Connect with us
Advertisement

२२ महिनाअघि शिलान्यास गरेको प्रदेशसस्तरीय अस्पतालको भवन निर्माण स्थलमा कृषि बाली

Published

on

विराटचोकः २०७७ साल मंसिर १५ गते देशभर ३ सयभन्दा बढी अस्पताल नेकपा एमालेको सरकारले शिलान्यास गर्याे । त्यसबेला सरुवा रोगको उपचारको लागि सुन्दरहरैंचामा पनि प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुने तयारी थियो । तर, विविध कारणले सो दिन सुन्दरहरैंचामा अस्पतालको शिलान्यस हुन नसकेपछि दुई महिनापछि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले २०७७ साल माघ १९ गते सो अस्पतालको शिलान्यास गरेका थिए ।

सुन्दरहरैंचाको वडा नम्बर ११ कर्जुनामा शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेशस्तरीय अस्पताल सुन्दरहरैंचामा बन्नु सामान्य विषय नभएको बताएका थिए । ५० बेडको सो अस्पतालका लागि संघीय सरकारले सोही आर्थिक वर्षमा ८ करोड रुपैयाँ विनियोजन गरेको र जम्मा २५ करोड रुपैयाँ संघीय सरकारले दिने उनको भनाइ थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको १५ बिघा जग्गामा अस्पताल बन्ने भएकाले ५० वर्षका लागि प्रदेश सरकारले जग्गा भाडामा लिएको र प्राविधिक पक्षको जिम्मा प्रतिष्ठानले लिने गरी सम्झौता भएको ढकालले प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा आफ्नो धारणा राखेका थिए ।

आफू कानुन मन्त्री र स्वास्थ्य मन्त्री हुँदा मात्रै होइन पर्यटन मन्त्री हुँदा पनि धेरै राम्रा काम गरेको उनले बताएपछि कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले अस्पताल शिलान्यास हुनुमात्रै ठूलो कुरा नभएको बताउँदै कार्यान्वयन महत्वपूर्ण विषय भएको बताएका थिए ।

उता, विशिष्ट अतिथि प्रदेशका सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार र प्रतिष्ठानबीच सहकार्य भएकाले अस्पताल सञ्चालनमा कुनै समस्या नहुने बताएका थिए । संघीय सरकारले दिएको बजेट अपुग भएमा प्रदेश सरकारले पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।

प्रदेश सांसद राजकुमार ओझाले अस्पताल मात्रै नभएर उत्कृष्ट ल्याब सञ्चालन गर्नुका साथै औषधी उत्पादनमा पनि ध्यान दिने भनाइ राखेका थिए ।

प्रदेश सरकारका प्रमुख सचिव दिनेश भट्टराईले अस्पताल सञ्चालनका लागि छुट्टै समिति प्रदेश सरकार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समन्वय गरेर बनाइने र यसका लागि प्रतिष्ठान र प्रदेश सरकारबीच हस्ताक्षर भइसकेको उल्लेख गरेका थिए ।

कार्यक्रमका सभापति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले १ वर्षभित्रमा अस्पताल बनिसक्ने प्रतिबद्धता जनाएका थिए ।

सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले ठूला शहरभन्दा बाहिर यस्ता ठूला योजना बन्नाले पछाडि पारिएको क्षेत्रको पनि विकास हुने बताएका थिए ।

यति धेरै विशिष्ट व्यक्तिले यसरी दमदार आवाजमा भाषण गरे पनि त्यसपछि सो अस्पताल बन्दै बनेन । त्यसपछि कोही पनि सो स्थानमा फर्किएर कुनै नेता नआएको स्थानीय बताउँछन् ।

अहिले सो स्थानमा तोरी छर्न ठिक्क पारिएको छ । अस्पताल शिलान्यास गर्न पनि तोरी मासेर औपचारिक कार्यक्रम गरिएको थियो । शिलान्यास गर्न कहाँ खाडल खनिएको थियो र कहाँ शिला राखिएको थियो केही पनि नदेखिने स्थानीयको भनाइ छ ।

अस्पताल बन्ने आशमा धेरैले सो स्थानमा महङ्गो दाममा घडेरी पनि किनेका थिए । उनीहरु अहिले पछुताइरहेका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक