शिक्षा / स्वास्थ्य
२२ महिनाअघि शिलान्यास गरेको प्रदेशसस्तरीय अस्पतालको भवन निर्माण स्थलमा कृषि बाली
विराटचोकः २०७७ साल मंसिर १५ गते देशभर ३ सयभन्दा बढी अस्पताल नेकपा एमालेको सरकारले शिलान्यास गर्याे । त्यसबेला सरुवा रोगको उपचारको लागि सुन्दरहरैंचामा पनि प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुने तयारी थियो । तर, विविध कारणले सो दिन सुन्दरहरैंचामा अस्पतालको शिलान्यस हुन नसकेपछि दुई महिनापछि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले २०७७ साल माघ १९ गते सो अस्पतालको शिलान्यास गरेका थिए ।
सुन्दरहरैंचाको वडा नम्बर ११ कर्जुनामा शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेशस्तरीय अस्पताल सुन्दरहरैंचामा बन्नु सामान्य विषय नभएको बताएका थिए । ५० बेडको सो अस्पतालका लागि संघीय सरकारले सोही आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन गरेको र जम्मा २५ करोड रुपैयाँ संघीय सरकारले दिने उनको भनाइ थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा अस्पताल बन्ने भएकाले ५० वर्षका लागि प्रदेश सरकारले जग्गा भाडामा लिएको र प्राविधिक पक्षको जिम्मा प्रतिष्ठानले लिने गरी सम्झौता भएको ढकालले प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा आफ्नो धारणा राखेका थिए ।
आफू कानुन मन्त्री र स्वास्थ्य मन्त्री हुँदा मात्रै होइन पर्यटन मन्त्री हुँदा पनि धेरै राम्रा काम गरेको उनले बताएपछि कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले अस्पताल शिलान्यास हुनुमात्रै ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन महत्वपूर्ण विषय भएको बताएका थिए ।
उता, विशिष्ट अतिथि प्रदेशका सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार र प्रतिष्ठानबीच सहकार्य भएकाले अस्पताल सञ्चालनमा कुनै समस्या नहुने बताएका थिए । संघीय सरकारले दिएको बजेट अपुग भएमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

प्रदेश सांसद राजकुमार ओझाले अस्पताल मात्रै नभएर उत्कृष्ट ल्याब सञ्चालन गर्नुका साथै औषधी उत्पादनमा पनि ध्यान दिने भनाइ राखेका थिए ।
प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले अस्पताल सञ्चालनका लागि छुट्टै समिति प्रदेश सरकार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समन्वय गरेर बनाइने र यसका लागि प्रतिष्ठान र प्रदेश सरकारबीच हस्ताक्षर भइसकेको उल्लेख गरेका थिए ।
कार्यक्रमका सभापति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १ वर्षभित्रमा अस्पताल बनिसक्ने प्रतिबद्धता जनाएका थिए ।
सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले ठूला शहरभन्दा बाहिर यस्ता ठूला योजना बन्नाले पछाडि पारिएको क्षेत्रको पनि विकास हुने बताएका थिए ।
यति धेरै विशिष्ट व्यक्तिले यसरी दमदार आवाजमा भाषण गरे पनि त्यसपछि सो अस्पताल बन्दै बनेन । त्यसपछि कोही पनि सो स्थानमा फर्किएर कुनै नेता नआएको स्थानीय बताउँछन् ।
अहिले सो स्थानमा तोरी छर्न ठिक्क पारिएको छ । अस्पताल शिलान्यास गर्न पनि तोरी मासेर औपचारिक कार्यक्रम गरिएको थियो । शिलान्यास गर्न कहाँ खाडल खनिएको थियो र कहाँ शिला राखिएको थियो केही पनि नदेखिने स्थानीयको भनाइ छ ।
अस्पताल बन्ने आशमा धेरैले सो स्थानमा महङ्गो दाममा घडेरी पनि किनेका थिए । उनीहरु अहिले पछुताइरहेका छन् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login