Connect with us
Advertisement

आफैंलाई भोट हाल्न नपाउने उम्मेद्वारहरु

Published

on

विराटचोकः आइतबार हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले उनीहरुले आफूले आफैँलाई मत दिन नपाउने भएका हुन् ।

झापा–५ मा उम्मेद्वार रहेका पूर्व प्रधानमन्त्री केपी ओलीले आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली भक्तपुर–२ मा छ ।

चितवनबाट गोरखा–२ गएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली उनी यसअघि निर्वाचित भएको क्षेत्र चितवन–३ मा रहेको छ ।

त्यस्तै, पूर्व सभामुख ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न पाउँदिनन् । काठमाडौं–२ मा उम्मेद्वार रहेकी घर्तीको मतदाता नामावली रोल्पामा छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । झापा–३ बाट उम्मेदवार रहेका सिटौलाको मतदाता नामावली भने झापा–१ मा छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन् । मोरङ–६ मा उम्मेद्वार रहेका उनको नामावली भने मोरङ–४ मा छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूलाई मत दिन पाउने छैनन् । केसी बाग्लुङ–१ मा उम्मेदवार छन् भने उनको मतदाता नामावली रुपन्देहीमा छ ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ मा उम्मेद्वार रहेका छन् । उनको मतदाता नामावली भने मोरङ–५ मा छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि आफूलाई मत दिन पाउने छैनन् । महोत्तरी–३ बाट उम्मेदवारी दिएका ठाकुरको नामावली सर्लाही–१ मा छ ।

कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना मकवानपुर–१ बाट उम्मेदवार छिन् भने उनको मतदाता नामावली मकवानपुर–२ मा छ ।

काठमाडौं–५ मा उम्मेद्वार रहेका नेपाली कांग्रेसका प्रदीप पौडेलको नामावली तनहुँ–२ मा छ ।

यसपटक सिन्धुपाल्चोक–२ बाट उम्मेद्वार बनेका मोहन बस्नेतको नामावली सिन्धुपाल्चोक–१ मा छ ।

माओवादी नेताहरु देवेन्द्र पौडेल बाग्लुङ–२ बाट उम्मेद्वार छन् । उनको नामावली बाग्लुङ–१ मा छ ।

काठमाडौं–९ की माओवादी उम्मेद्वार कल्पना धमलाको नामावली धादिङ–१ मा छ ।

एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि आफूलाई मत दिन नपाउने भएका हुन् । मकवानपुर–२ मा उम्मेद्वार रहेका उनको नामावली भने मकवानपुर–१ मा रहेको छ ।

लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पनि आफूलाई मत दिन पाउने छैनन् । पर्सा–१ मा उम्मेदवार रहेका उनको नामावली भने पर्सा–४ मा छ । उनी यसअघि पनि पर्सा–४ बाटै निर्वाचित भएका थिए ।

एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत दिन पाउने छैनन् । झापा–१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा–२ मा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन–२ मा उम्मेद्वार रहेका उनको नामावली भने काठमाडौं–६ मा रहेको छ ।

राप्रपाकी उम्मेद्वार रेखा थापाले पनि आफूलाई मत दिन पाउने छैनन् । मोरङ क्षेत्र नम्बर ३ मा उम्मेद्वार रहेकी अभिनेतृ रेखा थापाको मतदाता नामावली काठमाडौंमा छ ।

नेकपा माओवादीकी कुसुम श्रेष्ठले पनि आफूलाई मत दिन्नन् । धनकुटाको प्रदेश १ की मतदाता उनी प्रदेश ख बाट उम्मेद्वार रहेकी छिन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक