Connect with us
Advertisement

चुनावको अघिल्लो दिन गछिया प्रहरीले नियन्त्रणमा लियो ८० बोरा चामल

Published

on

विराटचोकः गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज बिहान सो चामल प्र १ ०२ ००२ च ४७९० नम्बरको बोलेरोमा राखेर त्यहाँबाट अन्यत्र लान खोजेपछि स्थानीयले अवरोध गरेर प्रहरीलाई जानकारी गराएका थिए ।

इन्स्पेक्टर मीनादेवी राईका अनुसार नियन्त्रणमा लिइएको चामलको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

स्थानीयले भने चुनावको समयमा मतदाता प्रभावित पार्न मतदातालाई बाँड्न सो चामल ल्याइएको अनुमान गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज विदेशी मुद्राको विनिमय दर कति ?

Published

on

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

Continue Reading

Banner

साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

Published

on

साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

Continue Reading

Banner

आज – ०६ बैशाख २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तका बीचमा खटपट र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सफल यात्राको योग पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक