प्रदेश सभा निर्वाचन २०७९
परिचय बदल्ने कोशिसमा दिलीपकुमार राई
पथरीः पथरीशनिश्चरेका निवर्तमान मेयर दिलीपकुमार राई नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यमा उम्मेद्वार रहेका छन् ।
२०४२ सालमा अनेरास्ववियु खोटाङको सचिव हुँदै अध्यक्षको जिम्मेवारी वहन गरी उनी वि.सं. २०४३ सालमा अध्ययनको सिलसिलामा मोरङको पथरीमा झरे । काका राजबहादुर राईसँग बसेर पथरीमा अध्ययन सँगसँगै राजनीतिमा लागेका उनी २०४३–२०४६ मा वाम गठबन्धनको आन्दोलनमा सक्रिय हुन पुगे ।
वि.सं. २०४८ मा नेकपा एमाले पथरी गाउँ कमिटीको सदस्य भएका उनी तीन कार्यकाल से पदमा रहे । इलाका कमिटीको २ कार्यकाल र एक कार्यकाल क्षेत्रीय कमिटीमा रहँदै जिल्ला कमिटीमा ३ कार्यकाल बिताएका उनी हाल नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका छन् भने नगरको निवर्तमान नगर प्रमुख हुन् ।
प्रदेश सभा निर्वाचन २०७९ को लागि प्रतिबद्धतापत्र लिएर चुनावी मैदानमा आएका उनी प्रदेश संसदमा आफ्ना योजना लिएर जान तयार देखिन्छन् ।
आफू नगर प्रमुख हुँदा गरेको कामको आधारमा मोरङ क्षेत्र नं. ३ (क) मा प्रदेशका सम्भव हुने योजनाहरु मात्र समावेश गरिएको उनी बताउँछन् । पाँच वर्षे प्रतिवद्धता–२०७९ मा आधुनिक र व्यवसायिक कृषि, कृषि उत्पादनबाटै दिगो समृद्धि, यथेष्ट र अटुट सिँचाइ, पक्की सडक, पुल र यातायात, पर्याप्त र अटुट ऊर्जा तथा विद्युत, स्वच्छ, सुन्दर वन तथा वातावरण, सर्वसुलभ जनस्वास्थ्य लगायतका काम गराउने उनले वाचा गरेका छन् ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login