प्रतिनिधि सभा निर्वाचन २०७९
संयमित भएर गछियामा गरे प्रचण्डले भाषण, गरेनन् कसैलाई गाली
विराटचोकः चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा विभिन्न जिल्लामा पुग्ने क्रममा सुन्दरहरैंचाको गछियामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयमता अपनाएका छन् । विपक्षीलाई र विशेष गरी पछिल्लो समय नेकपा एमालेलाई गाली गर्ने गरेका प्रचण्डले गछियामा भने संयमता अपनाएका छन् ।
कार्यक्रमको शुरुमै उनले आयोजकको व्यवस्थापन पक्षको सह्राना गरे । ‘यो व्यवस्थित र आकर्षक चुनावी सभाका सभाध्यक्ष महोदय,’ भाषणको शुरुवात्मा यसरी भाषण गरेका प्रचण्डले आफ्नो १४ मिनेट लामो भाषणमा कसैलाई गाली गरेनन् । ‘यहाँहरु सबैलाई म अभिवादन गर्न चाहन्छु । जय नेपाल लालसलाम ।’
आफ्नो भाषणको अन्त्यमा पनि उनले भने, ‘जय नेपाल । लाल सलाम ।’
गठबन्धनका कारण अहिले देशभर गठबन्धनका बाम घटकले पनि जय नेपाल भन्ने गरेको र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पनि लाल सलाम भन्ने गरेको भन्दै शान्ति सम्झौतापछि नै आफूले जय नेपाल र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लाल सलाम भनेको स्मरण गराउँदै उनले भावनात्मक सम्बन्ध स्थापित गर्न खोजे ।
‘यो जय नेपाल र लाल सलाम भन्ने अहिले देशभर चलेको छ’, उनले विस्तृत शान्ति सम्झौतापछिको घटना स्मरण गर्दै भने, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मैले गिरिजाबाबुतिर फर्केर जय नेपाल भनेको हुँ र गिरिजाबाबुले पनि मपट्टी फर्किएर लाल सलाम भन्नुभएको हो ।’ जति बेला कांग्रेस र कम्युनिष्ट मिले त्यसबेला देशमा ठूला क्रान्ति सफल भएका तर उनीहरु नमिल्दा देशमा समस्या देखिएको उनको भनाइ थियो ।
‘जुन दिन १२ बुँदे शान्ति सम्झौताको दायाँतिर गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभयो, बायाँतिर मैले हस्ताक्षर गरेँ । त्यो दिन प्रतीकात्मक रुपमा मैले रुख चिह्नमा छाप लगाएको हो र गिरिजाबाबुले कोइरालाले हँसिया हथौडामा छाप लगाउनुभएको हो’, आफ्नो भाषणमा मिठास ल्याउँदै उनले भने, ‘त्यसकारण हामीले रुख र हँसिया हथौडाको साथ छुट्नुहुँदैन ।’
मंसिर ४ गतेको निर्वाचन जनमत संग्रहजस्तै रहेको पनि उनले जनाए । जनतालाई अधिकार दिलाएको वर्तमान संविधानपछि देशले समृद्धिको यात्रा तय गर्छ भन्ने भए पनि आफूले प्रस्ताव गरेका व्यक्ति प्रधानमन्त्री हुँदा संविधान धरापमा परेको बताए । अहिलेको गठबन्धन देशलाई स्थायित्व दिन चाहने र देशलाई पछाडि फर्काउनेबीचको लडाइँको रुपमा रहेको उनको भाइ थियो । संविधानको रक्षा गर्न संयुक्त लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउनुपर्ने उनले औँल्याए ।
नेपालको पूर्वी क्षेत्र सचेत मतदाता बस्ने क्षेत्र भएको बताउँदै सचेत मतदाताले विवेकपूर्ण ढङ्गले मतदान गर्नुपर्ने उनको भनाइ थियो ।
देशमा राजनीतिक परिवर्तन धेरै भए पनि आर्थिक समृद्धिबिनाको परिवर्तनको औचित्य नदेखिएको उल्लेख गरे । आर्थिक समृद्धिका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको उनले बताए ।
गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ मा उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको ‘दाहिने हात’ भन्दै १२ बुँदे शान्ति सम्झौता गराउनमा डा. शेखर कोइरालाको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । इमान्दार नेताको रुपमा शेखर कोइराला रहेको भनी आफूले मूल्याङ्कन गरेको उनले सुनाए ।
संघमा कांग्रेसका नेता शेखर कोइराला र प्रदेशमा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई जिताउन उनले मतदातासमक्ष अनुरोध गरे ।
पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गरेर सञ्चालन गर्ने उनले जनाए ।
गछिया र बुढी खोलाको तटबन्धनका लागि विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउन आफू तयार रहेको उनले सुनाए ।
सुकुम्बासी समस्या समाधानका साथै आदिवासी, दलित, जनजातिलगायतका मुद्दाको सम्बोधन गर्न पनि गठबन्धन तयार रहेको उनले सुनाए ।
‘संविधानको रक्षा नेकपा एमालेले गर्न नसक्ने’ भनी घुमाउरो भाषामा भन्नुबाहेक एमालेलाई सिधै गाली नगरी भाषण सकेका उनको भाषण कला एमालेका मत तान्ने रणनीतिको रुपमा रहेको बुझिन्छ ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login