प्रतिनिधि सभा निर्वाचन २०७९
बाँके २ मा राप्रपाका डा. धवल शमशेर जबरा विजयी
नेपालगञ्जः बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विनोदकुमार अग्रहरीले १ हजार ३३३ मत पाएका छन् । स्वतन्त्र इरफान अहमद शेखले १ हजार २८९ मत पाएका छन् ।
Facebook Comment
Banner
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।
रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।
Banner
आज – १४ बैशाख २०८१ शुक्रवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
आईपीएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित, हैदरावादलाई ३५ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि सहवाज अमेदले सर्वाधिक ४० रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको बैंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । उसका विराट कोहलीले ५१ रन बनाए । रजत पाटिदारले ५० रन जोडे । हैदरावाद ८ खेलमा १० अङ्कसहित अङ्क तालिकको तेस्रो स्थानमा छ । बैंगलुरु ९ खेलमा ४ अङ्कका साथ पुछारमा छ ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्स खेल्दैछन् । कोलकोत्ताको घरेलु मैदान इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login