्तरीय अनुगमन समिति बनाएर काम भइरहेको श्रेष्ठको भनाइ छ । क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक बाम गठबन्धन एक रहेको हुनाले कसैले पनि भ्रममा नपरी गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले अनुरोध गरे ।
ढकाल र श्रेष्ठको भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस् ।
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/673552510803558
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/1106288766745509

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login