Connect with us
Advertisement

संयमित भएर गछियामा गरे प्रचण्डले भाषण, गरेनन् कसैलाई गाली

Published

on

विराटचोकः चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा विभिन्न जिल्लामा पुग्ने क्रममा सुन्दरहरैंचाको गछियामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयमता अपनाएका छन् । विपक्षीलाई र विशेष गरी पछिल्लो समय नेकपा एमालेलाई गाली गर्ने गरेका प्रचण्डले गछियामा भने संयमता अपनाएका छन् ।

कार्यक्रमको शुरुमै उनले आयोजकको व्यवस्थापन पक्षको सह्राना गरे । ‘यो व्यवस्थित र आकर्षक चुनावी सभाका सभाध्यक्ष महोदय,’ भाषणको शुरुवात्मा यसरी भाषण गरेका प्रचण्डले आफ्नो १४ मिनेट लामो भाषणमा कसैलाई गाली गरेनन् । ‘यहाँहरु सबैलाई म अभिवादन गर्न चाहन्छु । जय नेपाल लालसलाम ।’

आफ्नो भाषणको अन्त्यमा पनि उनले भने, ‘जय नेपाल । लाल सलाम ।’

गठबन्धनका कारण अहिले देशभर गठबन्धनका बाम घटकले पनि जय नेपाल भन्ने गरेको र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पनि लाल सलाम भन्ने गरेको भन्दै शान्ति सम्झौतापछि नै आफूले जय नेपाल र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लाल सलाम भनेको स्मरण गराउँदै उनले भावनात्मक सम्बन्ध स्थापित गर्न खोजे ।

‘यो जय नेपाल र लाल सलाम भन्ने अहिले देशभर चलेको छ’, उनले विस्तृत शान्ति सम्झौतापछिको घटना स्मरण गर्दै भने, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मैले गिरिजाबाबुतिर फर्केर जय नेपाल भनेको हुँ र गिरिजाबाबुले पनि मपट्टी फर्किएर लाल सलाम भन्नुभएको हो ।’ जति बेला कांग्रेस र कम्युनिष्ट मिले त्यसबेला देशमा ठूला क्रान्ति सफल भएका तर उनीहरु नमिल्दा देशमा समस्या देखिएको उनको भनाइ थियो ।

‘जुन दिन १२ बुँदे शान्ति सम्झौताको दायाँतिर गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभयो, बायाँतिर मैले हस्ताक्षर गरेँ । त्यो दिन प्रतीकात्मक रुपमा मैले रुख चिह्नमा छाप लगाएको हो र गिरिजाबाबुले कोइरालाले हँसिया हथौडामा छाप लगाउनुभएको हो’, आफ्नो भाषणमा मिठास ल्याउँदै उनले भने, ‘त्यसकारण हामीले रुख र हँसिया हथौडाको साथ छुट्नुहुँदैन ।’

मंसिर ४ गतेको निर्वाचन जनमत संग्रहजस्तै रहेको पनि उनले जनाए । जनतालाई अधिकार दिलाएको वर्तमान संविधानपछि देशले समृद्धिको यात्रा तय गर्छ भन्ने भए पनि आफूले प्रस्ताव गरेका व्यक्ति प्रधानमन्त्री हुँदा संविधान धरापमा परेको बताए । अहिलेको गठबन्धन देशलाई स्थायित्व दिन चाहने र देशलाई पछाडि फर्काउनेबीचको लडाइँको रुपमा रहेको उनको भाइ थियो । संविधानको रक्षा गर्न संयुक्त लोकतान्त्रिक वाम गठबन्धनलाई जिताउनुपर्ने उनले औँल्याए ।

नेपालको पूर्वी क्षेत्र सचेत मतदाता बस्ने क्षेत्र भएको बताउँदै सचेत मतदाताले विवेकपूर्ण ढङ्गले मतदान गर्नुपर्ने उनको भनाइ थियो ।

देशमा राजनीतिक परिवर्तन धेरै भए पनि आर्थिक समृद्धिबिनाको परिवर्तनको औचित्य नदेखिएको उल्लेख गरे । आर्थिक समृद्धिका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको उनले बताए ।

गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ मा उम्मेद्वार रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई गिरिजाप्रसाद कोइरालाको ‘दाहिने हात’ भन्दै १२ बुँदे शान्ति सम्झौता गराउनमा डा. शेखर कोइरालाको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । इमान्दार नेताको रुपमा शेखर कोइराला रहेको भनी आफूले मूल्याङ्कन गरेको उनले सुनाए ।

संघमा कांग्रेसका नेता शेखर कोइराला र प्रदेशमा माओवादी केन्द्रका नेता जीवन आचार्यलाई जिताउन उनले मतदातासमक्ष अनुरोध गरे ।

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गरेर सञ्चालन गर्ने उनले जनाए ।

गछिया र बुढी खोलाको तटबन्धनका लागि विशेष कार्ययोजना बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउन आफू तयार रहेको उनले सुनाए ।

सुकुम्बासी समस्या समाधानका साथै आदिवासी, दलित, जनजातिलगायतका मुद्दाको सम्बोधन गर्न पनि गठबन्धन तयार रहेको उनले सुनाए ।

‘संविधानको रक्षा नेकपा एमालेले गर्न नसक्ने’ भनी घुमाउरो भाषामा भन्नुबाहेक एमालेलाई सिधै गाली नगरी भाषण सकेका उनको भाषण कला एमालेका मत तान्ने रणनीतिको रुपमा रहेको बुझिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक